पुस २२, धनगढी । कैलालीको धनगढीमा जारी प्रथम अन्तराष्ट्रिय आमन्त्रित भागेश्वर गुप्र सुदुरपश्चिम खप्तड गोल्डकपको शुक्रवार भएको खेलमा भुटानको डकस्टार फुटवल क्ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस २२, धनगढी । कैलालीको धनगढीमा जारी प्रथम अन्तराष्ट्रिय आमन्त्रित भागेश्वर गुप्र सुदुरपश्चिम खप्तड गोल्डकपको शुक्रवार भएको खेलमा भुटानको डकस्टार फुटवल क्ल"/>

2026-09-19 02:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सुदुरपश्चिम खप्तड गोल्डकप: भुटानको डक स्टार दोस्रो चरणमा प्रवेश


पुस २२, धनगढी । कैलालीको धनगढीमा जारी प्रथम अन्तराष्ट्रिय आमन्त्रित भागेश्वर गुप्र सुदुरपश्चिम खप्तड गोल्डकपको शुक्रवार भएको खेलमा भुटानको डकस्टार फुटवल क्लव विजयी भएको छ । धनगढी रंगशालामा दिउसो भएको खेलमा डकस्टारले वेष्ट काठमाण्डौलाई ४—१ ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो । 

सुदुरपश्चिम ११ फुटवल क्लवको आयोजनामा भईरहेको गोल्डकपको शुक्रवार भएको खेलको पहिलो हाफमा वेष्ट काठमाण्डौले गोल गर्दै अग्रता कायम ग¥यो । जर्सी नम्वर १३ का कप्तान समीरजंग कार्कीले गोल गरेका हुन । पहिलो हाफमा १—० ले अगाडी रहेको वेष्ट काठमाण्डौले दोस्रो हाफमा तालमेल विगार्दा डकस्टारका लागि जर्सी नम्वर २० का पेम्वा राईले ५६ औं मिनेटमा गोल गर्दै खेल वरावरी गरे । 

वरावरीपछि केही आक्रमक रुपमा प्रस्तुत भएको डकस्टारका लागि जर्सी नम्वर ७ का क्यान्चो तोवगे चम्किदै उनले ह्याट्रिक गरेपछि डकस्टारले सानदार जित हासिल गरेको हो । ५९ औं मिनेटमा पहेलो कार्ड पाएका क्यान्चोले ७१ औं, ८४ औं र ८९ औं मिनेटमा गोल गरेका हुन । क्यान्चो भुटानको राष्ट्रिय टोलीका सदस्य हुन । डकस्टार भुटानको थिम्पुमा रहेको त्यहाको ए डिभिजनका १० वटा क्लवमध्ये उत्कृष्ट ४ मा पर्ने क्लव हो । 

खेलमा चार वटा पहेलो कार्ड समेत दिईएको थियो । वेष्ट काठमाण्डौका जर्सी नम्वर १७ का मिलन पुरीले पहिलो हाफको ४१ औ मिनेटमा र जर्सी नम्वर १४ का अनिश श्रेष्ठले दोस्रो हाफको ९० औं मिनेटमा पहेलो कार्ड पाएका हुन । डकस्टारका जर्सी नम्वर ७ का क्यान्चो तोवगे र जर्सी नम्वर १६ का राम राईले दोस्रो हाफको ९० औं मिनेटमा पहेलो कार्ड खाए । 

ह्याट्रिकपछि खुशी व्यक्त गर्दै डकस्टारका स्ट्राईकर क्यान्चो तोवगेले दोस्रो हाफमा सवै खेलाडीहरुको टीम वर्कका कारण जित्न सफल भएको वताउनुभयो । उहाले सुरुवातमा गोल खाएर दवावमा परेको भएपनि पछि सवै खेलाडीहरुको कडा मेहनतका कारण सानदार जित हासिल गरिरहेको प्रतिक्रिया दिनुभयो । 

डकस्टारका प्रशिक्षक कोता नामगेन्जनले रणनिति अनुसार खेलेका कारण जित हासिल गरेको वताउनुभयो । सुरुवातमा आफ्ना खेलाडीहरु मानसिक रुपमा तयार नभएको भएपनि पछि विपक्षीको भन्दा राम्रो खेलेको वताउदै कोताले वेष्ट काठमाण्डौका खेलाडीले व्यक्तीगत रुपमा राम्रो खेलेको वताउनुभयो । 

वेष्ट काठामण्डौका प्रशिक्षक सुन्दर थापाले केही खेलाडीहरु अन्य गोल्डकप खेल्ने गएको र केही खेलाडी घाईते भएका कारण जित हासिल गर्न नसकिएको वताउनुभयो । उहाले एक गोलको अग्रता लिएको अवस्थामा गोलरक्षकको गल्तीले खेल वरावरी भएपछि खेल गुमाएको प्रतिक्रिया दिनुभयो । 

माघ १ गतेसम्म चल्ने गोल्डकप अन्तर्गत शनिवारको खेलमा भारतको दिल्ली युनाईटेड र काठमाण्डौको व्वाईज युनियन क्लव वीच प्रतिस्पर्धा हुने आयोजक सुदुरपश्चिम ११ क्लवका सदस्य ओम विक्रम चन्दले जानकारी दिनुभयो । 

गोल्डकप विजेताले रु ५ लाख र उपविजेता रु ढाई लाख तथा उत्कृष्ट खेलाडीले यमाहा मोटरसाईकल पुरस्कार व्यवस्था रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई