कमल रावल/माघ ३, अछाम । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिती अछामका अध्यक्ष नर बहादुर रावलले शिक्षा बिना मानवको जिवन नै अधुरो हुने भएकाले प्रत्येक वालवा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/माघ ३, अछाम । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिती अछामका अध्यक्ष नर बहादुर रावलले शिक्षा बिना मानवको जिवन नै अधुरो हुने भएकाले प्रत्येक वालवा"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

वालवालिकालाई शिक्षा दिन अभिभावक अग्रसर हुनुपर्छ: अध्यक्ष रावल

३ माघ २०७३, सोमबार ०५:५७


कमल रावल/माघ ३, अछाम । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिती अछामका अध्यक्ष नर बहादुर रावलले शिक्षा बिना मानवको जिवन नै अधुरो हुने भएकाले प्रत्येक वालवालिकालाई शिक्षाको उज्यालो घाम तिर अग्रसर गराउन अभिभावक अग्रसर हुनु पर्ने बताउनु भयो । 

शैक्षिक गुणस्तर खस्कनुमा जहिले पनि अभिभावकले शिक्षकलाई दोष दिने गरेकाले यसमा समग्र अभिभावक, शिक्षक, विद्यार्थि तिनै पक्षको गल्ती भएकाले आगामि दिनमा सबै गुणस्तर बृद्धिका लागि सबै एकजुट भएर लाग्नु पर्ने बताउनु भयो ।

अछाम जिल्लाको मंगलसेन नगरपालीका वडा नम्बर ९ ओलिगाउमा रहेको कालि सामुदायिक प्राविको वार्षिक अभिभावक भेलामा प्रमुख अतिथीको आशनबाट बोल्दै रावलले शिक्षाको गुणस्तर बृद्धिका लागि आफनो संगठनले जहिले ठोस कार्य योजना निर्माण गर्दै अभियानका साथ अघि बढिरहेकाले संगठन प्रति आस्थावान शिक्षकले त्यहि अनुसार अघि बढनु पर्ने बताउनु भयो । अशल विद्यार्थि निर्माण गर्न अभिभावक सँगै शिक्षकको पनी ठुलो जिम्मेवार भएकाले कुनै पनि शिक्षकलाई यो कार्य बाट पछि नहट्न आग्रह गरेका थिए । 

विद्यालय व्यवस्थापन समिती अध्यक्ष सर्प बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा अहिले सम्म विद्यालयले प्रगती गरेको शैक्षिक तथा अभावक रहेको भौतिक अबस्था, आर्थिक अबस्थाको सहितको प्रतिबेदन प्रधानाध्यापक चन्द्र बोहराले प्रस्तुत गर्नु भएको थियो । 

भेलाबाट पुनह सर्प बहादुर बोहराको अध्यक्षतामा ९ जनाको विद्यालय व्यवस्थापन समिती र नयन सिंह बोहराको अध्यक्षतामा ९ जनाको शिक्षक अभिभावक संघ गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह