2026-09-19 12:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङमा गाउँले आफैँले बनाए आफ्नो गाउँको सडक

पुस १४, खोटाङ । जिल्लाको दक्षिणी गाविस छितापोखरी–८ का स्थानीय बासिन्दाले आफ्नै लगानीमा ग्रामीण सडक निर्माण गरेका छन् । 

स्थानीय बासिन्दाले चन्दा सङ्कलन गरेर छितापोखरी–७ दुधिले भञ्ज्याङदेखि छितापोखरी–८ गोगनेको तल्लोखर्क जोड्ने साढे तीन किलोमिटर ग्रामीण सडक निर्माण गरेका हुन् । 

गाउँमा सडकको पहुँच विस्तार गर्ने लक्ष्यका साथ रु दश लाख ८७ हजारको लागतमा सडक निर्माण गरिएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष राजेश थापामगरले बताउनुभयो । चन्दा सङ्कलनबाट निर्माण गरिएको यो सडकको नाम ‘जेसीकेम्मा मार्ग’ राखिएको छ । 

सडक निर्माणका लागि रु पाँच लाख सहयोग गर्ने रुद्रसेन राईकी स्व श्रीमती जेसीकेम्मा राईको नाममा सडकको नामकरण गरिएको उपभोक्ता समितिले जनाएको छ । सडक निर्माणका लागि चलाइएको अभियानमा छितापोखरीमा जन्मिएर विभिन्न ठाउँमा रहेका सहयोगदाताले सघाएका थिए । 

यो सडकमा यातायात सेवा सुरु भएपछि सामान ढुवानी तथा आवतजावत गर्न सहज भएको स्थानीयवासीले बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई