2026-07-10 12:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लाका १२ जना महिला अन्तर जिल्ला भ्रमणका लागि दाङ्ग र नेपालगञ्ज गए

2016-12-29

नन्दराम जैसी/पुस १४, जुम्ला । जुम्लाका १२ जना महिला अन्तर जिल्ला भ्रमणका लागि दाङ्ग र नेपालगञ्ज गएका छन् । 

महिला तथा बालबालिका कार्यालय जुम्लाद्धारा गठन गरिएका सहकारी समूहका महिलालाई अन्तर जिल्ला भ्रमणका लागि बुधबार दाङ्ग र नेपालगञ्ज पठाईएको हो । महिलाहरुको क्षमता विकास गर्ने उद्देश्यले महिला तथा बालबालिका कार्यालय जुम्लाको आयोजनामा अन्तर जिल्लाको भ्रमण आयोजना गरीएको छ ।

 महिला तथा बालबालिका कार्यालयमा दर्ता भएका सहकारी संस्था मध्ये सक्रिय काम गर्ने सहकारी संस्था चन्दननाथ नगरपालिका ७ महतगाउँका ६ जना र पट्मारा गाविसमा रहेको सहकारी संस्थाका ६ जना संचालक समितिका महिलालाई अन्तर जिल्ला भ्रमणका लागी अवसर जुटाइएको छ ।  

 कार्यालयमा दर्ता भएका सहकारी मध्ये २ सहकारी संस्थाका महिलालाई हरेक वर्षको दोस्रो चौमासिकमा अन्तर जिल्ला भ्रमणमा लिने गरिएको महिला तथा बालबालिका कार्यालय जुम्लाका निमित्त प्रमुख रिना थापाले बताउनु भयो । 

अन्तर जिल्ला भ्रमणमा जाँदा लाग्ने आवत जावत खर्च कार्यालयले व्यहोर्ने जानकारी दिदै भ्रमणबाट जुम्लाका महिलाहरुले अन्य जिल्लाका महिलाहरुले गरेको काम देखासिकिका माध्ययममा आफ्नो ब्यवहारमा लागु गर्ने महिलाहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल