दिनेश ठकुल्ला । पुस २४, धनगढी । कैलालीमा केही दिनयता चिसो अत्यधिक बढेको छ । चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ । बाक्लो हुस्सुले हवाई उडानसमेत प्रभावित हुँदै आएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश ठकुल्ला । पुस २४, धनगढी । कैलालीमा केही दिनयता चिसो अत्यधिक बढेको छ । चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ । बाक्लो हुस्सुले हवाई उडानसमेत प्रभावित हुँदै आएको"/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीमा चिसो बढेपछि जनजीवन कष्टकर, दाउरा वितरण गरिने

२४ पुष २०७३, आईतवार ०७:१७

दिनेश ठकुल्ला । पुस २४, धनगढी । कैलालीमा केही दिनयता चिसो अत्यधिक बढेको छ । चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ । बाक्लो हुस्सुले हवाई उडानसमेत प्रभावित हुँदै आएको छ ।

कैलालीमा शुक्रबार यस वर्षकै सबैभन्दा कम अधिकतम तापक्रम मापन भएको छ । अधिकतम तापक्रम १३.८ र न्यूनतम तापक्रम १० डिग्री सेल्सीयस कायम गरिएको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय अत्तरियाले जनाएको छ ।

यस्तै सापेक्षित आद्रता १०० प्रतिशत रहेको सो कार्यालयका प्रमुख राममणी मिश्रले जानकारी दिनुभयो । सापेक्षित आद्रता बढी भएकाले चिसोको अनुभव पनि बढी भएको उनले बताउनुभयो । हावामा हुने पानीको मात्राको आधारमा सापेक्षित आद्रता मापन हुने उल्लेख गर्दै उनले हावामा पानी (शीत) को मात्रा अत्यधिक भएकाले चिसो बढेको बताउनुभयो  ।

यस्तै पश्चिमी वायुको प्रभाव र पहाडी क्षेत्रमा वर्षा हुनुले पनि यहाँ चिसो बढेको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय अत्तरियाले जनाएको छ ।  तीन दिनयता यहाँ अधिकतम र न्यूनतम तापक्रम अन्य दिनको तुलनामा न्यून रहेको सो कार्यालयको भनाई छ ।

कैलालीमा तीन दिनदेखि शितलहर चलिरहेको छ । चिसो बढेपछि खासगरी बालबालिका र वृद्धवृद्धाहरु बढी समस्यामा परेका छन् । न्यानो लुगाको जोहो गर्न नसक्ने विपन्न वर्ग चिसोले मारमा परेका छन् । चिसोमा दम, रुखाखोकीलगायतका समस्या बढ्ने भएकाले सतर्कता अपनाउन डाक्टरहरुले सुझाव दिएका छन् ।


चिसो बढेपछि धनगढी नगर क्षेत्रमा धनगढी उपमहानगरपालिकाले दाउरा वितरण गर्ने भएको छ । शीतलहरका कारण अत्याधिक चिसो बढेपछि आगो बाल्नका लागि नगर क्षेत्रमा दाउरा वितरण गर्न लागिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

चिसोबाट बच्नका लागि नगरका विभिन्न क्षेत्रमा आगो बाल्न दाउरा वितरण गर्न लागेको उपमहानगरपालिकाले जनाएको छ । पुष महिनाको तेस्रो सातासम्म पारिलो घाम लागेको कैलालीमा बुधबारदेखि बाक्लो हुस्सु लाग्न थालेको हो ।

चिसोले बजार क्षेत्रमा मानिसहरुको चहलपहल कम भएको बताइएको छ । दैनिक मजदुरी गरेर गुजारा गर्दै आएका मजदुरहरु अत्यधिक चिसो भएपछि समस्या परेका छन् । चिसोमा सबैलाई राहत होस् भनेर आगो बाल्नका लागि दाउरा वितरण गर्न लागिएको धनगढी उपमहानगरपालिकाका कार्यकारी अधिकृत ध्यानकुमार थापाले बताउनुभयो ।

नगर क्षेत्रमा विभिन्न चोक, अस्पताल तथा मानिसहरुको बढी भीडभाड हुने ठाउँहरुमा आगो बाल्नका लागि दाउरा वितरण गर्ने र आगो बँल्ने व्यवस्था गर्ने उहाँले जानकारी दिनुभयो ।

यस्तै जाडो मौसम सुरु भएसंगै दाउराको कारोवार ५० प्रतिशतले बढेको छ । गर्मी मौसमको तुलनामा दाउराको करोबार ५० प्रतिशतले बढेको दि टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेड शाखा कार्यालय धनगढीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह