पुस | वैदेशिक रोजगारीमा कमाएको पैसाबाट उनले जेनतेन घर बनाउन थालेका थिए । तर, घर पूरा नठडिँदै उनी हिँड्न र बस्न समेत नसक्ने गरी थलिए ।

भोजपुर रानीबासका ४३ वर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस | वैदेशिक रोजगारीमा कमाएको पैसाबाट उनले जेनतेन घर बनाउन थालेका थिए । तर, घर पूरा नठडिँदै उनी हिँड्न र बस्न समेत नसक्ने गरी थलिए ।

भोजपुर रानीबासका ४३ वर्"/>

२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट यसरी कोही पनि फर्कन नपरोस्

२०७३, २१ पुष बिहीबार ०६:४१

पुस | वैदेशिक रोजगारीमा कमाएको पैसाबाट उनले जेनतेन घर बनाउन थालेका थिए । तर, घर पूरा नठडिँदै उनी हिँड्न र बस्न समेत नसक्ने गरी थलिए ।

भोजपुर रानीबासका ४३ वर्षीय गणेशबहादुर खड्काले भोगेको नियति हो यो । मलेसियाको कमाइबाट उनले पछिल्लो समय सुनसरीको कालाबन्जरमा घर बनाउँदै थिए । तर, आफैं ढलेपछि अब घर उभिने हो कि होइन भन्ने अवस्था छ । त्योभन्दा ठूलो पिरलो त स्वास्थ्य पुरानै अवस्थामा फर्किने हो कि होइन ? 

गणेश मलेसिया आएको चार वर्ष पुग्न ११ दिन मात्रै बाँकी थियो, बस्न समेत नसक्ने भएका उनी बिहीबार जहाजमा सुतेरै फर्किए ।

मलेसियाबाट नेपाल र्फकन सामान्यतया हवाई टिकट सरदर २२ हजार रुपैयाँ पर्छ । तर, सुतेर जानुपर्ने अवस्थाका कारण उनलाई भने करिब तीन लाख रुपैयाँ लाग्यो ।

चार वर्षअघि मलेसिया आएका गणेश पुचोङस्थित जयाको कम्पनीमा काम गर्थे । यसै क्रममा उनी दुर्घटनामा परे या के भयो, उनी आफैंलाई पनि थाहा छैन । उनलाई चिन्नेहरु भन्छन्, उनी पहिला जस्तो छैनन्, र्झकन्छन् र कतिपय कुरा बिर्सिएको जस्तो लाग्छ ।

सोह्र दिनको अस्पताल बसाइपछि उनले घटना सुनाए अनुसार उनीमाथि एकाएक आक्रमण भयो । त्यो दिन कम्पनीले कामदारहरुलाई इजोक भन्ने ठाउँमा लगेको थियो । साँझपख सबै कम्पनीको होस्टलतिर फर्किए ।

‘होस्टल नजिकै प्रहरीले चेक गर्दा मसँग पासपोर्ट नभएकोले प्रहरीले हप्कायो’, उनले भने । अर्काे दिन उनी कम्पनी गएनन् । दिउँसो करिब तीन बजेतिर नजिकैको पसलमा मासु किन्न गए । उनले अगाडि सुनाए, ‘फर्केर आउँदा म माथि आक्रमण भयो, होश खुल्दा अस्पतालमा थिएँ ।’

गणेशले सत्य भने या बिर्सिएर भने, यकिन हुन सकेको छैन । तर, अस्पतालमा रहँदासम्म उनको कसैले खोजी गरेनन् । उनी हराएको खबर न त कम्पनीले दूतावासमा गरायो, न त उनीसँगै काम गर्ने साथीहरुले नै सोधखोज गरे ।

गणेशको दाहिने खुट्टामा तलदेखि माथिसम्मै प्लास्टर लगाइएको छ । यस्तै, पेट भएको भागमा पनि प्लास्टर गरिएको छ । उनी एक्लै उठबस गर्न सक्दैनन् । टाउको र हातखुट्टाका विभिन्न भागका लागेको घाउमा माम्री बस्न थालेको छ ।

डिसेम्वरको ११ तारिखमा दिन आम्पाङको एक अस्पतालमा उनी विना नाममा भर्ना भएका थिए । अस्पतालले उनलाई डिसेम्वर २७ तारिखमा अस्पतालले नेपाली दूतावासमा ल्याएर छाडिदियो । साथमा थमाइदियो करिब साढे दुई लाख रुपैयाँको बिल । त्यसपछि मात्रै गणेशको बारेमा सोधखोज सुरु भएको हो ।

कम्पनी पत्ता लगाउन तीन दिन लाग्यो । तर, कम्पनीले ड्युटी नआएको बेलामा कहाँ के भयो थाहा नभएको भन्दै त्यति चासो दिएन । पासपोर्ट र एक महिनाको बेसिक तलब दिएर उम्कियो ।

दूतावासले अस्पतालमा राखेर उपचार गराउने पहल गरेको थियो । तर, परिवारले नेपालमै उपचार गराउने निधो गरेपछि अन्ततः उनी सुतेरै नेपाल फर्किए । यसअघि गत साउनमा सुर्खेतका कमल थापा पनि यसैगरी सुतेरै नेपाल फर्किएका थिए । नेपाल पुगेर उपचार गराएपछि अहिले उनी हिँडडुल गर्न सक्ने भएका छन् ।

- रामचन्द्र नेपालले अनलाइन खबरमा लेख्नुभएको समाचार | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो