पुस २८, मलेसिया । मलेसिया सरकारले केहि समय पहिले विदेशी कामदारले तिर्दै आएको मासिक लेबी रोजगारदाताले नै तिर्नुपर्ने गरी ल्याएको नयाँ ब्यवस्था मलेसियाली ब्यबसायीह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २८, मलेसिया । मलेसिया सरकारले केहि समय पहिले विदेशी कामदारले तिर्दै आएको मासिक लेबी रोजगारदाताले नै तिर्नुपर्ने गरी ल्याएको नयाँ ब्यवस्था मलेसियाली ब्यबसायीह"/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिदेशी कामदारका लागी मलेसिया सरकारले गर्यो यस्तो कडा निर्णय

२८ पुष २०७३, बिहीबार ०९:३९

पुस २८, मलेसिया । मलेसिया सरकारले केहि समय पहिले विदेशी कामदारले तिर्दै आएको मासिक लेबी रोजगारदाताले नै तिर्नुपर्ने गरी ल्याएको नयाँ ब्यवस्था मलेसियाली ब्यबसायीहरुको चर्को बिरोधपछि तत्काल लागू नगर्ने भएको छ ।

बुधबार बसेको मलेसियाको मन्त्रिपरिषद् वैठकले लेबी हटाउने निर्णय एक बर्ष पछि धकेल्ने निर्णय गरेको छ । बैठकपछि यातायातमन्त्री लियो तियोङले रोजगारदातालाई बिदेशी कामदार ल्याउन सहज बनाउने र मुलुकको आर्थिक बिकाशलाई गति दिने उदेश्यले नयाँ ब्यबस्था तत्कालै लागू नगर्ने निर्णय भएको अन्तरास्ट्रिय संचारमध्यमले जनाएका छन् ।

गत डिसेम्बर ३१ तारिखमा मलेसिया सरकारले इम्प्लोयर म्यान्डेटोरी कमिटमेन्ट शिर्षकको नयाँ ब्यबस्था लागू गर्दै जनवरी १ तारिखदेखि बिदेशी कामदारले तिर्दै आएको लेबी रोजगारदाताले नै तिर्नुपर्ने ब्यबस्था गरेको थियो ।

सरकारको अचानकको निर्णयको बिरोध गर्दै मलेसियास्थित ब्यबसायीले निर्णय सच्चाउन दबाब दिँदै आएका थिए । बिदेशी कामदारको लेबी रोजगारदातलो तिर्दा बिदेशी कामदार महंगो पर्ने र त्यसले मलेसियाली अर्थतन्त्रमा नकरात्मक असर पर्ने उनीहरुको दावी थियो ।

अन्ततः सरकारले ब्यबसायीको यही दावीलाई पत्याउँदै लेबी हटाउने निर्णय सन् २०१८ बाट मात्र लागू गर्ने जानकारी दिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह