नन्दराम जैशी/पुस २७, जुम्ला । जुम्ला सदरमुकामको बिच बजारमा निर्माणाधिन कृष्णमन्दिरको पुनःनिर्माण कार्य ९५ प्रतिशत सम्पन्न भएको छ । 

गत साउन ५ गतेबाट कार्य संच"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी/पुस २७, जुम्ला । जुम्ला सदरमुकामको बिच बजारमा निर्माणाधिन कृष्णमन्दिरको पुनःनिर्माण कार्य ९५ प्रतिशत सम्पन्न भएको छ । 

गत साउन ५ गतेबाट कार्य संच"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कृष्णमन्दिरको पुनःनिर्माण कार्य ९५ प्रतिशत सम्पन्न, ३२ लाख खर्च

२७ पुष २०७३, बुधबार ०५:५०

नन्दराम जैशी/पुस २७, जुम्ला । जुम्ला सदरमुकामको बिच बजारमा निर्माणाधिन कृष्णमन्दिरको पुनःनिर्माण कार्य ९५ प्रतिशत सम्पन्न भएको छ । 

गत साउन ५ गतेबाट कार्य संचालन भएपनि विभिन्न प्राविधिक समस्याले गर्दा हालसम्म ९५ प्रतिशत मात्र निर्माण कार्य सम्पन्न भएको बताईएको छ । कार्तिक मसान्त सम्म मन्दिरको पुनःनिमार्ण कार्य सम्पन्न गर्ने उद्देश्य भएपनि जिल्ला बाहिरबाट आयात हुने सामाग्री समयमै नआएकाले मन्दिरको निर्माण कार्य समयमै पुरा हुन नसकेको जनाइएको छ ।

हाल कृष्ण मन्दिरको अन्य निर्माण कार्य सकिएपनि तामाको छाना छाउने काम बाँकी रहेको मन्दिर निर्माण समितिका अध्यक्ष लोक दर्शन श्रेष्ठले बताउनु भयो । मन्दिरको मार्भल तथा रेलिङ गर्ने कार्य सकिए पछि तामाको छाना ल्याउन बाकी रहेकोे श्रेष्ठले बताउनु भयो । तामाको छाना छाउन पाटन दरबार क्षेत्रबाट तालिम प्राप्त २ जनाको टोली आउने भएका छन् । अनुमानित ११ लाख रुपैयाको लागतमा तामाको छाना ल्याईने भन्दै मन्दिरको पुनःनिर्माण कार्यका लागि हालसम्म ३२ लाख खर्च भईसकेको मन्दिर निर्माण समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

कृष्ण मन्दिरको निर्माण पुर्ण रुपमा सक्नुका साथै फागुन २५ देखि २७ गते सम्म भव्य उद्घाटन गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । विधिवत रुपमा विभिन्न पुजापाठ गरि मन्दिर उद्घाटन गरिने भएकाले ३ दिन सम्म कार्यक्रम हुने बताइएको छ । अध्यक्ष लोक दर्शन श्रेष्ठका अनुसार मन्दिरको निर्माणका लागि जिल्ला विकास समितिबाट ६ लाख, सांसद ललित जंग शाहिले सांसद विकास कोषबाट ५ लाख, पर्यटन मन्त्रालयबाट ४ लाख रुपैया सहयोग भएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै नगरपालिकाबाट १ लाख, र सम्पुर्ण भक्तजनहरुबाट १५ लाख चन्दा संकलन भएको मन्दिर निर्माण समितिले रेडियो कर्णालीलाई जानकारी दिएको छ । निर्माणाधिन कृष्ण मन्दिर कर्णालीमा नै पहिलो पटक पुरातात्कि विभागको इन्जिनियरको डिजाईनमा बास्तुकला शास्त्र अनुसार कलात्मक शैलीमा निर्माण गरिने भएको हुदा तालिम प्राप्त ३ जना लखनउका मिस्त्री तथा ६ जना भक्तपुरका मिस्त्री मन्दिर निर्माण कार्यमा संग्लन रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह