2026-09-07 11:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याङलुङ नगरपालिकाको बजेट रु १० करोड

पुस १६, तेह्रथुम । नगर क्षेत्रको पर्यटन प्रवद्र्धन र सडक विकासलाई प्राथमिकतामा राख्दै म्याङलुङ नगरपालिकाले रु १० करोड बढीको नगर विकास योजना सार्वजनिक गरेको छ । 

नगरपालिकाको चौथो नगर परिषद् तथा आगामी आवको बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा कार्यकारी अधिकृत गणेश नेपालीले शुक्रबार आव २०७४/०७५ का लागि रु १० करोड आठ लाख ७६ हजारको बजेट तथा कार्यक्रम सार्वजनिक गर्नुभयो । बजेटमा नगर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि बजारको फोहरमैला व्यवस्थापन, पोखरीसहितको उद्यान निर्माण, म्याङलुङ बजार चक्रपथ, बजार क्षेत्रमा फ्रि वाइफाइ, बाल उद्यान, ज्येष्ठ नागरिक विश्रामस्थल, सन् २०१७भित्र बालमैत्री नगर घोषणाको तयारी, सत्यडाँडा भ्यु–टावर निर्माणलगायत योजना प्राथमिकतामा राखिएको कार्यकारी प्रमुख नेपालीले जानकारी दिनुभयो । 

कुल बजेटमध्ये रु ६१ लाख ८० हजार चालु खर्च, करिब रु छ करोड ५७ लाख पँुजीगत खर्च, बाह्य स्रोत स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमतर्फ रु २९ करोड ६१ लाख र सामाजिक सुरक्षातर्फ रु दुई करोड ६० लाख विनियोजन गरिएको छ । 

कार्यक्रमको उद्घाटन गर्दै प्रजिअ मुनका न्यौपानेले नगरवासीका असीमित इच्छा र आकाङ्क्षालाई सम्बोधन गर्न नगरको सीमित स्रोत, साधनले नभ्याउने भए पनि समावेशी तवरले नगरको विकासमा लाग्न शुभकामना दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित