पर्वत पौष  १८ गते ।       हिमालपारिको जिल्ला मुस्ताङमा आइतबार साँझदेखि हिम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत पौष  १८ गते ।       हिमालपारिको जिल्ला मुस्ताङमा आइतबार साँझदेखि हिम"/>
७ पुष २०८२, सोमबार
पर्बत - PBT

मुस्ताङमा हिमपातसँगै पर्वतमा चिसो

१८ पुष २०७३, सोमबार १२:१५

पर्वत पौष  १८ गते ।       हिमालपारिको जिल्ला मुस्ताङमा आइतबार साँझदेखि हिमपात शुरु भएको  छ । वदलिँदो मौसम संगै जोमसोममा हिमपाँत हुँदा स्थानिय कृषक तथा पर्यटक हर्षित भएका छन् । मुस्ताङमा आइतबार दुई बजेदेखि हिमपात भएको हो । लगातार चार घण्टा जति हिमपात भएको थियो ।

मुस्ताङमा जुन अनुपातमा हिउँ पर्नु पर्ने हो सो अनुपात अनुसार हिउँ नपरेपनि विगत दुई वर्षको तुलनामा यस पटक राम्रो हिउँ परेको बताइएको । हल्का फुल्का हिउँ गत हप्ता      परेको भएतापनि यो हिउँद याम सुरु भएसंगै मुस्ताङको सबै क्षेत्रमा हिउँ परेको पहिलो पटक हो ।

सदरमुकाम जोमसोम, कागबेनी, मुक्तिनाथ,झोङ, छुसाङ, घमि, सुर्खाङ, चराङ, लोमान्थाङका साथै म्याग्दी जिल्लासंग सिमा जोडिएको लेते गाविसमा समेत विहान देखि लगातार हिमपात    भइरहेको छ । अहिले सम्म ३ इन्च जति हिउँ जमेको छ । हिमपातबाट उत्तरी मुस्ताङ्ग देखि सबै जिल्लाको जनजीवन नराम्रो संग प्रभावित भएको छ । 

प्रायः जसो फुर्सा रहने यहाँका डाँडाँ पाखा पखेरा पनि यति बेला सेताम्मे देखिएका छन् । मुस्ताङमा घुम्न आएका स्वदेशी तथा विदेशी पर्यटकहरु पनि हिउँ परेपछि खुःसी भएका छन् । अहिले हिउँ खेल्ने र फोटो खिच्नेहरु पनि उत्तिकै मात्रामा छन् । मुस्ताङ भ्रमणमा       रहेका फोटो पत्रकार आरके अदिप्त गिरीले जानकारी दिए ।

मुस्ताङ्गेहरु चिसोका कारण घरभित्र हुनुले सुनसान जस्तै देखिन्छ , मुस्ताङ्गको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल मुक्तिनाथ पुगेका तीर्थालु र पर्यटकहरु समस्यामा परेको उनले बताए ।       मुक्तिनाथ, दामोदर कुण्ड र मुस्ताङ हुदै मनाङको तिलिचो ताल पुग्ने तिर्थयात्री तथा पर्यटकहरु आधा बाटोबाटै फक्रिएका छन् । उनले भने ।   दिउँसो केहि समयको बर्षापछि हिउँ पर्न शुरु भएको     थियो । 

जिल्लाको दक्षिण भेग कोवाङमा गत साता देखि शुरु भएको आदीबासी जनजाती थकालीको महान् पर्व ल्ह्फेव पर्वमा सहभागीता जनाउन १२ बर्षपछि मुस्ताङ्गे थकाली बंशहरुमा हिउँबर्षाले हर्षउल्लास ल्याएको छ । लामो समयपछि परेको हिउँलाई हामीले आशिषका रुपमा लिएका छौं कोवाङका स्थानीय बशन्त शेरचनले बताए ।

थाक पाँच गाउँ उद्धार समितिका आश बहादुर थकालीले  हिउँ परेपछि कृषक हर्षित भएको बताएका छन् । उनले हिउँ परेसँगै बालबालिका, बृद्धा तथा पशुचौपायाँहरुलाई चरिचरनमा समस्या परेको बताए ।

मुस्ताङ्गका प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेले मुस्ताङमा भारी हिमपात परेको तर कुनै पनि समस्या नभएको बताए । उनले जिल्लामा आएका पर्यटकहरु समस्या परेको भन्ने कुनै पनि जानकारी प्राप्त नभएको बताए । आवश्यक पर्दा उद्दारका लागि सबै निकाय तयार अबस्थामा रहेको पनि जानकारी दिए ।

मनाङको सदरमुकाम चामेसहित तिमाङ भन्दा माथिका क्षेत्रमा हिमपात भएको छ भने तल्लो क्षेत्रमा वर्षा भएको स्थानीय मीनकाशी गुरुङले जानकारी दिइन । उनका अनुसार मनाङमा पनि भारी हिमपात भैरहेको छ ।

एक्कासी चिसो बढेसंगै भएको हिमपातपछि आवतजावतमा समस्या भएता पनि खासै उनका अनुसार जोमसोममा विस्तारै बाख्लो हिमपात भएपछि सर्वसाधारण, पर्यटक घर भित्र बसेका छन् ।

यसैविच म्याग्दीको उच्च हिमाली भेगमा परेको हिमपातले जनजिवन प्रभावित बनाएको छ । सिमसिम पानी संगै गुर्जा, मुदी, चिमखोला, दाना, नारच्याङ लगाएतका हिमाली बस्तीमा समान्य हिमपात भएको छ । सदरमुकाम बेनीबजारमा समेत बर्षा भएको      छ ।

त्यस्तै पर्वतका उच्च पहाडी भेगमा समेत हिउँ परेको छ । हिउँ परेसँगै चिसो पनि बढेको छ । सोमबार पर्वतको मौसम दिनभर अन्धारमय र केहि समय पानी समेत परेको थियो । मनाङ, मुस्ताङ, गोर्खा लगायतका क्षेत्रमा हिउँपरेसँगै देशका अधिकांश क्षेत्रमा चिसो बढेको छ ।

पश्चिमी वायुको प्रभावले हिमाली क्षेत्रमा हिमपातसँगै पहाडी क्षेत्रमा सामान्य वर्षा भएको छ । हिमपातका कारण मनाङ र मुस्ताङ पुगेका र पुग्न चाहने पर्यटकहरुले यात्रा रोकेका छन् ।हिमपात भएपछि यहाँका कृषक हर्षित देखिएका छन् । मुस्ताङमा उत्पादन हुने कृषि उपज हिउँ संग सम्बन्धीत रहने गर्छन् । हिउँद याममा राम्रो संग हिमपात भए कृषि उत्पादन पनि राम्रो हुने यहाँका कृषकहरु बताउँछन् ।

विगत दुई वर्षसम्म      राम्रो संग हिउँ नपर्दा यहाँ उत्पादन हुने स्याउँको मात्रामा पनि कमि आएको थियो । हिउँदको समयमा राम्रो संग हिउँ परेमा स्याउको बोटमा लाग्ने किरा नियन्त्रण भई उत्पादनमा वृद्धि हुने जिल्ला कृषि विकास कार्यालय मुस्ताङले जनाएको छ ।

हिँमपात भएपछि चिसोको मात्रा पनि ह्वात्तै बढेको छ । यहाँका स्थानिय तथा पर्यटकहरु जाडो छल्नको लागि आगो, हिटर ताप्ने गरेका छन् । जाडो समयमा यहाँ विद्युत खपतको मात्रा पनि बढने गर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने