२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दीको राहुघाट जलविद्युत् आयोजनाको भवन योजनामा ढिलासुस्ती

२०७३, १५ पुष शुक्रबार ०३:५५

पुस १५, बाबियाचौर (म्याग्दी) । राहुघाट जलविद्युत् आयोजनाको पिप्लेमा निर्माणाधीन आवासगृह र कार्यालय भवन योजना ढिलासुस्तीको नमुना बनेको छ । अठार महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको योजना पाँच वर्षमा पनि पूरा हुन नसकेको हो । 

नेपाल विद्युत् प्राधिकरणले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको कार्यालय र कर्मचारी आवास प्रयोजनका लागि विसं २०६७ मा भवन निर्माण सुरु गरेको थियो । चौध वटा पक्की भवन बनाउन गोर्खा कन्सट्रक्सन एन्ड स्वच्छन्द जेभीले रु ११ करोड १० लाख ६७ हजारमा ठेक्का लिएको थियो । 

समयमै भवन नबन्दा आयोजनाले कार्यालय र कर्मचारी आवासका लागि मासिक लाखाँै रुपैयाँ घरभाडामा खर्चने गरेको छ । ठेकेदारले ढलान गरेर भवन ठडाए पनि प्लास्टर, रङ्गरोगन, विद्युत् र खानेपानी जडान गर्न बाँकी छ । निर्माण पूरा नहुँदै जीर्ण र थोत्रिएको राहुघाटको भवन निर्माण योजना सरकारी आयोजनामा हुने चरम ढिलासुस्तीको नमुना बनेको स्थानीयवासी लेखनाथ शर्माले बताउनुभयो । आयोजनाका अनुसार सो भवनको निर्माणको काम अहिलेसम्म करिब ७० प्रतिशत मात्रै सकिएको छ । 

दुईवटा कम्पनीले संयुक्त रुपमा काम गर्ने सम्झौता गरे पनि उनीहरुबीच वित्तीय समस्या र आन्तरिक द्वन्द्व उत्पन्न भएर भवन निर्माणको काम प्रभावित बनेको हो । आयोजनाका निमित्त प्रमुख रमेशमान श्रेष्ठले भवनको काम छिटो सक्न ठेकेदारलाई ताकेता गरिरहेको बताउनुभयो । अन्तिम पटक आगामी चैत मसान्तसम्म काम सक्न ठेकेदारलाई समयसीमा दिइएको छ । ठेकेदार कम्पनीका प्रतिनिधि विनोद राईले भने आयोजना र प्राधिकरणले रनिङ बिलको भुक्तानी गर्न धेरै लामो प्रक्रियामा अल्झाउने गरेकाले त्यसको प्रभाव काममा परेको बताउनुभयो । 

यसअघि काम सुस्त भए पनि अहिले जनशक्ति थप गरेर पर्खाल लगाउने र घेराबार गर्ने कामलाई तीव्रता दिइएको राईले बताउनुभयो । आगामी छ महिनाभित्र भवन बनाएर आयोजनालाई हस्तान्तरण गर्ने उहाँको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ