2026-09-19 02:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दोलखाका छ गाविसमा अनुदान सम्झौता पूरा

माघ ४, दोलखा । यहाँका छ गाविसका सम्पूर्ण भूकम्पपीडितसँग अनुदान सम्झौताको काम सकिएको छ । 

जिविस दोलखाका सूचना अधिकृत विक्रम कार्कीका अनुसार िगौरीशङ्कर, लादुक, ओराङ, बाबरे, लापिलाङ र सहरे गाविसका सम्पूर्ण पीडितसँग अनुदान सम्झौताको काम सकिएको हो । गौरीशङ्करका लाभग्राही सूचीमा नाम समावेश भएका करिब तीन सय ७१ घरधुरीमध्ये सबै घरधुरीले अनुदान सम्झौता गरेको कार्कीले बताउनुभयो । 

यसैगरी लादुकमा करिब एक हजार २५ घरधुरी रहेकामा सबैले अनुदान सम्झौता भइसकेको तथा ओराङमा रहेका चार सय ८६ घरधुरी रहेकामा ती सबैले अनुदान सम्झौता गरी पहिलो किस्ताको रकम बैंक खातामा निकासा गरिएको जिविस जनाएको छ । 

यसैगरी सहरेका आठ सय ६० घरधुरी र बाबरे गाविसका एक हजार ४५ घरधुरी र लापिलाङ गाविसका एक हजार ४१३ घरधुरीमध्ये सबै घरधुरीसँग अनुदान सम्झौताको काम सम्पन्न भएको जिविसले जनाएको छ । 

अनुदान सम्झौताको काम सुरु भएको दुई नगरपालिकासहित ४६ गाविसमध्ये छ गाविसमा मात्रै सम्पूर्ण पीडितसँग अनुदान सम्झौताको काम सकिएको हो । अन्य गाविसमा पनि अनुदान सम्झौताको काम करिब करिब अन्तिम चरणमा पुगेको तर कतिपय घरमूली जिल्ला बाहिर रहेकाको बाँकी रहेको बताइएको छ । 

एक सय आयोजना कार्यान्वयन 

हिमाली उपआयोजनाअन्तर्गत एक सय ४९ आयोजना सम्झौता भई कार्यान्वयन भइरहेका छन् । 

जिल्ला पशुसेवा कार्यालयका प्रमुख वरिष्ठ पशु विकास अधिकृत ज्ञानबहादुर थापाले ती आयोजनामध्ये सबैभन्दा बढी ४६ वटा बाख्रापालनसम्बन्धी उपआयोजना सञ्चालनमा रहेको बताउनुभयो । 

हिमाली आयोजनाका वरिष्ठ कार्यक्रम अधिकृत सन्ध्या न्यौपानेले विसं २०६७ । ६८ देखि सुरु भएको उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार आयोजना हिमाली आगामी वर्ष कात्तिकसम्म सञ्चालन हुने जानकारी दिनुभयो । 

आयोजनाको बजेट रु तीन अर्ब १४ करोड २८ लाख छ । हिमाली उपआयोजना व्यवसायीले उपआयोजनाबाट आफ्नो जीवनस्तर उकासिनाका साथै बेरोजगारलाई समेत रोजगारी दिन सफल भएको बताएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई