2026-10-14 08:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सुतारमा पहिरोको उच्च जोखिमा परेका ३३ घरपरिवारलाई सहयोग गरिने

कमल रावल | पुस २६, मंगलसेन | जिल्ला दैवि प्रकोप उद्धार समिती अछामको बैठक जिल्ला प्रशासन कार्यालय अछाममा सम्पन्न भएको छ । 

जिल्ला दैवि प्रकोप उद्धार समिती अछामका संयोजक तथा प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मा तिमिल्सैनाको अध्यक्षतामा बसेको बैठकले यस जिल्लाको सुतार गाविस वडा नम्बर २ मा हालै गैरहेको सुक्खा पहिरोका कारण गाविसका २,४,५ र ७ नम्बर वडाका ३३ घर परिवार उच्च जोखिममा रहेकाले सम्भावित दुर्घटना बाट जोगिन प्रकोप पिडित उद्धार र राहत सम्बन्धि मापडण्ड अनुसार प्रतिपरिवार २० हजार उपलब्ध गराउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिती, जिल्ला प्रहरी कार्यालय समेतले अनुगमन गरि घर बनाउन सुरु गरेका विस्थापित परिवारलाई क्रमश उपलब्ध गराउने निर्णय गरिएको हो । 

सुख्खा पहिरो बाट विस्थापित ३३ घर परिवारलाई विभिन्न संघ सस्थाहरुले जिल्ला प्रशासन कार्यालय संग समन्वय गरि आ आफ्नो कलष्टर बमोजिमका राहत एवं अन्य कार्यहरु यथा सिग्र गर्ने निर्णय भएको जिल्ला दैवि प्रकोप उद्धार समिती अछामका संयोजक तथा प्रमुख जिल्ला अधिकारी तिमिल्सैनाले जानकारी दिनु भयो । हाल पहिरो पिडित परिवार अन्य स्थानमा विस्थापित भैरहेका छन । सो ठाउँमा भरखरै मात्रै सहायक प्रमुख जिल्ला अधिकारी तुल बहादुर काउचाको नेतृत्वमा स्थलगत अनुगमन गरि प्रतिवेदन बुझाईए पछि विस्थापित परिवारलाई अन्यन्त्र बसोवासका लागी पहल भैरहेको छ । बैठकमा प्रमुख जिल्ला अधिकारी शर्माले जिल्ला दैवि प्रकोप उद्धार समितिको कोषमा हाल रकम न्यून भएकोले अहिले सम्मको खर्चको विवरण गृह मन्त्रालयमा पठाई केन्द्रिय दैवि प्रकोप उद्धार समितीको कोषबाट रु २५ लाख पठाउन गृहमन्त्रालयमा अनुरोध गर्ने निर्णय गरिएको बताउनु भयो । 

बैठकले यस जिल्लाको विभिन्न स्थानहरुमा गत असार साउन महिनाको प्राकृतिक विपत्तीको कारण वालिनाली क्षती भएका कृषकलाई राहत उपलब्ध गराउन कृषि विभागमा सिफारिस गर्ने निर्णय गरेको छ । बैठकमा दुर्गा बक्स गणका प्रमुख सेनानी शुधिर केशी, प्रहरी प्रमुख निरञ्जन दत्त भट्ट, शसस्त्र प्रहरी प्रमुख राधेश्याम धिमाल, राजनितिज्ञक दलका प्रमुख तथा प्रतिनिधी, सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधीको सहभागिता रहेको थियो । आईतबार नै जिल्लाको सुतार गाविसका पहिरो पिडितलाई ३३ थान त्रिपाल र ३३ थान कम्बल पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश