माघ ४, काठमाडौं । गैह्रकानुनी विदेशी कामदारका लागि अस्थायी ‘वर्कपास’दिने मलेसिया सरकारले घोषणा गरेको अन्तराष्ट्रिय संचारमध्यमहरुले जनाएका छन् ।

मलेसिया सरक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ४, काठमाडौं । गैह्रकानुनी विदेशी कामदारका लागि अस्थायी ‘वर्कपास’दिने मलेसिया सरकारले घोषणा गरेको अन्तराष्ट्रिय संचारमध्यमहरुले जनाएका छन् ।

मलेसिया सरक"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा रहेका अवैधानिक विदेशी कामदारलाई खुशीको खबर !

४ माघ २०७३, मंगलवार ०८:०३

माघ ४, काठमाडौं । गैह्रकानुनी विदेशी कामदारका लागि अस्थायी ‘वर्कपास’दिने मलेसिया सरकारले घोषणा गरेको अन्तराष्ट्रिय संचारमध्यमहरुले जनाएका छन् ।

मलेसिया सरकारले अवैध कामदारलाई अस्थायी वर्कपास लिएर काम गर्न सक्ने गरी नयाँ ब्यवस्थाको घोषणा गरेको हो । विभिन्न क्षेत्रमा कामदार अभाव भएको र उद्योगहरुको सञ्चालनमै अवरोध पुगेको गुनासो बढ्दै गएपछि सरकारले अवैधानिकलाई अस्थायी श्रम अनुमति दिन लागेको उपप्रधानमन्त्री डा. अहमद  जाहिद हमिदीलाई उद्धृत गर्दै द स्टार अनलाइनले लेखेको छ ।

अवैधानिक कामदार अब विना कुनै दण्ड तथा जरिवना त्यहाँ थप केही समय वैधानिक बनेर काम गर्न पाउनेछन् । 

मलेसियाका उपप्रधानमन्त्री डा. हमिदीले अध्यागमन विभागले त्यस्तो वर्क पास जारी गर्ने बताए । लेबी भने वर्कपास लिएकाहरुसँग पनि उठाइनेछ । यसलाई अहिलेकै सामान्य प्रक्रियाबाटै जारी गर्ने उनको भनाइ छ ।

‘महान्याधिवक्ताको कार्यालयले एउटा वैधानिक मार्ग र प्रक्रिया निर्धारण गरेपछि अस्थायी वर्क पर्मिट दिने काम सुरु हुन्छ,’ मन्त्रिपरिषद्को अवैधानिक वैदेशिक कामदारसम्न्धी कमिटीको बैठकपछि उपप्रधानमन्त्री हमिदीले भनेका छन् ।  यसले मलेसियमा अवैधानिक रुपमा रहेका हजारौं नेपाली कामदारलाई पनि राहत मिल्ने पक्का भएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह