अर्जुन बराल | माघ २, दक्षिण कोरिया | रोजगार प्रक्रिया प्रणालीको माध्यमबाट बिश्वका पन्ध्र राष्ट्रबाट आप्रबासी कामदारलाई भित्राउँदै आएको दक्षिण कोरिया सरकारको बिदे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अर्जुन बराल | माघ २, दक्षिण कोरिया | रोजगार प्रक्रिया प्रणालीको माध्यमबाट बिश्वका पन्ध्र राष्ट्रबाट आप्रबासी कामदारलाई भित्राउँदै आएको दक्षिण कोरिया सरकारको बिदे"/>
२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियाद्वारा रोजगारीको लागि यस बर्ष ५६ हजार कोटा निर्धारण

२०७३, २ माघ आईतवार ०७:०३

अर्जुन बराल | माघ २, दक्षिण कोरिया | रोजगार प्रक्रिया प्रणालीको माध्यमबाट बिश्वका पन्ध्र राष्ट्रबाट आप्रबासी कामदारलाई भित्राउँदै आएको दक्षिण कोरिया सरकारको बिदेशी कामदार संङख्या निर्णाधरण समितिको २४ औ बैठकको निर्णय अनुसार सन् २०१७ को लागि कुल ५६ h००० कामदारको कोटा निर्धारण गरेको छ । 

सन् २०१५ मा कुल ४२ हजार ४ सय मध्ये नयाँ कामदारका लागि ३२ हजार ८ सय ९० र बाँकी कोटा कोरियाको बैधानिक भिषा पुरा गरि स्वदेश फिर्ता भएका र पूनः कोरिया आउँन चाहनेका निम्ति भन्दै ९,५१० छुट्टाएकोमा यसलाई बृद्धि गरि सन् २०१६ का निम्ति नयाँ कामदार ४५ हजार र पूनः कोरिया आउँन चाहनेको निम्ति १३ हजार सहित कुल ५८ हजार कोटा निर्णारण गरेकोमा सन् २०१७ का लागि पूनः कोरिया प्रबेश गर्न चाहनेको कोटा संङख्यामा गत बर्षकै यथावत कायम गरेको छ भने नयाँ कामदारका निम्ति यसबर्षमा गतबर्षको श्रमकोटा भन्दा दुई हजारले कम गरि ४३ हजार सहित कुल ५६ हजार मात्र कायम गरेको छ । त्यस्तै सन् २०१३ बाट अबैधानिक रुपबाट कोरियामा भियतनामी कामदारको संङख्या बृद्धिको कारण देखाउँदै भियतनाममा कोरियन भाषा परिक्षा बन्द गरिएकोमा सन् २०१७ बाट पुनः सुचारु गरिने भएको छ । यसबाट नेपाल लगायत अन्य राष्ट्रको श्रमकोटाको संङख्यामा कटौती हुँने देखिएको छ ।

सन् २०१६ मा कोरियाली उत्पादन बस्तुको खपतमा कमि,जहाज निर्माण एंवम ढुवानी ब्यबस्थाको अबस्था दयनिय लगायतका कारणबाट कोरियाको श्रमबजारमा श्रमीकको माग कम हुँदै गएकाले श्रमकोटाको संङख्या बृद्धि गर्न नसकिएको र अर्थबजारमा केहि सुधार हुँने बित्तिकै अर्को बर्ष श्रमकोटा बढाउँन सकिने रोजगार तथा श्रम मन्त्रालयले बताएको छ ।

सन् २०१७ का निम्ति निर्धारण गरिएको कुल कोटा मध्ये उत्पादनमुलक क्षेत्र अन्तर्गत जनवरी, अप्रिल, जुलार्ई र अक्टोबर महिनामा रोजगारदाताले आफुलाई चाहिने कामदार निर्धारण गरिनुका साथसाथै सेवामुलकमा जनवरी, कृषि र पशुपालन क्षेत्रमा जनवरी, अप्रिल, जुलाइ र अक्टोबर, मत्स्यपालन क्षेत्रमा जनवरी भने निर्माण क्षेत्रमा अप्रिल र जुलाईसम्ममा रोजगारदाताले आफुलाई आबश्यक कामदार कोटा निर्धारण गर्न सक्नेछन् ।

यस्तै सन् २०१७ का निम्ति कोरिया पूनः प्र्रबेश गर्न पाउँने कम्प्युटरमा आधारित परिक्षालाई(सिबिटि) रोजगार प्रक्रिया प्र्रणाली अवलम्बन गरेका पन्ध्र राष्ट्रमा श्रमकोटा अभाबका कारण मानव संसाधन बिभागले स्थगित गरेको छ जसले गर्दा सन् २०१२ मा कोरिया सरकारले निर्धारण गरि कोरिया लगेका अनुमानीत ६०,००० कामदार सन् २०१७ को अन्त्यसम्म स्वदेश फर्किएतापनि पूनः कोरिया फर्कन चाँहने कामदारले सिबिटि परिक्षामा उपस्थिती जनाउँने सम्भाबना ज्यादै कम हुँनुको साथै प्रतिष्पर्धा तिब्र हुँने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो