कविता उपाध्याय/माघ ५, रोल्पा । रोल्पा जिल्लामा यस आवमा मात्र १० वटा थप नयाँ झोलुङ्गे पुलको निर्माण कार्य थालिएको जिल्ला प्राविधिक कार्यालय रोल्पाले जनाएको छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कविता उपाध्याय/माघ ५, रोल्पा । रोल्पा जिल्लामा यस आवमा मात्र १० वटा थप नयाँ झोलुङ्गे पुलको निर्माण कार्य थालिएको जिल्ला प्राविधिक कार्यालय रोल्पाले जनाएको छ"/>

२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोल्पाका यी दश ठाउँमा नयाँ झोलुङ्गे पुल निर्माणकार्य सुरु

२०७३, ५ माघ बुधबार ०२:५९


कविता उपाध्याय/माघ ५, रोल्पा । रोल्पा जिल्लामा यस आवमा मात्र १० वटा थप नयाँ झोलुङ्गे पुलको निर्माण कार्य थालिएको जिल्ला प्राविधिक कार्यालय रोल्पाले जनाएको छ । 

यस अन्तर्गत जेदबाङ–१ र खुङ्ग्री–९ जोड्ने लाल्टीबाङमा, जङ्कोट–३ र ह्वामा–२ जोड्ने ग्वालातुपमा, राङसी–४ र भाबाङ–३ जोड्ने दोमइखोलामा, राँक–५ र राँक–४ जोड्ने वर्मथानमा, राङ्सी–२ र धबाङ–५ जोड्ने रेतीबली, ओत– ६ र ओत–८ जोड्ने गोठीखोला, ओत–५ र तालाबाङ–१ जोड्ने हलङसेरा, सीर्प–७ स्थित सुर्खे खोलामा सुर्केखोला, तालाबाङ–८ र भाबाङ–६ जोड्ने माडीखोलास्थित पीपलबोट ट्रस तथा धबाङ–६ र धबाङ–९ जोड्ने धबाङ ट्रस पुलको नयाँ निर्माण कार्य थालिएको हो । 

यी पुल झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप) अन्तर्गत जिल्ला विकास समितिमार्फत सहयोगी संस्था विकास सरोकार समाज (डिकोस) रोल्पाको प्राविधिक तथा सामाजिक सहयोगमा निर्माण गर्न लागिएको जिल्ला प्राविधिक कार्यालय रोल्पाका सव इन्जिनियर करुणप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यी सम्पूर्ण पुलको निर्माण कार्य सम्पन्न गर्नका लागि रु एक करोड ८० लाख, ७० हजार विनियोजन गरिएको छ । 

यसरी पुल निर्माण कार्य सम्पन्न गर्नका लागि स्वापबाट प्राप्त अनुदानअन्तर्गत ९२ प्रतिशत, जिविसको म्याचिङ फण्डबाट चार प्रतिशत, गाविसको म्याचिङ फण्डबाट दुई प्रतिशत र जनश्रमदानबाट दुई प्रतिशत सहयोग हुने सामुदायिक झोलुङ्गे पुल सहयोग कार्यक्रमका असिस्टेन्ट सब इन्जिनियर तिलकराम केसीेले जानकारी दिनुभयो । 

डिकोस रोल्पाका प्राविधिक वसन्त केसीका अनुसार निर्धारित समयमा दशवटै झोलुङ्गे पुल निर्माण हुनसके एक हजार ५०० घरधुरीका करिब ११ हजार जनता प्रत्यक्ष लाभान्वित हुनेछन् । 

उपभोक्ता समिति र जिविस रोल्पाबीच आगामी असार मसान्तसम्म काम सम्पन्न गरिसक्नुपर्ने भनी सम्झौता भएको भए पनि निर्माण कम्पनीले समयमै सामग्री उपलब्ध गराउन नसक्दा हालसम्म पनि पीपलबोट ट्रसको काम अगाडि बढ्न सकिरहेको छैन । 

यसैगरी, धबाङ ट्रसको काम पनि निर्माण स्थलमा पहिरो गएका कारण अगाडि बढ्न सकिरहेको छैन । यस्तै, ब्रह्मथानमा निर्माण स्थलमा स्थानीयवासीका बीचमा विवाद हुँदा काम अगाडि बढ्न सकिरहेको छैन । 

साथै, गाउँका युवाजति सबै वैदेशिक रोजगारीमा हिँड्न थालेपछि जनशक्तिको अभाव खड्किन थालेको सब इन्जिनियर श्रेष्ठको भनाइ छ । हालसम्म जिल्लामा यी १० वटा नयाँ र अन्य पुराना १६५ वटा गरी अब १७५ वटा झोलुङ्गे पुल सञ्चालनमा रहने छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ