2026-07-11 01:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुस्ताङ्ग - MST

तीन दिने बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट करिब ७०० मुस्ताङबासी लाभाविन्त

2017-01-12

पुस २८, मुस्ताङ । थकाली समुदायको १२ वर्षे कुम्भमेलाको अवसरमा थकाली स्वास्थ्यकर्मी परिवार नेपालले आयोजना गरेको निःशुल्क बृहत् स्वास्थ्य शिविरबाट करिब ७०० जना लाभाविन्त भएका छन् । 

कोबाङमा यही पुस २५, २६ र २७ गते आयोजना गरिएको निःशुल्क शिविरमा १२ जना चिकित्सकले मुक्तिनाथ, कागबेनी, जोमसोम, मार्फा, जोमसोम, लेते, कोबाङका करिव ७०० जनाको स्वास्थ्य परीक्षण गरिएको र एकै स्थानबाट स्वास्थ्य परीक्षणसहित विशेषज्ञ सेवा प्रदान गरिएको स्वास्थ्यकर्मी परिवारका अध्यक्ष विश्व शेरचनले बताउनुभयो । 

प्रेसर, युरिक एसिड, सुगर, हेपाटाइटिस, हाडजोर्नीजस्ता समस्या बढी देखिएको सो शिविरमा प्रेसरका बिरामीलाई तीन महिनासम्म निःशुल्क औषधि वितरण र ४०० जनाको भिडियो एक्सरे गरिएको अध्यक्ष शेरचनले जानकारी दिनुभयो । 

मायाँ भट्टचन, विनोद शेरचन, कविन भट्टचन, गोमा शेरचन, गोपी हीराचन, राजेन्द्र शेरचन, बिपी भट्टचनलगायतका चिकित्सकले शिविरमा सेवा सोवा पु¥याएका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट