माघ २, बिर्तामोड । १९औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइरहेका बेला बिर्तामोडस्थित कञ्चनजंघा हस्पिटलले भूकम्प प्रतिरोधी क्षमताको भवन निर्माणलाई तीब्रता दिए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ २, बिर्तामोड । १९औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइरहेका बेला बिर्तामोडस्थित कञ्चनजंघा हस्पिटलले भूकम्प प्रतिरोधी क्षमताको भवन निर्माणलाई तीब्रता दिए"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

झापास्थित कञ्चनजंघा हस्पिटलद्वारा भूकम्प प्रतिरोधी भवन बनाउदै

२ माघ २०७३, आईतवार १०:५९


माघ २, बिर्तामोड । १९औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइरहेका बेला बिर्तामोडस्थित कञ्चनजंघा हस्पिटलले भूकम्प प्रतिरोधी क्षमताको भवन निर्माणलाई तीब्रता दिएको छ ।

बिर्तामोड–९ सैनिकमोड स्थित दुई विगाह क्षेत्रफल जग्गामा कञ्चनजंघा हस्पिटलले अहिले एक सय वेड क्षमताको हस्पिटल निर्माण गरिरहेको छ । 

भूकम्प सुरक्षा दिवसको अवसरमा भएको छलफलमा हस्पिटलका मेडिकल डाइरेक्टर डा. सीपी यादवले २५ करोड रुपैयाँको लागतमा निर्माण हुने हस्पिटलको भूकम्प प्रतिरोधी ‘¥याफ्ट कंक्रिटिङ (फाउण्डेशन)’को काम भइरहेको जानकारी दिए । 

हस्पिटलका अर्का सञ्चालक डा. नित्यप्रसाद(एनपी) खनालका अनुसार ४ जना अनुभवी इञ्जिनियरको प्रत्यक्ष निगरानीमा हस्पिटलको भवन निर्माण भइरहेको छ । ०७२ बैशाखको शक्तिशाली भूकम्पपछि भूकम्प प्रतिरोधी मापदण्ड पूरा गरी बन्दै गरेको झापाको पहिलो भवन कञ्चनजंघा हस्पिटलको भएको इञ्जिनियर नितेष कोइराला बताउँछन् । 

उनीसहित हस्पिटलको तर्फबाट इञ्जिनियर सपोज घिमिरे र निर्माण कम्पनीको तर्फबाट इञ्जिनियरहरु प्रभात मिश्र र रामबाबु यादव प्रत्यक्ष निगरानीका लागि खटिएका छन् । काठमाडौंको इजी इन्फ्र प्रालिले हस्पिटलको निर्माण कार्यको जिम्मेवारी लिएको छ ।

भूकम्पका कारण घर भवन भत्किएर धेरै मानिसको ज्यान गइरहेका बेला हरेक सार्वजनिक तथा निजी घर भवन भूकम्प प्रतिरोधी क्षमताका बनाइनु पर्नेमा हस्पिटलका मेडिकल डाइरेक्टर डा. सीपीको जोड छ । भूकम्प प्रतिरोधी मापदण्ड अपनाएर भइरहेको कञ्चनजंघा हस्पिडलको भवन निर्माण कार्यको अवलोकन गरिदिन डा.सीपी र डा. नित्यप्रसादले सरोकारवाला सवैमा आग्रह पनि गरेका छन् ।

भूकम्प प्रतिरोधका लागि हस्पिटलको माटोमुनिको भागमा तीन तह ८ सुते रड विछ्याएर अढाईफिट मोटो ढलान गरिएको र त्यसमाथि चार फिटसम्म माटोले पुरेर ग्राउण्ड लेभल कायम गरिने इञ्जिनियरले बताएका छन् । 

दुईवटा ब्लकमा निर्माण भइरहेको भवन २४ सय स्क्वायरफिटको रहने र दुई/दुई फिट मोटाइ चौडाईका ९६ वटा पिलर रहने बताइएको  छ । लिफ्ट सुविधासहितको भवन १० तलासम्म निर्माण गर्ने क्षमता भए पनि ५ तला मात्र निर्माण गरिने बताइएको छ । हस्पिटलसँगै सो भवनमा स्वास्थ्यकर्मीका लागि आवश्यक युनिभर्सिटीस्तरका विभिन्न तालिम केन्द्रसहित स्थापना गरिने बताइएको छ ।  गौरावती राजवंशी, रामकुमार सिंह राजवंशी, डा. सीपी, डा. नित्यप्रसाद र धिरज थपलियाकोे साझेदारी रहेको कञ्चनजंघा हस्पिटल उक्त भवनमा ०७५ बैशाख १ गतेबाट सञ्चालनमा आउने बताइएको छ ।

उक्त हस्पिटल हाल बिर्तामोड–१ मा सञ्चालनमा रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह