2026-09-19 01:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

२५ दिनभित्र सौचालयको पाईप नदिबाट हटाउन नगरपालिकाको अल्टिमेटम

पंकज धामी | पुस २४, दार्चुला । आफ्नो घरको सौचालयको पाईप महाकाली नदिमा फाल्ने अपि नगरपालिका ११ खलंगा बजारका ९३ परिवारलाई २५ दिनभित्र सेफ्टी ट्याङ्की निर्माणगरी व्यवस्थित गर्न नगरपालिकाले अल्टिमेटम दिएको छ ।

नगरपालिकाका खलंगा बजारका महाकाली नदिक्षेत्रमा पर्ने ९३ बढीघरहरुले आफ्नो सौचालयका पाईपहरु सिधै महाकाली नदिमा मिसाउने गरेका कारण नगरपालिकाले उक्त घरधनीहरुलाई व्यवस्थित हुन समय सिमा दिएको हो ।

२०७३ साल भित्र दार्चुला जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने संसोधित लक्ष्य अनुसार अपि नगरपालिकालाई माग मसान्त भित्र खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने तयारी स्वरुप नगरपालिकाले सरसफाईको कामलाई तिव्रता दिएको नगरपालिकाका कार्यकारी अधिकृत अम्मरराज खत्रीले जानकारी दिनुभयो ।

यो भन्दा पहिले दार्चुला जिल्लालाई सन् २०१६ सम्म खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य राखिएको थियो । उक्त समय भित्र दार्चुला जिल्लाका सबै ३६ गाविस खुल्ला दिशामुक्त क्षेत्र घोषणा भईसकेका छन् । नगरपालिकाका ९ वडाहरु अझै खुल्ला दिशामुक्त क्षेत्र घोषणा हुन बाँकी रहेकाले जिल्ला खानेपानी तथा सरसफाइ समन्वय समितिले जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्ने समयसीमा लम्ब्याएको हो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई