दिनेश ठकुल्ला । पुस २४, धनगढी । कैलालीमा केही दिनयता चिसो अत्यधिक बढेको छ । चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ । बाक्लो हुस्सुले हवाई उडानसमेत प्रभावित हुँदै आएको"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश ठकुल्ला । पुस २४, धनगढी । कैलालीमा केही दिनयता चिसो अत्यधिक बढेको छ । चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ । बाक्लो हुस्सुले हवाई उडानसमेत प्रभावित हुँदै आएको"/>
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीमा चिसो बढेपछि जनजीवन कष्टकर, दाउरा वितरण गरिने

२०७३, २४ पुष आईतवार ०७:१७

दिनेश ठकुल्ला । पुस २४, धनगढी । कैलालीमा केही दिनयता चिसो अत्यधिक बढेको छ । चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ । बाक्लो हुस्सुले हवाई उडानसमेत प्रभावित हुँदै आएको छ ।

कैलालीमा शुक्रबार यस वर्षकै सबैभन्दा कम अधिकतम तापक्रम मापन भएको छ । अधिकतम तापक्रम १३.८ र न्यूनतम तापक्रम १० डिग्री सेल्सीयस कायम गरिएको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय अत्तरियाले जनाएको छ ।

यस्तै सापेक्षित आद्रता १०० प्रतिशत रहेको सो कार्यालयका प्रमुख राममणी मिश्रले जानकारी दिनुभयो । सापेक्षित आद्रता बढी भएकाले चिसोको अनुभव पनि बढी भएको उनले बताउनुभयो । हावामा हुने पानीको मात्राको आधारमा सापेक्षित आद्रता मापन हुने उल्लेख गर्दै उनले हावामा पानी (शीत) को मात्रा अत्यधिक भएकाले चिसो बढेको बताउनुभयो  ।

यस्तै पश्चिमी वायुको प्रभाव र पहाडी क्षेत्रमा वर्षा हुनुले पनि यहाँ चिसो बढेको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय अत्तरियाले जनाएको छ ।  तीन दिनयता यहाँ अधिकतम र न्यूनतम तापक्रम अन्य दिनको तुलनामा न्यून रहेको सो कार्यालयको भनाई छ ।

कैलालीमा तीन दिनदेखि शितलहर चलिरहेको छ । चिसो बढेपछि खासगरी बालबालिका र वृद्धवृद्धाहरु बढी समस्यामा परेका छन् । न्यानो लुगाको जोहो गर्न नसक्ने विपन्न वर्ग चिसोले मारमा परेका छन् । चिसोमा दम, रुखाखोकीलगायतका समस्या बढ्ने भएकाले सतर्कता अपनाउन डाक्टरहरुले सुझाव दिएका छन् ।


चिसो बढेपछि धनगढी नगर क्षेत्रमा धनगढी उपमहानगरपालिकाले दाउरा वितरण गर्ने भएको छ । शीतलहरका कारण अत्याधिक चिसो बढेपछि आगो बाल्नका लागि नगर क्षेत्रमा दाउरा वितरण गर्न लागिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

चिसोबाट बच्नका लागि नगरका विभिन्न क्षेत्रमा आगो बाल्न दाउरा वितरण गर्न लागेको उपमहानगरपालिकाले जनाएको छ । पुष महिनाको तेस्रो सातासम्म पारिलो घाम लागेको कैलालीमा बुधबारदेखि बाक्लो हुस्सु लाग्न थालेको हो ।

चिसोले बजार क्षेत्रमा मानिसहरुको चहलपहल कम भएको बताइएको छ । दैनिक मजदुरी गरेर गुजारा गर्दै आएका मजदुरहरु अत्यधिक चिसो भएपछि समस्या परेका छन् । चिसोमा सबैलाई राहत होस् भनेर आगो बाल्नका लागि दाउरा वितरण गर्न लागिएको धनगढी उपमहानगरपालिकाका कार्यकारी अधिकृत ध्यानकुमार थापाले बताउनुभयो ।

नगर क्षेत्रमा विभिन्न चोक, अस्पताल तथा मानिसहरुको बढी भीडभाड हुने ठाउँहरुमा आगो बाल्नका लागि दाउरा वितरण गर्ने र आगो बँल्ने व्यवस्था गर्ने उहाँले जानकारी दिनुभयो ।

यस्तै जाडो मौसम सुरु भएसंगै दाउराको कारोवार ५० प्रतिशतले बढेको छ । गर्मी मौसमको तुलनामा दाउराको करोबार ५० प्रतिशतले बढेको दि टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेड शाखा कार्यालय धनगढीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै