१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

धनगढीमा नौ किलो चरेससहित दुईजना पक्राउ

२२ पुष २०७३, शुक्रबार ०९:२२

पुस २२, धनगढी । धनगढी उपमहानगरपालिका–१९स्थित नेपाल–भारत सीमाबाट नौ किलो चरेससहित दुईजनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

सीमापारि जाँदै गरेका बाजुरा मानाकोट गाविसका दिनेश रोकाया र दहकोट गाविसका विवेक बोहराको साथबाट उक्त परिमाणको चरेश बरामद गरिएको कैलाली जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

उनीहरुको साथमा रहेको झोला तलासी गर्दा चरेस फेला परेको हो । पक्राउ परेका रोकाया यसअघि पनि चरेश मुद्दामा फरारको सूचिमा थिए । उनीहरुमाथि अनुसन्धान थालिएको छ । 

यसैगरी चोरी भएका दुई मोटरसाइकलसहित तीनजनालाई पक्राउ गरिएको छ । धनगढी उपमहागरपालिका–१०का मनिस चौधरी, राज चौधरी र रामजित चौधरीलाई विभिन्न मितिमा चोरी भएको से२प ६१३६ र से२प ८५०३ नंको मोटरसाइकलसहित पक्राउ गरिएको थियो 

फेला परेको रकम सम्बन्धित व्यक्तिलाई बुझाइयो 

स्थानीय होटेल जलासा प्रालिका संचालक प्रदीप थापाले सडकमा भेटाउनुभएको रु १७ हजार सम्बन्धित व्यक्तिलाई फिर्ता गरेर उदाहणीय काम गर्नुभएको छ । 

सडकमा बेवारिसे लेडिज पर्समा भेटिएको यो रकम जिल्ला प्रहरी कार्यालयमा दाखिला गरिएकामा सम्बन्धित व्यक्ति कञ्चनपुर पुनर्वास नगरपालिका–१५ की दुर्गा रानालाई रकम बुझाइएको पनि प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह