दिपक अनुरागी/पुस २९, कपिलवस्तु । नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले प्रदेश बनाउन हस्ताक्षर गर्ने सासंदहरु आज आएर खुट्टा कमाउन थालेको तर्क दि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दिपक अनुरागी/पुस २९, कपिलवस्तु । नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले प्रदेश बनाउन हस्ताक्षर गर्ने सासंदहरु आज आएर खुट्टा कमाउन थालेको तर्क दि"/>

2026-09-16 01:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

आफैँ हस्ताक्षर गर्नेहरु खुट्टा कमाउन थाले: भण्डारी


दिपक अनुरागी/पुस २९, कपिलवस्तु । नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले प्रदेश बनाउन हस्ताक्षर गर्ने सासंदहरु आज आएर खुट्टा कमाउन थालेको तर्क दिनुभएको छ । 

राष्ट्रघाती संबिधान संशोधन बिधेयकमा भएको आमसभालाई आज सिद्धार्थ क्याम्पस बुङ्ची कपिलवस्तुमा सम्बोधन गर्दै नेता भण्डारीले भन्नुभयो, “हिजो प्रदेश निर्माण गर्दा हामी प्रदेशका ४२ सासंदले हस्ताक्षर गरेका हौ, आज आएर कोहि कोहि साथीले खुट्टा कमाउन थाल्नुभएको छ ।” खुट्टा नकमाई प्रदेश विभाजनको विरुद्धमा लाग्न सबैलाई उहाँले आग्रह गनुभयो । 

निर्वाचित सासंद समेत रहनुभएका नेता भण्डारीले संबिधान संशोधन बिधेयक संसदमा बहस भएपनि पारित हुन नसक्ने दाबी गर्नुभयो । सर्वाेच्च अदालतको निर्णयले प्रदेश टुक्राउन नहुने कुरा प्रष्ट पारिसकेको उहाले स्पष्ट पार्नुभयो ।

देश रहे पार्टि रहने भन्दै नेता भण्डारीले दिल्लि र बिहारले नेपाल माथि गिद्धेआखा लगाएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “हामी नेता सचेत बन्ने कि नबन्ने ? दिल्ली र बिहारले गिद्धे आखा लगाएको छ । ” अहिले मुलुक जटिल मोडमा फसेको भन्दै उहाँले यस्तो अवस्थामा टुलु टुलु बसेर हेर्न नसकिने जनाउनुभयो ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य सिराज अहमद फारुकिले मधेसका ठेकेदार ठान्नेहरुले देशमा सामाजिक सद्भाव विगार्ने प्रयत्नमा लागेको टिप्पणी गनुभयो । बर्षौ देखि मधेसी जनतालाई शोषक गर्न पल्लेकाहरुले तराईलाई पहाड संग मिलाउन हुदैन् भनिरहेको बताउनुभयो । 

प्रधानमन्त्री प्रचण्ड कसैको इसारामा चलेको भन्दै नेता फारुकिले प्रदेश टुक्राउन खोज्जेलाई प्रतिकार गर्ने बताउनुभयो ।

नेपाली कांग्रेस रोल्पाका सभापति तथा सासंद अमर सिंह पुनले आफु पद छोड्न तयार रहेको तर प्रदेश टुक्राउने कदमको विरोधमा रहेको स्पष्ट पार्नुभयो । उहाले भन्नुभयो, “म सभापति, सासंद पद छाड्न तयार छु तर प्रदेश टुक्राउने कदमको विरोधमा छु । ” पार्टिले आफुलाई कार्रबाहि गरेपनि कांग्रेसको साधारण सदस्य नभए सामान्य भोटर भएर पनि जीवन चलाउन तयार रहेको तर पार्टिको प्रदेश टुक्राउने ह्विप नमान्ने उद्घोष गर्नुभयो । आफ्नो पार्टि सरकारको प्रमुख घटक रहेको र प्रदेश टुक्राउने निर्णयमा रहेकाले पार्टिको ह्विप जुनसुकै हालतमा नमान्ने दाबी गर्नुभएको हो । 

जनयुद्धको उद्गम स्थलका रुपमा रहेको रोल्पाका सासंद समेत रहनुभएका नेता पुनले माओबादीले जातीय विउ रोपेर राजनिति गरिरहेको जिकिर गर्नुभयो । देशमा जातीय भिडन्त गर्ने योजना प्रचण्डले बनाएको भन्दै सबै जाती यसमा चनाखो बन्नुपर्ने बताउनुभयो ।

एमाले कपिलवस्तुका अध्यक्ष तथा संघर्ष समिती कपिलवस्तुका संयोजक झविलाल पोख्रेलले सत्तारुढ दल भारतीय इसारामा चलेकोले प्रदेश विभाजन गर्न थालेको बताउनुभयो । अखण्ड पाच नम्बर प्रदेश कायम राख्न आफुहरु जुनसुकै आन्दोलन गर्न तयार रहेको उहाले स्पष्ट पार्नुभयो । 

नेविसंघ महाधिवेशन प्रतिनिधि रुपकराज खनालको सञ्चालनमा भएको कार्यक्रममा नेपाल महिला संघ रोल्पाकि सभापति पुष्पा श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका नेता हिमलाल वाग्ले, नेकपा मसाल प्युठानका प्रबक्ता तिलक बिसी, नेपाली कांग्रेसका रुक बहादुर भुषाल लगायतले बोल्दै प्रचण्ड सरकार विदेशी इसारामा चलेको बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल