कमल रावल/माघ ३, अछाम । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिती अछामका अध्यक्ष नर बहादुर रावलले शिक्षा बिना मानवको जिवन नै अधुरो हुने भएकाले प्रत्येक वालवा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/माघ ३, अछाम । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिती अछामका अध्यक्ष नर बहादुर रावलले शिक्षा बिना मानवको जिवन नै अधुरो हुने भएकाले प्रत्येक वालवा"/>

२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

वालवालिकालाई शिक्षा दिन अभिभावक अग्रसर हुनुपर्छ: अध्यक्ष रावल

२०७३, ३ माघ सोमबार ०५:५७


कमल रावल/माघ ३, अछाम । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिती अछामका अध्यक्ष नर बहादुर रावलले शिक्षा बिना मानवको जिवन नै अधुरो हुने भएकाले प्रत्येक वालवालिकालाई शिक्षाको उज्यालो घाम तिर अग्रसर गराउन अभिभावक अग्रसर हुनु पर्ने बताउनु भयो । 

शैक्षिक गुणस्तर खस्कनुमा जहिले पनि अभिभावकले शिक्षकलाई दोष दिने गरेकाले यसमा समग्र अभिभावक, शिक्षक, विद्यार्थि तिनै पक्षको गल्ती भएकाले आगामि दिनमा सबै गुणस्तर बृद्धिका लागि सबै एकजुट भएर लाग्नु पर्ने बताउनु भयो ।

अछाम जिल्लाको मंगलसेन नगरपालीका वडा नम्बर ९ ओलिगाउमा रहेको कालि सामुदायिक प्राविको वार्षिक अभिभावक भेलामा प्रमुख अतिथीको आशनबाट बोल्दै रावलले शिक्षाको गुणस्तर बृद्धिका लागि आफनो संगठनले जहिले ठोस कार्य योजना निर्माण गर्दै अभियानका साथ अघि बढिरहेकाले संगठन प्रति आस्थावान शिक्षकले त्यहि अनुसार अघि बढनु पर्ने बताउनु भयो । अशल विद्यार्थि निर्माण गर्न अभिभावक सँगै शिक्षकको पनी ठुलो जिम्मेवार भएकाले कुनै पनि शिक्षकलाई यो कार्य बाट पछि नहट्न आग्रह गरेका थिए । 

विद्यालय व्यवस्थापन समिती अध्यक्ष सर्प बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा अहिले सम्म विद्यालयले प्रगती गरेको शैक्षिक तथा अभावक रहेको भौतिक अबस्था, आर्थिक अबस्थाको सहितको प्रतिबेदन प्रधानाध्यापक चन्द्र बोहराले प्रस्तुत गर्नु भएको थियो । 

भेलाबाट पुनह सर्प बहादुर बोहराको अध्यक्षतामा ९ जनाको विद्यालय व्यवस्थापन समिती र नयन सिंह बोहराको अध्यक्षतामा ९ जनाको शिक्षक अभिभावक संघ गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ