महेन्द्र केसी 

पर्वत । जिल्लामा रहेका तीन मृगौला पीडितलाई पर्वत सेवा समाज नेपालले एक कार्यक्रमको आयोजना गरी सहयोग सहयोग हस्तान्तरण गरेको छ । मातृभूमिका लागि पर्वत सेवा समाज नेपाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

महेन्द्र केसी 

पर्वत । जिल्लामा रहेका तीन मृगौला पीडितलाई पर्वत सेवा समाज नेपालले एक कार्यक्रमको आयोजना गरी सहयोग सहयोग हस्तान्तरण गरेको छ । मातृभूमिका लागि पर्वत सेवा समाज नेपाल"/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तीन मृगौला पीडितलाई आर्थिक सहयोग

२६ पुष २०७३, मंगलवार ०६:२५


महेन्द्र केसी 

पर्वत । जिल्लामा रहेका तीन मृगौला पीडितलाई पर्वत सेवा समाज नेपालले एक कार्यक्रमको आयोजना गरी सहयोग सहयोग हस्तान्तरण गरेको छ । मातृभूमिका लागि पर्वत सेवा समाज नेपाल नाम रहेको उक्त संस्थाले शनिबार एक कार्यक्रमको आयोजना गरी मृगौला पीडितलाई सहयोग रकम हस्तान्तरण गरेको हो ।

कुश्मा नगरपालिका १६ पिपलटारीका ४० बर्षिया देबी बहादुर विक (रामभक्त), राम्जा देउराली ३ की १४ बर्षिया अनिता पौडल र खुर्कोट १ की २० बर्षियाँ संगिता बास्तोलालाई समाजले आर्थिक सहयोग गरेको हो । उनीहरुलाई जनही क्रमश ७० हजार र २०।२० हजार गरी १ लाख १० हजार आर्थिक सहयोग गरेको हो ।



कुनपा १६ पिपलटारीका देवी बहादुर विकले मातृभूमिका लागि  भिन स्थापना भएको पर्वत सेवा समाज नेपालले बाँच्ने रहर हुदाँ हुदै पनि आर्थिक अबस्था कमजोर भएर आफूजस्तै बेसहराको साहारा बनेको भन्दै खुसि व्यक्त गरे । उनले आफुले पाएको रकम  आफ्नो औषधी खर्चमा प्रयोग गर्ने भन्दै आफ्नो उपचारको लागि ठूलो राहत मिलेको बताए ।


राम्जा देउराली ३ का डिल्लीराम पौडेलले आफ्नी १४ बर्षिया छोरी अनिता पौडेलको कलिलो उमेरमा रोगको शिकार हुनुपरेको र आर्थिक अबस्था कमजोरका कारण उपचारसम्यामा परेको बेलामा समाजले गरेको सहयोग छोरीको लागि ठूलो राहत हुने बताए । उनले सहयोगी मन भए कलिलो उमेरमा मृत्यु र जिवनको दोसाधमा रहेकी आफ्नी छोरीको जिवन रक्षा हुने भन्दै यस्तै अन्य संघसंस्थाबाट पनि सहयोगको आवश्यकता रहेको बताए । 


त्यस्तै खुर्कोट १ की २० बर्षिया संगिता बास्तोलाकी आमा मिना बास्तोलाले आफ्नो छोरीलाई लामखाम भन्ने उमेरमा रोगले ग्रसित पारी थला परेको बेलामा समाजले सहयोग गरेर पुण्य कमाएको बताइन । उनले विभिन्न संघसंस्थाको सहयोगबाटनै आफूहरुले छोरीको उपचारको खर्च जुटाएको भन्दै आगामी दिनमा पनि यस्तै सहयोग मन बोकेका संघसंस्थाको सहयोगको खाँचो रहेको बताईन् ।

टिचिङ अस्पताल, काठमाडौँमा उपचाररत बास्तोलाकोे उपचारमा लाखौँ रुपैयाँ लाग्ने डाक्टरले बताएको भन्दै उनले सहयोगको लागि याचना गरिन् ।


पर्वत उद्योग बाणिज्य संघ पर्वतका अध्यक्ष एवं मातृभूमिका लागि पर्वत सेवा समाज नेपालका सल्लाकार हरिओम शर्मा लामिछानेले मातृभूमिका लागि खोलिएको संस्थाले जिल्लामा यस्तै असाहय तथा आर्थिक अबस्था कमजोर भएकाहरुको लागि सहयोग र साथ  दिदै आएको बताए । 


उनले  पर्वत सेवा समाज नेपालले जिल्लामानै कार्यालय खोली सहयोग गर्दे आइरहेको भन्दै आगामी दिनमा पनि यस्तै मानविय कार्यमा संलग्न हुने बताए । रोगीको उपचारमा केहि हदमा भए पनि मलम लगाउने उदेश्यका साथ समाजले सहयोग गरेको भन्दै रकमको सदुपयोग गर्नको लागि उनले आग्रह गरे ।


पर्वत सेवा समाज नेपालका अध्यक्ष अर्जुन पौडेल गाउँलेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा कार्यक्रमको बारेमा उपाध्यक्ष टंक लामिछानेले प्रकाश पारेका थिए भने कार्यक्रमको संचालन सचिव अर्जुन पौडेल निर्जनले गरेका थिए ।



तीन जना मृगौला पीडितको लागि इजरालमा आर्थिक संकलन भएको संस्थाले जनाएको छ । । इजरालयबाट ५० हजार र संस्थाको केन्द्रिय कार्यालयको २० हजार गरी ७० हजार गरी रामभक्तलाई उक्त रकम सहयोग गरेको संस्थाले जनाएको छ । रामभक्त बचाउ अभियान अन्तरगत  इजरालमा संकलन रकम उनलाई सहयोग गरेको संस्थाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ