माघ २, पथरी (मोरङ) | न उहाँ साधु न त कमजोर आर्थिक अवस्थाको व्यक्ति तर पनि मोरङको बेलबारी–११ का लीलाप्रसाद चौधरी त्रेता युगमा जस्तै खराउ लगाएर ठमठम हिँड्नुहुन्छ । <"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २, पथरी (मोरङ) | न उहाँ साधु न त कमजोर आर्थिक अवस्थाको व्यक्ति तर पनि मोरङको बेलबारी–११ का लीलाप्रसाद चौधरी त्रेता युगमा जस्तै खराउ लगाएर ठमठम हिँड्नुहुन्छ । <"/>
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

त्रिचालीस वर्षदेखि खराउकै भर

२०७३, २ माघ आईतवार ०७:२५

माघ २, पथरी (मोरङ) | न उहाँ साधु न त कमजोर आर्थिक अवस्थाको व्यक्ति तर पनि मोरङको बेलबारी–११ का लीलाप्रसाद चौधरी त्रेता युगमा जस्तै खराउ लगाएर ठमठम हिँड्नुहुन्छ । 

बाहुनीको जनता उच्च माविमा ३२ वर्ष लेखापालको जागिर गरेर सेवा निवृत्त हुनुभएका चौधरीलाई पैसाको अभाव हुने कुरै भएन, तर पनि ६६ वर्षीय चौधरीका खुट्टामा खराउ देख्दा जो कोही एक छिन टक्क उभिएर हेर्ने गर्छन् । 

लीला सरको खुट्टामा खराउ परेको ४३ वर्ष भयो । किन खराउ लगाउनुभयो ? भन्ने जिज्ञासामा उहाँले भन्नुभयो – “२२ वर्षको उमेरमा दाहिनेपट्टि हर्निया निस्कियो । २०३० सालमा नेपालमा उपचार गर्न सम्भव नै थिएन । भारतसम्म पुग्ने आर्थिक हैषियत भएन । त्यसैबेला एकजना साधुले उहाँलाई खराउ लगाउन सुझाव दिनुभयो । उति बेला खाली खुट्टा नै हिँड्ने समय थियो । गाउँमा इने गिनेले मात्र खुट्टामा जुत्ता चप्पल लगाउँथे ।” 

साधुले भनेअनुसार लीलाले गाउँको सिकर्मीलाई खराउ बनाउन लगाउनुभयो । सिमलको रुखको काठ खोपेर खुट्टाको बूढी र माइली औँलाले च्याप्ने गरी टुसो निकालेर खराउ बनाउन लगाउनुभयो । सुरुमा अप्ठ्यारो भयो । तर, हर्नियाका बिरामी लीलालाई हर्नियाबाट मुक्त हुनु थियो । त्यसैले उहाँले दैनिक औँलाको बीचबाट रगत चुहाउँदै पनि १९ महिना खराउ लगाउनुभयो । १९ महिनामा हर्निया आफैँ हरायो । त्यसयता लीलालाई हर्नियाले दुःख दिएको छैन । उहाँ भन्नुहुन्छ – “मलाई खराउ सञ्जीवनी बुटी जस्तै भयो ।” उहाँले खराउ लगाउन छोड्नुभएको छैन । अचेल धेरैले उहाँलाई अब त के खराउ लगाउँछौँ भनेर नलगाउन सुझाव दिन्छन् । तर लीला नातागोता र इष्टमित्रका कुरामा लाग्नु भएको छैन । 

युग जतिसुकै आधुनिक भए पनि पूर्वीय शास्त्रमा सबै रोगको उपचार गर्ने पद्दति भएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ – “अहिले खराउ बनाइदिने सिकर्मी पाइँदैनन्, त्यसैले आफँै बनाएर लगाउँछु । अब त उहाँको नाम नै खराउ सर भइसकेको छ । सबैले लीलाभन्दा पनि खराउ सर भनेर चिन्छन् ।” उहाँले थप्नुभयो – “जे भने पनि म सन्तुष्ट छु, त्रेता युगको चप्पल अझै जोगाएको छु । मेरो फाइदाका लागि हो ।” रासस   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै