माघ २, पथरी (मोरङ) | न उहाँ साधु न त कमजोर आर्थिक अवस्थाको व्यक्ति तर पनि मोरङको बेलबारी–११ का लीलाप्रसाद चौधरी त्रेता युगमा जस्तै खराउ लगाएर ठमठम हिँड्नुहुन्छ । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २, पथरी (मोरङ) | न उहाँ साधु न त कमजोर आर्थिक अवस्थाको व्यक्ति तर पनि मोरङको बेलबारी–११ का लीलाप्रसाद चौधरी त्रेता युगमा जस्तै खराउ लगाएर ठमठम हिँड्नुहुन्छ । <"/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

त्रिचालीस वर्षदेखि खराउकै भर

२ माघ २०७३, आईतवार ०७:२५

माघ २, पथरी (मोरङ) | न उहाँ साधु न त कमजोर आर्थिक अवस्थाको व्यक्ति तर पनि मोरङको बेलबारी–११ का लीलाप्रसाद चौधरी त्रेता युगमा जस्तै खराउ लगाएर ठमठम हिँड्नुहुन्छ । 

बाहुनीको जनता उच्च माविमा ३२ वर्ष लेखापालको जागिर गरेर सेवा निवृत्त हुनुभएका चौधरीलाई पैसाको अभाव हुने कुरै भएन, तर पनि ६६ वर्षीय चौधरीका खुट्टामा खराउ देख्दा जो कोही एक छिन टक्क उभिएर हेर्ने गर्छन् । 

लीला सरको खुट्टामा खराउ परेको ४३ वर्ष भयो । किन खराउ लगाउनुभयो ? भन्ने जिज्ञासामा उहाँले भन्नुभयो – “२२ वर्षको उमेरमा दाहिनेपट्टि हर्निया निस्कियो । २०३० सालमा नेपालमा उपचार गर्न सम्भव नै थिएन । भारतसम्म पुग्ने आर्थिक हैषियत भएन । त्यसैबेला एकजना साधुले उहाँलाई खराउ लगाउन सुझाव दिनुभयो । उति बेला खाली खुट्टा नै हिँड्ने समय थियो । गाउँमा इने गिनेले मात्र खुट्टामा जुत्ता चप्पल लगाउँथे ।” 

साधुले भनेअनुसार लीलाले गाउँको सिकर्मीलाई खराउ बनाउन लगाउनुभयो । सिमलको रुखको काठ खोपेर खुट्टाको बूढी र माइली औँलाले च्याप्ने गरी टुसो निकालेर खराउ बनाउन लगाउनुभयो । सुरुमा अप्ठ्यारो भयो । तर, हर्नियाका बिरामी लीलालाई हर्नियाबाट मुक्त हुनु थियो । त्यसैले उहाँले दैनिक औँलाको बीचबाट रगत चुहाउँदै पनि १९ महिना खराउ लगाउनुभयो । १९ महिनामा हर्निया आफैँ हरायो । त्यसयता लीलालाई हर्नियाले दुःख दिएको छैन । उहाँ भन्नुहुन्छ – “मलाई खराउ सञ्जीवनी बुटी जस्तै भयो ।” उहाँले खराउ लगाउन छोड्नुभएको छैन । अचेल धेरैले उहाँलाई अब त के खराउ लगाउँछौँ भनेर नलगाउन सुझाव दिन्छन् । तर लीला नातागोता र इष्टमित्रका कुरामा लाग्नु भएको छैन । 

युग जतिसुकै आधुनिक भए पनि पूर्वीय शास्त्रमा सबै रोगको उपचार गर्ने पद्दति भएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ – “अहिले खराउ बनाइदिने सिकर्मी पाइँदैनन्, त्यसैले आफँै बनाएर लगाउँछु । अब त उहाँको नाम नै खराउ सर भइसकेको छ । सबैले लीलाभन्दा पनि खराउ सर भनेर चिन्छन् ।” उहाँले थप्नुभयो – “जे भने पनि म सन्तुष्ट छु, त्रेता युगको चप्पल अझै जोगाएको छु । मेरो फाइदाका लागि हो ।” रासस   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह