2026-07-11 04:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रामपुर महोत्सवमा पाँच करोडको कारोबार

2017-01-17

माघ ४, पाल्पा । प्रथम रामपुर महोत्सव तथा व्यापार मेलामा रु पाँच करोड ६५ लाख बराबरको कारोबार भएको छ । 

गत पुस २७ गतेदेखि सञ्चालन भएको मेलाको छैटौँ दिन सोमबारसम्म एक लाख दर्शकले मेला अवलोकन गरेका छन् । मेलामा अहिलेसम्म व्यापारिक कक्षबाट रु पाँच करोड २५ लाख, बाल उद्यान र होटेल तथा रेष्टुरेन्टबाट रु २०/२० लाख बराबरको आम्दानी भएको प्रचारप्रसार उपसमितिका सहसंयोजक छवि खनालले जानकारीदिनुभयो । 

मेला अवधिभर रु १० करोड बराबरको कारोबार तथा दुई लाख दर्शक भित्र्याउने लक्ष्य लिएको मूल आयोजक समितिका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले बताउनुभयो । मेलामा २०० व्यापारिक कक्ष, २६ वटा होटल तथा रेष्टुरेन्ट, चारवटा अटोमोबाइल्स र एउटा फोटो प्रदर्शनी रहेको छ । 

सोमबारबाट प्यारामोटर र हेलिकप्टर उडान सेवा सुरु गरिएपछि दर्शकको आकर्षण बढेको छ । मेलामा अस्ट्रिज चरा, उँट, रोटेपिङ, चर्खेपिङ, झुला, मौतका कुवा, फुच्चे रेल, ड्रागन रेल, फोटो र भिडियो प्रदर्शनी रहेको छ । दिनहुँ राष्ट्रिय तथा स्थानीय कलाकारको साङ्गीतिक प्रस्तुति, स्थानीय कला संस्कृतिले मेलाको रौनकता बढाएको छ । रामपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको मेला यही माघ ८ गतेसम्म चल्नेछ । 

तरकारी बेचेर एउटै याममा तीन लाख आम्दानी 

मेहनत र साहस गरियो भने छोराछोरीको उच्च शिक्षाका लागि जागिर खानु नै पर्छ भन्ने नभएको रामपुरका टिकादेवी भट्टराईको कामले देखाएको छ । सात वर्ष अगाडि छोराले एसएलसीमा राम्रो नतिजा ल्याएर उत्र्तीण भएपछि उहाँलाई खुसीसँगै छोराको उच्च शिक्षाको चिन्ताले सतायो । 

परिवारमा कमाउने कोही नहुँदा उहाँलाई छोराको इन्जिनियरिङ पढ्ने चाहना कसरी पूरा गर्ने भन्ने ठूलो समस्या प¥यो । तरकारी खेती गरेरै भए पनि छोराको पढ्ने रहर पूरा गर्ने अठोट गरेर उहाँले व्यवसाय सुरु गर्नुभयो । 

एक रोपनीबाट तरकारी खेती सुरु गर्नुभएका भट्टराईले मनग्य आम्दानी गर्न थालेपछि विस्तारै छ रोपनी जग्गामा तरकारी खेती विस्तार गर्नुभयो । तरकारीको उत्पादन बढ्दै गएपछि त्यसैको आम्दानीबाट उहाँले छोरालाई इन्जिनियरिङ शिक्षा पढाउँदै हुनुहुन्छ । 

बेमौसमी तथा मौसमी तरकारी लगाएर उहाँले एउटै याममा रु दुई लाखदेखि रु तीन लाखसम्म आम्दानी गरिरहनुभएको छ । उहाँ भन्नुहुन्छ – “छोराको पढ्ने इच्छा रोक्न पनि भएन, पढाउँ त कसरी भन्ने थियो”, “छोराको भविष्यकै लागि तरकारी लगाउन सुरु गरेर काठमाडौँमा उच्च शिक्षाका लागि पठाए ।” 

चल सम्पत्ति केही नहुँदा पनि छोरालाई उच्च शिक्षा आर्जन गर्न सक्ने वातावरण तरकारी खेतीबाटै भएको भट्टराई बताउनुहुन्छ । उहाँ दैनिक ६० किलोदेखि ८० किलोसम्म तरकारी उत्पादन गरी बिक्री गर्नुहुन्छ । 

आर्थिक अभावमा सुरुमा जागिरका लागि धेरै ठाउँ भाँैतारिँदा कहीँ कतैबाट नमिलेपछि तरकारी खेती सुरु गर्नुभएका भट्टराईलाई यतिबेला आम्दानीको बलियो र दिगो माध्यम तरकारी व्यवसाय बनेको छ । उहाँ अहिले गाउँघरका छिमेकी, अफन्तलाई जागिरको सट्टा कृषि व्यवसायमा लाग्न सल्लाह दिँदैआउनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट