महेन्द्र केसी पर्वत । पाँचौ पर्वत महोत्सवबाट भएको आम्दानीले जिल्लामा सिटीहल निर्माण तथा खेलकुद मैदान निर्माण गरिने भएको छ । महोत्सवबाट भएको आम्दानीबाट जिल्लामा सिटी महल तथा खेलकुद मैदान बनाउने र पर्यटकीय क्षेत्रको विकासको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी पर्वत । पाँचौ पर्वत महोत्सवबाट भएको आम्दानीले जिल्लामा सिटीहल निर्माण तथा खेलकुद मैदान निर्माण गरिने भएको छ । महोत्सवबाट भएको आम्दानीबाट जिल्लामा सिटी महल तथा खेलकुद मैदान बनाउने र पर्यटकीय क्षेत्रको विकासको"/>
2026-07-10 07:20 PM
अर्थ/विकास

पर्वत महोत्सवमा भएको आम्दानीले कुस्मामा सिटीहल र खेलमैदान निर्माण गरिने

2017-01-05

महेन्द्र केसी पर्वत । पाँचौ पर्वत महोत्सवबाट भएको आम्दानीले जिल्लामा सिटीहल निर्माण तथा खेलकुद मैदान निर्माण गरिने भएको छ । महोत्सवबाट भएको आम्दानीबाट जिल्लामा सिटी महल तथा खेलकुद मैदान बनाउने र पर्यटकीय क्षेत्रको विकासको लागि महोत्सवको आयोजना भएको पाँचौ पर्वत महोत्सवका मुल संयोजक हरिओम शर्माले बताए । पश्चिमाञ्चल विकास क्षेत्रको पर्यटन प्रर्वद्धन, पर्वत जिल्लामा उत्पादित बस्तुहरुको प्रर्बद्धन तथा प्रचारप्रसार, लोकसंस्कृतिका जर्गेना, प्रदेश ४ को मुख्य पर्यटकीय नगरीका रुपमा कुश्मालाई स्थापित गर्नको लागि पाँचौ पर्वत महोत्सव हुन लागेको उनले बताए ।

महोत्सवको प्रचारप्रसारको तयारी तिब्र रुपमा चलिरहेको छ ठाउँठाउँमा व्यानर तथा पोष्टरहरु टाँस हुने काम भैरहेको महोत्सवका सदस्य सचिव ठाकुर वि पौडेलले जानकारी दिए । महोत्सव सफल पार्नको लागि ४६ उपसमिति तयार गरी तिब्र रुपमा महोत्सवको प्रचारप्रसारमा लागेका छौ । अहिलेसम्म लगभग ५० प्रतिशत काम पुरा भैसकेको छ पौडेलले भने ।

पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार तथा पाँचौ पर्वत महोत्सवको तयारी यतिबेला तिब्र रुपमा चलिरहेको छ । हरेक तीन बर्षमा उद्योग बाणिज्य संघ पर्वतले आयोजना गर्दै आएको महोत्सवको पाँचौ संस्करणको तयारी तिब्र रुपमा अगाडि बढिरहेको छ । पाँचौ पर्वत महोत्सवबाट ४ करोड बराबरको कारोबार हुने आयोजकले दाबी गर्दै आएको छ । महोत्सवमा जिल्लाको पर्यटकीय क्षेत्रको विकास तथा धार्मिक क्षेत्रको पहिचानको लागि हुन लागेको पाँचौ पर्वत महोत्सवमा २ लाख दर्शकले प्रत्यक्ष रुपमा अबलोकन गर्ने विश्वास लिइएको छ । 

पर्वत उद्योग बाणिज्य संघको आयोजनामा आगामी माघ १३ देखि २२ सम्म पाँचौ पर्वत महोत्सबमा समाजमा लोपुन्मुख रहेका संस्कृतिलाई झल्काउने गुरुङ्ग, मगर, नेवारका संस्कृतिहरुको प्रदर्शनी, स्थानीय स्तरमा उत्पादन हुने फापर, कोदो, मकै, गुन्द्रुक लगायत विभिन्न आद्यन्नहरुको परिकार, स्थानीय स्तरमा बाँसबाट बनाइने स्याखु, दाम्लो, नाम्लो प्रदर्शनी तथा प्रत्यक्षरुपमा निर्माण,  रत्यौली प्रतियोगिता, भलिबल प्रतियोगिता, राष्ट्रिय कलाकारको प्रस्तुति जस्ता आकर्षणहरु रहने आयोजकले जनाएको छ त्यसैगरी  दुर्लुङको डाँडाबाट प्याराग्लाईडिङ्ग, कालीगण्डकीमा जलयात्रा र  बिश्वकै सबैभन्दा ठुलो चरा अष्ट्रीजको पनि प्रर्दशनी हुने आयोजकले जनाएको छ । 

जिल्लामा भित्रने पर्यटकलाई महोत्सवको अबधिमा धार्मिक तथा पर्यटकीय क्षेत्रमा व्याकेजमा लैजाने व्यवस्था समेत मिलाइएको बताइएको छ । अग्ला तिन पुल, गुप्तेश्वर, सह्श्रधारा लगायतका पर्यटकीय क्षेत्रमा व्याकेजमा पर्यटकलाई घुमाउने व्यवस्था समेत मिलाइएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट