Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कपिलवस्तुमा पृथ्वी जन्मजयन्ति तथा राष्ट्रिय एकता दिवस मनाइयो

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

माधव वेल्वासे/पुस २७, कपिलवस्तु । कपिलवस्तुका विभिन्न ठाउमा २९५ औ पृथ्वीजन्मजयन्ति तथा राष्ट्रिय एकता दिवशको अवशरमा वुधवार विभिन्न कार्यक्रम सम्पन्न भएका छन ।

जिल्लाको केन्द्रविन्दु मानिने चन्द्रौटा चोक पृथ्वीनारायण चोक हुनुपर्ने राप्रपाका केन्द्रिय युवा नेता अजय थापाले वताए ।चन्द्रौटामा नेपाल मुक्ति मन्चले पृथ्वीनारायण शाहको २९५ औ जन्मजयन्ति तथा राष्ट्रिय एकता दिवशको अवशरमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै नेता थापाले सो वताए ।

शाह जन्मेको दिन सरकारले विदा नदिएको भन्दै थापाले आपत्ति समेत जनाएका छन । नेपालका लाखौ युवाहरु विदेशमा पसिना बगाइरहेको अवस्थामा सरकारले युवाहरुलाई स्वरोजगार गराउन कुनै कसरत नगरेको वताए ।पृथ्वीनारायण शाह अमर व्याक्ति रहेको र देश एकिकरणका माहानायक समेत रहेकाले योगदानहरु भुल्न नहुने थापाले उल्लेख गरे ।

फरक प्रस∙मा वोल्दै थापाले कैलालिमा भएको गौ हत्या विरोध गरेका छन ।नेपाल हिन्दु राष्ट्र नहुदा सम्म राष्ट्रिय जनावरको हत्याका घटनाहरु घटिरहने समेत थापाले वताए ।नेपाललाई हिन्दु राष्ट्र बनाउन सरकारको ध्यानाकर्षण जानुपर्ने वताए ।कार्यक्रममा वोल्ने वक्ताहरुले पृथ्वीनारायण शाहका योगदानको वारेमा प्रशसा सहित शाह सधै अमर रहनेमा वताए । हिमाल पाहाड तराई सवै मिलि भाइचाराका सवन्ध भइरहेको वेला सरकारले जातजाति धर्मविच लडाउने खेल खेलिरहेको समेत वक्ताहरुले आरोप लगाएका छन ।

जिल्लाको चन्द्रौटामा वाजागाजा सहित ¥यालि निकालि वजार परिक्रम समेत गरिएको छ ।नेपाल मुक्ति मन्च कपिलवस्तुका अध्यक्ष श्याम कुमार मिश्राको अध्यक्ष्ता रहेको कार्यक्रममा सास्कृतिक कार्यक्रम पनि भएको थियो ।छमछमि कला केन्द्रको नृत्य र साहित्यकार अर्जुन शरले नेपालको इतिहासलाई कविता मार्फत वाचन गरेका थिए ।

अन्य साहित्य अनुरागिहरुले पृथ्वीनारायण शाहका योगदान को वारेको रचना मार्फत प्रस्तुत गरेको थिए ।त्यस्तै जिल्लाको कृष्णनगरमा पनि भव्यताका साथ पृथ्वी जन्मजयन्ति मनाइएको छ ।