माघ १, धनगढी । सुदूरपश्चिमका प्यारालिगलद्वारा धनगढीमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । 

दिगो विकास लक्ष्य–१६ (न्यायमा पहुँच) द्वा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १, धनगढी । सुदूरपश्चिमका प्यारालिगलद्वारा धनगढीमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । 

दिगो विकास लक्ष्य–१६ (न्यायमा पहुँच) द्वा"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

‘कानूनद्वारा सामाजिक क्रान्ति’ आजको आवश्यकता

१ माघ २०७३, शनिबार ०९:३४


माघ १, धनगढी । सुदूरपश्चिमका प्यारालिगलद्वारा धनगढीमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । 

दिगो विकास लक्ष्य–१६ (न्यायमा पहुँच) द्वारा समाज रुपान्तरण विषयक उक्त कार्यक्रममा बोल्दै ल्यानकाउ नेपालका कार्यकारी निर्देशक प्रभाकर बागचन्दले नेपालमा कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा रुढीग्रस्त सोच बदल्न नसकिएको भन्दै कानूनको ज्ञान, प्रयोग र निर्माणले सामाजिक क्रान्ति हुनु पर्ने बताए । 

हिंसाले ल्याएको परिवर्तनले कानूनी राज्यको स्थापना हुन नसकेको बताउँदै कानूनद्वारा सोच परिवर्तन गर्नु पर्ने बताए । सोच परिवर्तन नै सब भन्दा ठुलो क्रान्ति भएको उनले बताए । कार्यकारी निर्देशक बागचन्दले आगामी वर्ष ल्यानकाउले १०० जना स्वास्थ्यकर्मी, शिक्षा र भूमि अधिकारकर्मीलाई प्यारालिगल प्रशिक्षण दिने लक्ष्य लिएको बताए । 

सो कार्यक्रममा बोल्दै ल्यानकाउ नेपालका प्यारालिगल अमृत बि.सी. ले प्यारालिगलबाट कानूनको ज्ञान पाएपछि दलित महिलाहरु आफ्नो अधिकार लागि आफै सक्रिय भएको बताए । शौचालय निर्माण गरेर स्वास्थ्यको विकास सँगसँगै आर्थिक विकास गर्न सफल भएको उनले बताए ।

कानूनको सचेतनाद्वारा दलित, गैर दलित एकता पनि सुदृढ भएको उनले बताए । अन्तरक्रियामा भाग लिंदै कैलालीका विभिन्न क्लेजका विद्यार्थीहरुले प्यारालिगलको रुपमा स्वयम् सेवक भई काम गर्न प्रतिबद्धता गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह