2026-09-20 03:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आन्दोलनले लोकमार्गको काम ठप्प

पुस १७, पर्वत । कालीगण्डकी लोकमार्ग निर्माणको क्रममा सिँचाइ नहर पुरिएपछि कृषक आन्दोलित बनेका छन् । 

खाद्यान्न उत्पादनको मुख्य पकेट क्षेत्र फलेवासका बासिन्दा आन्दोलनमा उत्रेपछि लोकमार्गको निर्माण कार्य ठप्प बनेको छ । देवीस्थान गाविस–७, ८ र ९ तथा मुडिकुवा गाविसको–५ नं वडामा सिँचाइ गर्न निर्मित फलेवास सिँचाइ आयोजनाको झन्डै डेढ किलोमिटर नहर सडकले भत्काइदिएको छ । भत्किएको नहर पुनःनिर्माणका लागि पटक÷पटक माग गर्दा पनि कुनै सुनुवाइ नभएपछि शनिबार बिहानदेखि निर्माण कार्य ठप्प पारेका हुन् ।

आलु, गहुँ, तोरी, फापर, जौ जस्ता खाद्यान्नमा सिँचाइ गर्नुपर्ने बेलामा सिँचाइ नहर भत्किएपछि उनीहरु चिन्तित बनेका हुन् । झन्डै २५० हेक्टर क्षेत्रफलमा सिँचाइ गर्न नपाएपछि उनीहरुले निर्माणाधीन लोकमार्गको काम ठप्प पारेका हुन् । नहरबाट पीडित दुईसय भन्दा बढी घरधुरीले लोकमार्गमा नाराबाजी गर्दै काममा अवरोध गरेको स्थानीय भोलानाथ भुसालले जानकारी दिनुभयो । 

उहाँका अुनसार सडक मर्मतका लागि सम्बन्धित ठेकेदार र जिल्ला सिँचाइ कार्यालयमा खबर गरे पनि कुनै सुनुवाइ नभएपछि आन्दोलन गर्नपरेको हो । हिउँदे बालीनालीको सिँचाइ गर्ने बेलामा नहर भत्किएपछि उत्पादन घट्ने भएकाले कृषक चिन्तित बनेका छन् । उनीहरुले तत्काल नहर मर्मतका लागि मागसमेत गरिसकेका छन् । नहर मर्मतका लागि पहल नभएसम्म लोकमार्गको काम अघि बढ्न नदिने उनीहरुले बताएका छन् । 

विकासका नाममा सडक निर्माण हुन आवश्यक छ तर कृषकलाई हानि पु¥याउने गरी नहर नै भत्काएर सडक निर्माण गरिएकाले आफूहरु आन्दोलित बन्नुपरेको भुसालले जानकारी दिनुभयो । बहुचर्चित उत्तर–दक्षिण जोड्ने कालीगण्डकी लोकमार्गको पर्वतखण्डमा ट्र्याक खोल्ने काम भइरहेको छ । अहिले कुर्घा गाविसदेखि मोदीबेनी खण्डमा ट्र्याक खोल्ने काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । 

जिल्ला कृषि विकास कार्यालय पर्वतले उक्त क्षेत्रलाई धानको पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना समेत अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो