२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

धनगढीमा नौ किलो चरेससहित दुईजना पक्राउ

२०७३, २२ पुष शुक्रबार ०९:२२

पुस २२, धनगढी । धनगढी उपमहानगरपालिका–१९स्थित नेपाल–भारत सीमाबाट नौ किलो चरेससहित दुईजनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

सीमापारि जाँदै गरेका बाजुरा मानाकोट गाविसका दिनेश रोकाया र दहकोट गाविसका विवेक बोहराको साथबाट उक्त परिमाणको चरेश बरामद गरिएको कैलाली जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

उनीहरुको साथमा रहेको झोला तलासी गर्दा चरेस फेला परेको हो । पक्राउ परेका रोकाया यसअघि पनि चरेश मुद्दामा फरारको सूचिमा थिए । उनीहरुमाथि अनुसन्धान थालिएको छ । 

यसैगरी चोरी भएका दुई मोटरसाइकलसहित तीनजनालाई पक्राउ गरिएको छ । धनगढी उपमहागरपालिका–१०का मनिस चौधरी, राज चौधरी र रामजित चौधरीलाई विभिन्न मितिमा चोरी भएको से२प ६१३६ र से२प ८५०३ नंको मोटरसाइकलसहित पक्राउ गरिएको थियो 

फेला परेको रकम सम्बन्धित व्यक्तिलाई बुझाइयो 

स्थानीय होटेल जलासा प्रालिका संचालक प्रदीप थापाले सडकमा भेटाउनुभएको रु १७ हजार सम्बन्धित व्यक्तिलाई फिर्ता गरेर उदाहणीय काम गर्नुभएको छ । 

सडकमा बेवारिसे लेडिज पर्समा भेटिएको यो रकम जिल्ला प्रहरी कार्यालयमा दाखिला गरिएकामा सम्बन्धित व्यक्ति कञ्चनपुर पुनर्वास नगरपालिका–१५ की दुर्गा रानालाई रकम बुझाइएको पनि प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन