कमल रावल/माघ २, अछाम । राष्ट्रिय योग दिवस अछाममा पनि मनाईएको छ । 

पंतञ्जली योग समितीका सेती अञ्चल युवा प्रभारी तथा अछामका कार्यबाहक अध्यक्ष य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/माघ २, अछाम । राष्ट्रिय योग दिवस अछाममा पनि मनाईएको छ । 

पंतञ्जली योग समितीका सेती अञ्चल युवा प्रभारी तथा अछामका कार्यबाहक अध्यक्ष य"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

राष्ट्रिय योग दिवस अछाममा पनि मनाईयो

२ माघ २०७३, आईतवार ०२:२६


कमल रावल/माघ २, अछाम । राष्ट्रिय योग दिवस अछाममा पनि मनाईएको छ । 

पंतञ्जली योग समितीका सेती अञ्चल युवा प्रभारी तथा अछामका कार्यबाहक अध्यक्ष योग यात्री योग गुरु बिष्णु बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला न्यायधिश हरि प्रसाद शर्मा, उपाध्याय, पंगेनीको प्रमुख आतिथ्यमा भएको हो । 

कार्यक्रममा बोल्दै न्यायधिश पंगेनिले योग, आयुर्वेद तथा प्राकृतिक चिकित्साको बिषयमा जान्न र बुझन सके स्वास्थ्यमा फाईदा हुने बताउनु भयो । नियमित योग तथा आयुर्वेद औषधिको प्रयोगले मानिस जहिले पनि स्वस्थ्य हुने भएकाले यसमा सबै ध्यान जानु पर्नेमा उहाँको जोड रहेको थियो । 

कार्यक्रमका बिशिष्ट अतिथी अछामका प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मा तिमिल्सैनाले योगलाई अछाम जिल्ला भरि फैलाउन सबै एक जुट हुनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा अछामका प्रहरी प्रमुख निरञ्जन दत्त भट्ट, आयुर्वेद कार्यालयका प्रमुख उमेश कुमार शाह, एमाले जिल्ला कमिटी सदस्य नमराज न्यौपाने, क्रान्तिकारी माओबादिका काशीराम जैसि, अन्तरपार्टी महिला संजालका अध्यक्ष सरस्वती रावल, पत्रकार महासंघका सचिव शिवराज ढुंगाना,  जिबिस अछामका सामाजिक बिकास अधिकृत खडक बिष्ट, महिला बिकास अधिकृत भगवती अर्याल लगाएत जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिको सहभागीता रहेको थियो । 

कार्यक्रमका अध्यक्ष पंतजली योग समितिका सेती अञ्चल युवा प्रभारी तथा अछामका कार्यबाहक अध्यक्ष योग यात्री योग गुरु बिष्णु बहादुर खड्काले योग, आयुर्वेद तथा प्राकृतिक चिकित्साको बिषयमा प्रशिक्षण तथा प्रवचन दिनु भएको छ । 

साथै प्रज्वलिका र ऋषि मुनिको फोटोमा माल्यार्पण गरिएको थियो । कार्यक्रमको सञ्चालन युवा प्रभारि जय बहादुर बोगटीले गर्नु भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह