महेन्द्र केसी 

पर्वत । जिल्लामा रहेका तीन मृगौला पीडितलाई पर्वत सेवा समाज नेपालले एक कार्यक्रमको आयोजना गरी सहयोग सहयोग हस्तान्तरण गरेको छ । मातृभूमिका लागि पर्वत सेवा समाज नेपाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

महेन्द्र केसी 

पर्वत । जिल्लामा रहेका तीन मृगौला पीडितलाई पर्वत सेवा समाज नेपालले एक कार्यक्रमको आयोजना गरी सहयोग सहयोग हस्तान्तरण गरेको छ । मातृभूमिका लागि पर्वत सेवा समाज नेपाल"/>

२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तीन मृगौला पीडितलाई आर्थिक सहयोग

२०७३, २६ पुष मंगलवार ०६:२५


महेन्द्र केसी 

पर्वत । जिल्लामा रहेका तीन मृगौला पीडितलाई पर्वत सेवा समाज नेपालले एक कार्यक्रमको आयोजना गरी सहयोग सहयोग हस्तान्तरण गरेको छ । मातृभूमिका लागि पर्वत सेवा समाज नेपाल नाम रहेको उक्त संस्थाले शनिबार एक कार्यक्रमको आयोजना गरी मृगौला पीडितलाई सहयोग रकम हस्तान्तरण गरेको हो ।

कुश्मा नगरपालिका १६ पिपलटारीका ४० बर्षिया देबी बहादुर विक (रामभक्त), राम्जा देउराली ३ की १४ बर्षिया अनिता पौडल र खुर्कोट १ की २० बर्षियाँ संगिता बास्तोलालाई समाजले आर्थिक सहयोग गरेको हो । उनीहरुलाई जनही क्रमश ७० हजार र २०।२० हजार गरी १ लाख १० हजार आर्थिक सहयोग गरेको हो ।



कुनपा १६ पिपलटारीका देवी बहादुर विकले मातृभूमिका लागि  भिन स्थापना भएको पर्वत सेवा समाज नेपालले बाँच्ने रहर हुदाँ हुदै पनि आर्थिक अबस्था कमजोर भएर आफूजस्तै बेसहराको साहारा बनेको भन्दै खुसि व्यक्त गरे । उनले आफुले पाएको रकम  आफ्नो औषधी खर्चमा प्रयोग गर्ने भन्दै आफ्नो उपचारको लागि ठूलो राहत मिलेको बताए ।


राम्जा देउराली ३ का डिल्लीराम पौडेलले आफ्नी १४ बर्षिया छोरी अनिता पौडेलको कलिलो उमेरमा रोगको शिकार हुनुपरेको र आर्थिक अबस्था कमजोरका कारण उपचारसम्यामा परेको बेलामा समाजले गरेको सहयोग छोरीको लागि ठूलो राहत हुने बताए । उनले सहयोगी मन भए कलिलो उमेरमा मृत्यु र जिवनको दोसाधमा रहेकी आफ्नी छोरीको जिवन रक्षा हुने भन्दै यस्तै अन्य संघसंस्थाबाट पनि सहयोगको आवश्यकता रहेको बताए । 


त्यस्तै खुर्कोट १ की २० बर्षिया संगिता बास्तोलाकी आमा मिना बास्तोलाले आफ्नो छोरीलाई लामखाम भन्ने उमेरमा रोगले ग्रसित पारी थला परेको बेलामा समाजले सहयोग गरेर पुण्य कमाएको बताइन । उनले विभिन्न संघसंस्थाको सहयोगबाटनै आफूहरुले छोरीको उपचारको खर्च जुटाएको भन्दै आगामी दिनमा पनि यस्तै सहयोग मन बोकेका संघसंस्थाको सहयोगको खाँचो रहेको बताईन् ।

टिचिङ अस्पताल, काठमाडौँमा उपचाररत बास्तोलाकोे उपचारमा लाखौँ रुपैयाँ लाग्ने डाक्टरले बताएको भन्दै उनले सहयोगको लागि याचना गरिन् ।


पर्वत उद्योग बाणिज्य संघ पर्वतका अध्यक्ष एवं मातृभूमिका लागि पर्वत सेवा समाज नेपालका सल्लाकार हरिओम शर्मा लामिछानेले मातृभूमिका लागि खोलिएको संस्थाले जिल्लामा यस्तै असाहय तथा आर्थिक अबस्था कमजोर भएकाहरुको लागि सहयोग र साथ  दिदै आएको बताए । 


उनले  पर्वत सेवा समाज नेपालले जिल्लामानै कार्यालय खोली सहयोग गर्दे आइरहेको भन्दै आगामी दिनमा पनि यस्तै मानविय कार्यमा संलग्न हुने बताए । रोगीको उपचारमा केहि हदमा भए पनि मलम लगाउने उदेश्यका साथ समाजले सहयोग गरेको भन्दै रकमको सदुपयोग गर्नको लागि उनले आग्रह गरे ।


पर्वत सेवा समाज नेपालका अध्यक्ष अर्जुन पौडेल गाउँलेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा कार्यक्रमको बारेमा उपाध्यक्ष टंक लामिछानेले प्रकाश पारेका थिए भने कार्यक्रमको संचालन सचिव अर्जुन पौडेल निर्जनले गरेका थिए ।



तीन जना मृगौला पीडितको लागि इजरालमा आर्थिक संकलन भएको संस्थाले जनाएको छ । । इजरालयबाट ५० हजार र संस्थाको केन्द्रिय कार्यालयको २० हजार गरी ७० हजार गरी रामभक्तलाई उक्त रकम सहयोग गरेको संस्थाले जनाएको छ । रामभक्त बचाउ अभियान अन्तरगत  इजरालमा संकलन रकम उनलाई सहयोग गरेको संस्थाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ