पुस १४, कपिलवस्तु । नेपाल पत्रकार महासंघ शाखा कपिलवस्तु कार्यलयमा फेरी अर्को ताला लगाइएको छ ।

 जिल्ला स्थित १२ जना क्रियाशिल पत्रकारहरुको समुह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

 पुस १४, कपिलवस्तु । नेपाल पत्रकार महासंघ शाखा कपिलवस्तु कार्यलयमा फेरी अर्को ताला लगाइएको छ ।

 जिल्ला स्थित १२ जना क्रियाशिल पत्रकारहरुको समुह"/>

2026-06-26 12:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

नेपाल पत्रकार महासंघ शाखा कपिलवस्तुमा अर्को ताला

2016-12-29


 पुस १४, कपिलवस्तु । नेपाल पत्रकार महासंघ शाखा कपिलवस्तु कार्यलयमा फेरी अर्को ताला लगाइएको छ ।

 जिल्ला स्थित १२ जना क्रियाशिल पत्रकारहरुको समुहले महासंघ कपिलवस्तु कार्यलयमा आज ताला लगाएको हो । नेपाल पत्रकार महासंघको सदस्यता वितरणमा विभेदपुर्ण निर्णय गरिएकोले कार्यलयमा तालाबन्दी लगाइएको संयुक्त पत्रकार संघर्ष समितीका संयोजक दिपक अनुरागीले बताउनुभयो ।

आज महासंघको कार्यलय परिषरमा समितीमा आबद्ध पत्रकारहरुको एक समुहले महासंघ कपिलवस्तुका कार्यबाहक सभापति किरणमान बज्राचार्य समक्ष ज्ञापन पत्र बुझाउदै तालाबन्दी गरेको हो । ज्ञापनपत्रमा हालै भएको सदस्यता सम्बन्धि निर्णयले जिल्लाबाट राष्ट्रिय तथा स्थानिय मिडियामा काम गरेका क्रियाशिल पत्रकारको आपत्ति रहेको र उक्त निर्णय तत्काल सच्चाई फेरी सदस्यता खुलाउन माग गरिएको छ ।

आन्दोलित पत्रकारको पहिलो चरणको कार्यक्रम अनुसार आज पत्रकार महासंघ शाखामा ज्ञापनपत्र बुझाई कार्यलयमा तालाबन्दी गरिएको, अग्रज पत्रकार संग छलफल गरि आफुहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन आग्रह गरिएको संयुक्त पत्रकार संघर्ष समितीका सहसंयोजक गणेश पोख्रेलले जनाउनुभयो ।


संघर्ष समितीको ज्ञापनपत्र बुझ्दै महासंघका कार्यबाहक सभापति किरणमान ब्रजाचार्यले आन्दोलित पत्रकारको मागको बारेमा आफुहरुले छलफल गरी निकास खोज्ने आश्वसन दिनुभयो । शान्तिपुर्ण पत्रकारको आन्दोलनमा आफु नैतिक समर्थनमा रहेको बताउदै उहाले कार्यलयमा तालाबन्दी गर्नुभन्दा छलफलबाट निकास खोज्नुपर्नेमा जोड दिनुभयो ।

उक्त ज्ञापनपत्र बुझाउने कार्यक्रममा महासंघका जिल्ला कोषाध्यक्ष रमेश मिश्र, प्रेस सेन्टरका केन्द्रिय सदस्य मनिस कार्किको पनि उपस्थिती रहको थियो । उहाँहरुले पनि सबै पक्षबिच छलफल पश्चात निकास खोज्नुपर्नेमा जोड दिनुभएको थियो ।

हरेक ३ बर्षमा खुल्ने पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको सदस्यता वितरणमा विवादको कारण जिल्लाका पत्रकार आन्दोलित भएका छन् । यस अघि अर्को संघर्ष समितीले पनि महासंघ कार्यलयमा तालाबन्दी गरिसकेको छ । जसको नेतृत्व बासुदेव वर्माले गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ