कमल रावल/पुस २९, अछाम । नेपाल स्काउटका प्रमुख आयुक्त रविन दाहालले अशल व्यक्तित्व निर्माण गर्न स्काउटले ठुलो योगदान गरेको बताउनु भएको छ । 

बाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/पुस २९, अछाम । नेपाल स्काउटका प्रमुख आयुक्त रविन दाहालले अशल व्यक्तित्व निर्माण गर्न स्काउटले ठुलो योगदान गरेको बताउनु भएको छ । 

बाल"/>

६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

असल व्यक्तित्व निर्माण गर्न स्काउटले ठुलो योगदान गरेको छ: दाहाल

२९ पुष २०७३, शुक्रबार १२:२२


कमल रावल/पुस २९, अछाम । नेपाल स्काउटका प्रमुख आयुक्त रविन दाहालले अशल व्यक्तित्व निर्माण गर्न स्काउटले ठुलो योगदान गरेको बताउनु भएको छ । 

बालवालिकाले शिक्षा हासिल गर्दा ५ वटा मुख्य आयामलाई लिएर स्काउट अघि बढेकाले अशल ब्यक्तित्व निर्माण गर्न स्काउटको ठुलो योगदान रहेको बताउनु भयो । नवनिर्मित जिल्ला स्काउट कार्यालय अछामको उदघाट्न गर्न आउनु भएका प्रमुख अतिथी दाहालले विश्वमा २ सय १७ देशमा लागु भएको स्काउट राष्ट्रभावना, राष्ट्रप्रती प्रेम भाव जगाउन जहिले पनी लागि परेकाले यसमा साथ दिन सबैलाई आग्रह गरेका थिए । 

अछाम जिल्ला स्काउट आफना अभियानलाई अघि बढाउन सशक्त रुपमा अघि बढिरहेकाले केन्द्रिय स्तरबाट आवश्यक सहयोग गर्न आफु तयार रहेको प्रतिबद्धता जनाउनु भयो । हाल नेपालमा ६० हजार विद्यार्थि मात्र स्काउटमा आबद्ध हुन पाएको भन्दै उहाँले सबै विद्यार्थिलाई स्काउट भएकोमा गौरबमानित भई आफनो नियमित क्रियाकलापमा अग्रसर हुनु पर्नेमा जोड दिनु भयो । 

कार्यक्रमका बिशिष्ट अतिथी युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश प्रसाद दहालले मन्त्रालयको तर्फबाट स्काउटको बिकासका लागि बर्षेनि सहयोग हुदै आएकाले आगामि दिनमा पनीमा सहयोग निरन्तर जारी रहने बताउनु भयो । 

जिल्लामा खेलकुदको विकासका लागि स्काउटको पनि महत्वपुर्ण भुमिका रहने भएकाले यस तर्फ सबैको ध्यान जानु पर्नेमा उहाँको जोड रहेको थियो । आगामि दिनमा अछाम जिल्लामा स्थानिय निकाय देखि जिल्लाले समेत स्काउटको विकासका लागि केहि मात्रामा रकम विनियोजन गर्नु पर्नेमा जोड दिएका थिए । 

कार्यक्रममा जिल्ला स्काउटका सल्लाहकार तथा प्रमुख जिल्ला अधिकारी कौशलराज शर्मा तिमिल्सैनाले अछाम जिल्लामा स्काउटले निकै स्रहानिय काम गरिरहेकाले आगामि दिनमा आफनो तर्फ सक्दो सहयोग रहने प्रतिबद्धता जनाएका थिए । 

कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव चुणामणि पौड्याल, नेपाली काग्रेसका विष्णु बहादुर खड्का, नेकपा एमालेका जिल्ला कमिटी सदस्य नमराज न्यौपाने, महिला बिकास अधिकृत भगवति अर्र्याल, निमित्त जिल्ला शिक्षा अधिकारी हरिदत्त जोशि, नेपाल शिक्षक संघ अछामका अध्यक्ष पदमराज अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष नर बहादुर रावल, नेपाल पत्रकार महाँसघ अछामका सचिव शिवराज ढुगाँना, जिल्ला खेलकुद विकास समितीका अध्यक्ष छविराज ढुगाना, जिल्ला युवा संजाल अछामका अध्यक्ष होम बहादुर साँउद लगाएतका अतिथी रहनु भएको थियो । 

जिल्ला स्काउटका आयुक्त पदम बहादुर धामिको अध्यक्षतामा भएको कार्यक्रममा स्काउटलाई यहाँ सम्म पुरयाउन आफनो आफनो तर्फबाट सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई प्रमुख अतिथीले सम्मान गर्नु भएको थियो । 

जिल्ला स्काउटको पहल तथा केन्द्रिय स्काउटको ६ लाख सहयोगमा जिल्लाको स्काउटको भवन निर्माण गरिएको हो । जिल्ला सह आयुक्त गिता ढुगाँनाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संञ्चालन नगेन्द्र प्रसाद ढुगाँनाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति