दिनेश ठकुल्ला/पुस २५, धनगढी । भारतको दिल्ली युनाईटेड धनगढीमा जारी खप्तड गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । काठमाण्डौको संकटा क्लव पनि क्वाटरफाईनलमा पुग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दिनेश ठकुल्ला/पुस २५, धनगढी । भारतको दिल्ली युनाईटेड धनगढीमा जारी खप्तड गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । काठमाण्डौको संकटा क्लव पनि क्वाटरफाईनलमा पुग"/>

2026-09-19 02:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

दिल्ली युनाईटेड सेमिफाईनलमा प्रवेश, संकटा पनि क्वाटरफाईनलमा


दिनेश ठकुल्ला/पुस २५, धनगढी । भारतको दिल्ली युनाईटेड धनगढीमा जारी खप्तड गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । काठमाण्डौको संकटा क्लव पनि क्वाटरफाईनलमा पुगेको छ । सोमवार धनगढी रंगशालामा भएको खेलमा पोखराको सहारा क्लवलाई हराउँदै अन्तिम चारमा पुग्दा संकटा जगदम्वा लुम्विनीलाई किनारा लगाएर क्वाटरफाईनलमा पुगेको हो । 

कडा प्रतिस्पर्धामा दिल्ली युनाईटेड पोखराको सहारा क्लवलाई ३—२ ले किनारा लगाउँदै सेमिफाईनल पुगेको हो । पहिलो हाफको १० औं मिनेटमा दिल्लीका लागि जर्सी नम्वर २२ का सन्दीपले गोल गर्दै अग्रता दिलाए । त्यसको ४ मिनेटमा नै सहाराले गोल गर्दै खेल वरावरी गर्यो । 

पहिलो हाफको १४ औ मिनेटमा जर्सी नम्वर ८ का उत्तम गुरुङले गोल गरे । दोस्रो हाफको ४६ औं मिनेटमा दिल्लीका लागि जर्सी नम्वर १९ का थोपी र ५० औं मिनेटमा जर्सी नम्वर २५ का लागोले गोल गर्दै खेललाई ३—१ को स्थितिमा पुराए । 

सहारका लागि ७१ औं मिनेटमा जर्सी नम्वर १० का सामसोनले गोल गरे । त्यसपछि कुनै पनि टीमले गोल गर्न नसकेपछि दिल्लीको पक्षमा नतिजा गएको हो । खेलको म्यान अफ द म्याच भएका जर्सी नम्वर १९ का थोपेले आगामी खेलहरु पनि जितका लागि खेल्ने वताउनुभयो । दिल्लीका प्रशिक्षक क्लेवसोन दउर्ते र कप्तान डोनले सवै खेलाडीहरुको तालमेल मिलेका कारण जितेको वताउनुभयो । 

सहारा क्लवका कुनै पनि पदाधिकारीले खेलको वारेमा प्रतिक्रिया दिएनन् । सोमवार नै धनगढी रंगशालामा भएको खेलमा संकटाले जगदम्वा लुम्विनीलाई २—१ ले पराजित गरेको हो । 

खेलको सुरुवातमा गोल गर्दै लिएको अग्रतालाई वचाउन नसक्दा हार व्यहोर्न वाध्य भएको हो । 

पहिलो हाफको अतिरिक्त समयको १ मिनेटमा नगदम्वा लुम्विनीका जर्सी नम्वर ११ का रितेश मल्लले गोल गरे । पहिलो हाफमा १—० ले अगाडी वढेको अवस्थामा जगदम्वाले दोस्रो हाफको ६४ औ मिनेटमा आत्मघाती गोल गर्यो । जगदम्वाका जर्सी नम्वर १२ का पुर्ण गुरुङले हेड गरेको वल आफ्नै पोष्टमा छिरेको हो । 

वरावरी भएपछि आक्रमण भएको संकटका लागि दोस्रो हाफको ७८ औं मिनेटमा जर्सी नम्वर १४ का सुमीत केसीले गोल गर्दै संकटलाई क्वाटरफाईनलमा पुराएका हुन । जितपछि प्रतिक्रिया दिदै संकटाका प्रशिक्षक सल्यान खड्गीले आफ्नो टीमले मेहनत गरेका कारण जित हासिल भएको वताउनुभयो । 

जगदम्वा लुम्वीनीका प्रशिक्षकक विकास गुरुङले डिफेन्स लाईनका खेलाडी घाईते भएका कारण र अपसाईड वलमा गोल खाएपछि हार व्यहोरेको वताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई