२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दार्चुलाको अपि नगरपालिका नै खुल्ला दिशा मुक्त हुन बाँकी

१७ पुष २०७३, आईतवार १५:४३

पंकज धामी | पुस १७, दार्चुला | आर्थिक बर्ष २०७४/७५ मा कार्यान्वयन गर्नका लागि भईरहेको सहभागिता मुलक योजना तर्जुमा अन्तरगत दार्चुलाको अपि नगरपालिका भित्रका सबै वडाहरुमा विभिन्न मन्दिर निर्माण गर्नका लागि बजेट माग गरिएको छ ।

अपि नगरपालिकाको आइतबार भएको एकीकृत योजना तर्जुमा गोष्ठीमा अपि नगरपालिकामा जम्मा ५७ वटा मन्दिर निर्माण तथा मर्मतका योजनाहरु बस्तीस्तरबाट माग भएको अपि नगरपालिकाका कार्यकारी अधिकृत अम्मरराज खत्रीले जानकारी दिनुभयो ।

नगरपालिकाका १२ वटाहरुमध्येमा सबभन्दा बढी वडा नम्बर १० मा ९ वटा मन्दिर निर्माणका लागि योजना माग गरिएका छन् भने सबभन्दा कम वडा नम्बर ५, ११ र १७ मा एक एकवटा मन्दिर निर्माणका योजना माग गरिएका छन् ।

यसरी स्थानीय निकायहरुबाट विनियोजन गरिने महिला, बालबालिका, जेष्ठ नागरिक लगायत लक्षितबर्गको बजेटबाट पनि उक्त मन्दिर निर्माणको माग गरिएको छ । तर अपि नगरपालिकाकै कारण सन् २०१६ मा दार्चुला जिल्लालाई नै खुल्ला दिशामुक्त गर्ने अभियान प्रभावित पारेको छ । अझै नगरपालिकाका १०,११,१२,१३,१५,१६ र १७ नम्बर वडाहरु खुल्ला दिशामुक्त घोषणा हुन बाँकी छन् । ती वडाहरुलाई पनि फागुन मसान्तसम्म खुल्ला दिशामुक्त घोषणा गर्ने र २०७३ भित्र दार्चुला जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिने जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समितिको लक्ष्य रहेको छ ।

नगरपालिका भित्र पनि सदरमुकाम खलंगा बजारका एकसय भन्दा बढी घरहरुको सौचालयमा सेफ्टी ट्याङ्की नभएको र सौचालयको पाईप महाकाली नदिमा फालेका छन् । यो विषयमा सरोकारवालाहरुले कडा आपत्ती जनाउँदै सरसफाईमा सबैलाई समेट्न आह्वान गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान