अर्जुन बराल | माघ २, दक्षिण कोरिया | रोजगार प्रक्रिया प्रणालीको माध्यमबाट बिश्वका पन्ध्र राष्ट्रबाट आप्रबासी कामदारलाई भित्राउँदै आएको दक्षिण कोरिया सरकारको बिदे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अर्जुन बराल | माघ २, दक्षिण कोरिया | रोजगार प्रक्रिया प्रणालीको माध्यमबाट बिश्वका पन्ध्र राष्ट्रबाट आप्रबासी कामदारलाई भित्राउँदै आएको दक्षिण कोरिया सरकारको बिदे"/>
२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियाद्वारा रोजगारीको लागि यस बर्ष ५६ हजार कोटा निर्धारण

२ माघ २०७३, आईतवार ०७:०३

अर्जुन बराल | माघ २, दक्षिण कोरिया | रोजगार प्रक्रिया प्रणालीको माध्यमबाट बिश्वका पन्ध्र राष्ट्रबाट आप्रबासी कामदारलाई भित्राउँदै आएको दक्षिण कोरिया सरकारको बिदेशी कामदार संङख्या निर्णाधरण समितिको २४ औ बैठकको निर्णय अनुसार सन् २०१७ को लागि कुल ५६ h००० कामदारको कोटा निर्धारण गरेको छ । 

सन् २०१५ मा कुल ४२ हजार ४ सय मध्ये नयाँ कामदारका लागि ३२ हजार ८ सय ९० र बाँकी कोटा कोरियाको बैधानिक भिषा पुरा गरि स्वदेश फिर्ता भएका र पूनः कोरिया आउँन चाहनेका निम्ति भन्दै ९,५१० छुट्टाएकोमा यसलाई बृद्धि गरि सन् २०१६ का निम्ति नयाँ कामदार ४५ हजार र पूनः कोरिया आउँन चाहनेको निम्ति १३ हजार सहित कुल ५८ हजार कोटा निर्णारण गरेकोमा सन् २०१७ का लागि पूनः कोरिया प्रबेश गर्न चाहनेको कोटा संङख्यामा गत बर्षकै यथावत कायम गरेको छ भने नयाँ कामदारका निम्ति यसबर्षमा गतबर्षको श्रमकोटा भन्दा दुई हजारले कम गरि ४३ हजार सहित कुल ५६ हजार मात्र कायम गरेको छ । त्यस्तै सन् २०१३ बाट अबैधानिक रुपबाट कोरियामा भियतनामी कामदारको संङख्या बृद्धिको कारण देखाउँदै भियतनाममा कोरियन भाषा परिक्षा बन्द गरिएकोमा सन् २०१७ बाट पुनः सुचारु गरिने भएको छ । यसबाट नेपाल लगायत अन्य राष्ट्रको श्रमकोटाको संङख्यामा कटौती हुँने देखिएको छ ।

सन् २०१६ मा कोरियाली उत्पादन बस्तुको खपतमा कमि,जहाज निर्माण एंवम ढुवानी ब्यबस्थाको अबस्था दयनिय लगायतका कारणबाट कोरियाको श्रमबजारमा श्रमीकको माग कम हुँदै गएकाले श्रमकोटाको संङख्या बृद्धि गर्न नसकिएको र अर्थबजारमा केहि सुधार हुँने बित्तिकै अर्को बर्ष श्रमकोटा बढाउँन सकिने रोजगार तथा श्रम मन्त्रालयले बताएको छ ।

सन् २०१७ का निम्ति निर्धारण गरिएको कुल कोटा मध्ये उत्पादनमुलक क्षेत्र अन्तर्गत जनवरी, अप्रिल, जुलार्ई र अक्टोबर महिनामा रोजगारदाताले आफुलाई चाहिने कामदार निर्धारण गरिनुका साथसाथै सेवामुलकमा जनवरी, कृषि र पशुपालन क्षेत्रमा जनवरी, अप्रिल, जुलाइ र अक्टोबर, मत्स्यपालन क्षेत्रमा जनवरी भने निर्माण क्षेत्रमा अप्रिल र जुलाईसम्ममा रोजगारदाताले आफुलाई आबश्यक कामदार कोटा निर्धारण गर्न सक्नेछन् ।

यस्तै सन् २०१७ का निम्ति कोरिया पूनः प्र्रबेश गर्न पाउँने कम्प्युटरमा आधारित परिक्षालाई(सिबिटि) रोजगार प्रक्रिया प्र्रणाली अवलम्बन गरेका पन्ध्र राष्ट्रमा श्रमकोटा अभाबका कारण मानव संसाधन बिभागले स्थगित गरेको छ जसले गर्दा सन् २०१२ मा कोरिया सरकारले निर्धारण गरि कोरिया लगेका अनुमानीत ६०,००० कामदार सन् २०१७ को अन्त्यसम्म स्वदेश फर्किएतापनि पूनः कोरिया फर्कन चाँहने कामदारले सिबिटि परिक्षामा उपस्थिती जनाउँने सम्भाबना ज्यादै कम हुँनुको साथै प्रतिष्पर्धा तिब्र हुँने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान