दिनेश ठकुल्ला/पुस २९, धनगढी । ए डिभिजन क्लव मनाङ मस्याङ्दी धनगढीमा जारी भागेश्वर गुप्र सुदुरपश्चिम खप्तड गोल्डकप २०७३ को उपाधि नजिक पुगेको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दिनेश ठकुल्ला/पुस २९, धनगढी । ए डिभिजन क्लव मनाङ मस्याङ्दी धनगढीमा जारी भागेश्वर गुप्र सुदुरपश्चिम खप्तड गोल्डकप २०७३ को उपाधि नजिक पुगेको छ । 

"/>
2026-06-23 11:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

मनाङ मस्याङ्दी सुदुरपश्चिम खप्तड गोल्डकपको फाईनलमा

2017-01-13


दिनेश ठकुल्ला/पुस २९, धनगढी । ए डिभिजन क्लव मनाङ मस्याङ्दी धनगढीमा जारी भागेश्वर गुप्र सुदुरपश्चिम खप्तड गोल्डकप २०७३ को उपाधि नजिक पुगेको छ । 

विहीवार धनगढी रंगशालामा भएको खेलमा भारतको दिल्ली युनाईटेडलाई स्तव्ध पार्दै मनाङ उपाधि नजिक पुगेको हो । मनाङले उपाधि जित्ने दावी समेत गरेको छ । विहीवार दिउँसो भएको खेलमा मनाङले दिल्लीलाई ३–१ गोल अन्तरले किनारा लगाएको हो । 

खेलको सुरुवातमा दिल्लीले गोल गर्दै खेलमा अग्रता लिने प्रयास गरेपनि मनाङले त्यो प्रयासलाई विफल पारेको हो । दिल्लीका लागि जर्सी नम्वर १९ का थोपीले पहिलो हाफको दुई मिनेटमा गोल गर्दै दिल्लीलाई दिलाएको अग्रता ५ मिनेटभन्दा वढी चल्न सकेन् । 

खेलको ७ मिनेटमा मनाङका कप्तान जर्सी नम्वर १० का खेलाडी अनिल गुरुङले गोल गर्दै खेल वराव्ीमा पुराए । पहिलो हाफको ४४ औं मिनेटमा मनाङका लागि जर्सी नम्वर ९९ का विदेशी खेलाडी ओलाओलेले गोल गर्दै २—१ को स्थितिमा पुराए । 

दोस्रो हाफमा केही आक्रमक रुपमा प्रस्तुत भएको मनाङले दोस्रो हाफको ८९ औं मिनेटमा तेस्रो गोल थप्दै जित सुनिश्चित ग¥यो । कप्तान अनिल गुरुङ व्यक्तीगत दोस्रो गोल गर्दै म्यान अफ द म्याचका हकदार वनेका हुन । उनले नगद ५ हजार हाप पारे । 

जितपछि प्रतिक्रिया दिदै मनाङका प्रशिक्षक छिरिङ लोप्चन गुरुङले राम्रो खेलेर जितेको भन्दै धेरै गोल गर्ने रणनिति दिल्लीका गोलरक्षक सन्जु थापाको उत्कृष्ट प्रदर्शनले असफल पारेको वताउनुभयो । 


मनाङका कप्तान अनिल गुरुङले अव उपाधि जित्ने दावी गर्दै फाईनलमा पनि यस्तै खेल खेलेर खप्तड गोल्डकपलाई आफ्नो पोल्टामा पार्ने वताउनुभयो । दिल्लीका प्रशिक्षक क्लेवसन वारतेले केही मौकाहरु गुमाउदा र विपक्षीले उत्कृष्ट खेल खेल्दा फाईनल पुग्न नसकेको वताउनुभयो । 

दिल्लीका कप्तान डन लोप्चाले सवै खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरेको भएपनि जित हासिल गर्न नसकिएको वताउनुभयो । गोल्डकप अन्तर्गत शुक्रवार दोस्रो सेमिफाईनलमा सुदुरपश्चिम ११ र काठमाण्डौको संकटा क्लव प्रतिस्पर्धा गर्नेछन । 

पुस २१ गतेदेखि सञ्चालन भईरहेको गोल्डकपको विजेताले नगद ५ लाख र उपविजेताले दुई लाख ५१ हजार पाउने छन । माघ १ गतेसम्म सञ्चालन हुने गोल्डकपको उत्कृष्ट खेलाडीले यमाहा मोटर साईकल प्राप्त गर्ने आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लवले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपाद्वारा विधान संशोधन गरी पार्टीलाई थप समावेशी बनाउने निर्णय स्रोत नखुलेको ११ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ अब नयाँ राष्ट्रपति बाबुराम भट्टराई बन्न सक्छन् : हर्क साम्पाङ टिपर दुर्घटनामा चालकको मृत्यु निर्धारित समयमा सुरु भएन रास्वपाको बन्दसत्र पछिल्लो २४ घण्टामा ट्राफिक कारबाहीबाट १० लाख ५३ हजार ५१० राजस्व सङ्कलन सुनचाँदीको मूल्य बढ्यो हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत