दिनेश ठकुल्ला/पुस २१, धनगढी । गोल्ड कप विहिन सुदूरपश्चिममा पहिलो पटक प्रथम अन्तराष्ट्रिय आमन्त्रित भागेश्वर ग्रुप सुदुरपश्चिमाञ्चल खप्तड गोल्ड कप सुरु भएको छ ।&nbs"/>
दिनेश ठकुल्ला/पुस २१, धनगढी । गोल्ड कप विहिन सुदूरपश्चिममा पहिलो पटक प्रथम अन्तराष्ट्रिय आमन्त्रित भागेश्वर ग्रुप सुदुरपश्चिमाञ्चल खप्तड गोल्ड कप सुरु भएको छ ।&nbs"/>
दिनेश ठकुल्ला/पुस २१, धनगढी । गोल्ड कप विहिन सुदूरपश्चिममा पहिलो पटक प्रथम अन्तराष्ट्रिय आमन्त्रित भागेश्वर ग्रुप सुदुरपश्चिमाञ्चल खप्तड गोल्ड कप सुरु भएको छ ।
सुदूरपश्चिम ११ स्पोर्टस कल्वको आयोजनामा धनगढीस्थित रगशालामा सुरु गोल्ड कपको विहिबार सासद पुष्करनाथ ओझाले उदघाटन गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले सुदूरपश्चिममा फुटवल मैदानको अभावमा फुटवलको विकाश हुन नसकेको भन्दै आगामी आर्थिक वर्षको बजेटमा अन्तराष्ट्रिय स्तरको फुटवल मैदान निर्माणको लागि बजेट छुटयाउने प्रतिवद्धता जनाउनुभयो ।
सो अवसरमा प्रमुख अतिथि सासद ओझलाई २१ किलोको माला समेत लगाईएको छ । सुदूरपश्चिमको फुटवलको विकाशमा ध्यान केन्द्रित गर्ने उदेश्यले कार्यक्रमका प्रमुख अतिथि ओझालाई २१ किलोको माला लगाईएको आयोजकले जनाएको छ । त्यस्तै विशिष्ट अतिथि अखिल नेपाल फुटवल सघ (एन्फा) का बरिष्ठ उपाध्यक्ष मणि कुवरलाई २१ किलो र मुख्य प्रयोजक भागेश्वर गु्रपका सञ्चालक टेक बहादुर बोगटीलाई ७ किलोको माला लगाईएको थियो । यसैबीच, आज भएको उद्घाटन खेलमा भारतको पाहुना टोली पञ्जाब केफसी विजयी भएको छ ।
धनगढी स्थित क्षेत्रीय रङ्गशालामा भएको खेलमा पञ्जाब केफसी ३–२ गोल अन्तरले नेपालगञ्ज–११ लाई पराजित गरेको हो । पञ्जाब केफसीको जितमा जर्सी नम्बर ११ का खेलाडी लक्कीले दुई र ८ नम्बर जर्सीका रिमीले एक गोल गर्नुभयो । खेलको पहिलो हाफमा रिमीको गोलबाट अग्रता लिएको पञ्जाब केफसीलाई लक्कीले दोस्रो गोलको अग्रता दिलाउनुभयो ।
पहिलो हाफमै नेपालगञ्ज–११ का विक्रमसिंह ठकुरीले एक गोल फर्काए पनि थप गोल हुन सकेन । खेलको मध्यान्तरमा पञ्जाबका लक्कीले थप एक गोल गर्दै ३–१ को अग्रता दिलाउनुभयो । मध्यान्तरपछि नेपालगञ्ज–११ ले केहि आक्रामक खेलेपछि आत्तिएको पञ्जाबले आफ्नै पोष्टमा आत्मघाती गोल गर्दा खेल ३–२ को स्थितिमा पुगेको थियो ।
त्यसबेला नेपालगञ्जले पहिलो हाफको भन्दा राम्रो खेलेको थियो । तर, पाएको मौकाको सदुपयोग गर्न नसकेपछि सुरुवाती खेलमै पाहुना टोलीसंग स्तब्ध हुनु परेको छ । पञ्जावलाई जिताउनका लागि उसको गोलकिपरले समेत उत्कृष्ट बचाउ गर्नुभयो । खेलमा उत्कृष्ट बचाउ गर्नु भएका पञ्जाबका गोलकिपर गुरुजितसिंह म्यान अफ द म्याच घोषित भइ पुरस्कृत हुनुभयो ।
उहाँलाई पाँच हजार रुपैया पुरस्कार प्रदान गरिएको छ । भोली वेष्ट काठमाण्डौं र डुकस्टार एफसी भुटानबीच खेल हुने आयोजकले जानकारी दिएको छ । मुख्य प्रायोजक भागेश्वर गु्रप र सह–प्रायोजक नेपाल टेलिकम रहेको प्रतियोगिताको विजेता टिमले ५ लाख लाख र उपबिजेताले २ लाख ५१ ह्जार रुपैया प्राप्त गर्नेछ ।
प्रतियोगितामा तीन विभागीय टोली सहित नेपालको १०, भारतको २ र भुटानको १ गरि १३ ए डिभिजन कल्वको सहभागीता रहेको छ । प्रतियोगीता अवलोकनका लागी ५० र १ सय रुपैया टिकटदर कायम गरिएको छ भने सिजनल कार्डको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगीताको डिस होमले प्रत्यक्ष प्रसारण गरिरहेको छ ।