काठमाडौँ, २८ पुस । नेपाल प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले आइएससी (इमिग्रेसन सेक्युरिटी क्लियरेन्स) नामक संस्थाका सञ्चालक गोविन्द थपलियालाई मञ्चको साधारण सदस्यसम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौँ, २८ पुस । नेपाल प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले आइएससी (इमिग्रेसन सेक्युरिटी क्लियरेन्स) नामक संस्थाका सञ्चालक गोविन्द थपलियालाई मञ्चको साधारण सदस्यसम"/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया जाने कामदारसँग मनपरी पैसा उठाएको भन्दै म्यानपावर ब्यबसायी थपलिया निलम्बित

२८ पुष २०७३, बिहीबार १४:५५

काठमाडौँ, २८ पुस । नेपाल प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले आइएससी (इमिग्रेसन सेक्युरिटी क्लियरेन्स) नामक संस्थाका सञ्चालक गोविन्द थपलियालाई मञ्चको साधारण सदस्यसमेत नरहने गरी निलम्वन गरिएको छ । 

कोसी इन्टरनेशनल प्रालिका सञ्चालक रहेका थपलियाले ‘आइएससी’ नामक संस्था खोली मलेसिया जाने कामदारमाथि थप आर्थिक भार पार्ने कार्यमा संलग्न भएकाले कारबाही गरिएको मञ्चका महासचिव राजेन्द्र भण्डारीले जानकारी दिनुभयो । 

आइएससीले गत भदौ ३० गतेदेखि महाराजगञ्जमा कार्यालय स्थापना गरी मलेसिया जाने कामदारको औँठा छाप लिएको नाममा प्रतिकामदार रु तीन हजार २०० थप असुलिरहेको छ । गत मङ्सिर ९ गते थपलियालाई स्पष्टीकरण सोधिएकोमा चित्त बुझ्दो जवाफ नदेखिएकाले कारबाही गरिएको मञ्चले जनाएको छ । 

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले आइएससीको कारबाहीका लागि एक महिनाअघि नै गृह मन्त्रालयलाई निर्देशन दिइसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह