2026-09-19 01:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुर गोल्डकप चौथो संस्करण माघ अन्तिम साता देखि सुरु हुने

अजयकुमार साह/पुस २९, उदयपुर । उदयपुर गोल्डकपको चौथो संस्करण माघको अन्तिम साता देखि सुरु हुने भएको छ । उदयपुर गोल्ड कप फुटवल प्रतियोगिता मुल आयोजक समितिलेसदरमुकाम गाईघाटमा पत्रकार सम्मेलन गरि गोल्डकप माघ २७ देखि फागुन ५ गतेसम्म संचालन हुने जानकारी दिएको छ ।

‘गोल्डकपमा ए डिभिजनका ७ वटा क्लब र घरेलु टिम उदयपुर ११ ले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । स्वास्थ्य, अनुशासन र राष्ट्रिय एकता र सदभावका लागि उदयपुर गोल्डकप भन्ने नाराका साथ फुटवल प्रतियोगिता माघ ५ गते सम्म संचालन हुने आयोजक समितिका संयोजक किरण राईले जानकारी दिनुभयो ।

गोल्डकप फुटवल प्रतियोगिता व्यवस्थित रुपमा संचालन गर्नको लागि विभिन्न उपसमिति समेत गठन गरीएको छ  । नक आउटको आधारमा खेलाईने गोल्डकप संचालनको लागि करिव ३८ लाखको आय व्यय प्रस्तुत गरिएको थियो ।

गोल्डकप विजेतालाई एक लाख ५० हजार र उपविजेतालाई एकलाख नगद राशी र शिल्ड प्रदान गरिने छ । २०६८ सालमा सुरु गरिएको गोल्डकप स्थानीय विद्यालयमा तेस्रो संस्करण सम्म संचालन गरिएकोमा यस बर्ष आफ्नै रंगशालामा संचालन हुने भएको छ । जिल्ला विकास समिति उदयपुर, त्रियुगा नगरपालिकाको सहयोग तथा जिल्ला फुटवल संघ उदयपुरको आयोजनामा गोल्ड कप फुटवल प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई