पर्वत । प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिरमा आ।ब ०७३।७४ को पहिलो छ महिनामा जम्मा रु ४६ लाख ९८ हजार ८ सय १२ रुपैयां  संकलन भएको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिरमा आ।ब ०७३।७४ को पहिलो छ महिनामा जम्मा रु ४६ लाख ९८ हजार ८ सय १२ रुपैयां  संकलन भएको छ । 

2026-07-11 02:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालिका मन्दिरमा ६ महिनामा ४७ लाख भेटी

2017-01-15

पर्वत । प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिरमा आ।ब ०७३।७४ को पहिलो छ महिनामा जम्मा रु ४६ लाख ९८ हजार ८ सय १२ रुपैयां  संकलन भएको छ । 

यो रकम गत आ।ब।को तुलनामा ७ लाख ५६ हजार ४ सय २६ रुपैयांले बढी हो । ०७२।७३ को पहिलो छ महिनामा ३९ लाख ४२ हजार ३ सय ८६ रुपैयां जम्मा भएको थियो ।  यो छ महिनामा ९     सय ९ बोका, १ हजार १ सय ४५ कुखुरा, २८ रांगो, ७ सुंगुर बलि दिइएको थियो ।

 भक्तजन एवं दर्शनार्थिहरुले मनोकामना पुरा होस भनी ३ हजार ५ सय ३९ जोडी    परेवा मन्दिरबाट खरिद गरेर उडाएका थिए भने ४ सय ५४ पाथि ३ माना चामल बिक्रिबाट जम्मा भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले जानकारी   दिए ।


यो आ।बको श्रावण महिनामा २ लाख ९७ हजार ७ सय ३४ रुपैयां, भाद्र महिनामा ४ लाख ८७ हजार ६ सय ३० रुपैयां, असोज महिनामा १८ लाख ७५ हजार ९१ रुपैयां, कात्तिक महिनामा ६ लाख १९ हजार १ सय ३२ रुपैयां, मंसिर महिनामा ८ लाख ६४ हजार ४ सय ४७ रुपैयां तथा पौष महिनामा ५ लाख ५४ हजार ७ सय ७८ रुपैयां जम्मा भएको थियो ।

यसै गरी पौष महिनामा संकलित आयस्था बिवरण अनुसार भेटी २ लाख ९६ हजार १ सय ९५ रुपैयां, बोका मुढ ९९ बिक्रिबाट ७० हजार ७ सय ६० रुपैयां, परेवा बिक्रि ४ सय १२ जोडीबाट १ लाख ६४ हजार ८ सय रुपैयां, कुखुरा मुढ बिक्रि १ सय १० बाट ४ हजार ४ सय ७५ रुपैयां संकलन भएको थियो ।


त्यसैगरी रांगो मुढ बिक्रि २ बाट ८ सय ६० रुपैयां, हासं मुढ विक्रि ७ बाट २ सय २५ रुपैयां, चामल बिक्रि ५५ पाथि ३ मानाबाट ११ हजार ७५ रुपैयां, आर्थिक सहयोग १४ जनाबाट २ हजार १ सय २८ रुपैयां तथा अन्य आम्दानी ५ हजार ९ सय २५ रुपैया जम्मा भएको गुठी संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट