2026-09-19 02:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

धनगढीको मनेहरामा चोरीका घटना बढ्दै

दिनेश ठकुल्ला । पुस २६, धनगढी | धनगढी उप–महानगरपालिका–७, मनेहरामा पछिल्ला केही सातायता चोरीका घटना बढेका छन् । दैनिकजसो चोरीका घटना हुन थालेपछि त्रसित स्थानीयले मनेहरामा प्रहरी बिट राख्न माग गरेका छन् ।

करिब २ महिनाको अवधिमा २ दर्जन भन्दा बढी चोरीका घटना भएका स्थानीयको भनाई छ । दिनैपच्छिे चोरीका घटना वृद्धि भइरहँदा प्रहरी प्रशासनले भने कुनै वास्ता नगरेको गुनासो स्थानीयको छ । 

चोरीका घटना बढेको बारे जानकारी गराउँदासमेत प्रहरी, प्रशासनले त्यसलाई नियन्त्रण गर्न चासो नराखेको भन्दै स्थानीयले आक्रोश समेत पोखेका छन् । चोरीका घटनामा उजुरी दिए पनि प्रहरीले चोरीमा संलग्नको पत्ता लगाउन नसकेको उनीहरुको भनाई छ ।

मनेहराका स्थानीय ताराप्रसाद भुसालको घरमा गएको मंसिर १८ गते चोरी भयो । सुन र नगद चोरी भएको भनेर उहाले आफ्नो घरमा चोरी भएको भनेर प्रहरीमा उजुरी दिए । तर प्रहरीले चोर पत्ता लगाउन सकेको छैन । 

यही पुस २२ गते स्थानीय व्यवसायी हेमन्त भट्टराईको पसलको सटर तोडेर चोरी भयो । सामान र नगदसहित करिब ५ लाख रुपैया बराबरको चोरी भनेर प्रहरीमा उजुरी दिए पनि चोरीको घटनाबारे थाहा हुन नसकेको उहाले बताउनुभयो । चोरीका घटना बढ्न थालेपछि रातभर जाग्राम बस्नुपर्ने अवस्था आएको उहाले बताउनुभयो ।

चोरीका घटना दिनैपिच्छे हुन थालेपछि प्रहरी पोष्ट राख्न जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरे पनि सुनुवाई नभएको स्थानीय व्यापारी युवराज अधिकारीले बताउनुभयो । साईकिल, पानी तान्ने मोटरलगायत सामान चोरी दैनिकजसो हुन थालेको उहाले बताउनुभयो ।

चोरीका घटना बढ्दा असुरक्षा महसुस भएको भन्दै स्थानीयले जिल्ला प्रहरी कार्यालयमा प्रहरी बिट राख्न पुनः माग गरेका छन् । उनीहरुले चोरीका घटना बढ्दै जाँदासमेत नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयबाट पहल नभएकोे गुनासो गरे ।

राति नियमित गस्ती बढाइनु पर्ने र गाउँमा प्रहरी बिष्ट राख्नुपर्ने मागसहित स्थानीयबासिन्दा जिल्ला प्रहरी कार्यालयमा पुगेका हुन् । उनीहरुले चोरी बढेपछि रातभर जाग्राम बस्नुपर्ने अवस्था आएको गुनासो गरे ।

प्रहरी बिट राख्नुपर्ने माग गर्दै जिल्ला प्रहरी कार्यालय पुगेका स्थानीयसंग जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक अर्जुन चन्दले नियमित गस्ती बढाइएको उल्लेख गर्दै चोरीका घटनाको अनुसन्धान भईरहेको बताउनुभयो । उहाले उक्त क्षेत्रमा २४ घण्टा प्रहरी रहने गरि बिट स्थापना गर्ने आश्वासन स्थानीयलाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई