महेन्द्र केसी  पर्वत । सेवानै धर्म हो भन्ने स्लोकको महिमा विरलैले बुझ्ने गरेका छन् । समाज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी  पर्वत । सेवानै धर्म हो भन्ने स्लोकको महिमा विरलैले बुझ्ने गरेका छन् । समाज"/>
५ कार्तिक २०८१, सोमबार
अर्थ/विकास

पूर्णिमाको सहयोग मृगौला पीडितलाई

५ माघ २०७३, बुधबार ०४:३३

महेन्द्र केसी  पर्वत । सेवानै धर्म हो भन्ने स्लोकको महिमा विरलैले बुझ्ने गरेका छन् । समाजमा सेवाको लागि भन्दा पनि आफ्नो फाइदाका लागि काम गर्नेहरु निकै भेटिने गर्छन् । कलिला बालबालिकाहरु त आफू खुसी हुन पाए अरु केहि चाहिदैन भन्ने भावनाका हुन्छन् तर कक्षा ९ मा पढ्ने यहाँकी एक स्कुले बालिकाले आफ्नो जन्म दिनको केक काट्ने र साथीभाइलाई मिठाइ बाँड्ने रकम एक मृगौला पीडितलाई सहयोग गरेकी छिन् ।

 

केक काट्ने, आफन्त, साथिहरु बोलाएर धुमधामले जन्मदिन मनाउने क्रम बढ्दो छ । तर कुश्मा–११ दुर्लुङचोक बस्ने पुर्णिमा गुरुङले एउटै घरमा चारजना मृगौलापीडित रहेको परिवारलाई सहयोग गरेकी हुन् । कुर्घा–२ का त्रिलोचन शर्मा पौडेलको परिवारमा उनले जन्मदिनमा केक नकाटिकन र साथीभाइलाई मिठाइ नबाडिकन तीन हजार रुपैयाँ प्रदान गरेकी हुन् ।


मंगलबार जन्मदिनको अवसरमा उनले उक्त रकम हस्तान्तरण गरेकी हुन् । एकता युवा क्लबको सहकार्यमा उनले मृगौला पीडित कुर्घा निवासी पौडेल परिवारलाई रकम हस्तान्तरण गरेकी हुन् । पुर्णिमा सदरमुकाम कुश्मास्थित पर्वत गुरुकुल एकेडेमीमा कक्षा ९ की छात्रा हुन् ।

यसैविच परिवारका सवै सदस्य मृगौला पीडित भएको पौडेल परिवारलाई प्रवासीको सहयोग प्राप्त भएको छ । एनआरएन साइप्रसबासीले तिहारमा देउसी भैलो खेलेर संकलित रकम मध्ये १५ हजार ५ सय ४५ रुपैयाँ  पीडित परिवारलाई हस्तान्तरण गरेको हो ।

एकता युवा क्लबको पहलमा उक्त रकम प्राप्त भएको  हो भने सो रकम क्लबले मंगलबार एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेको छ । उनको परिवारलाई बचाउनको लागि एकता क्लबले चालेको अभियान अन्तरगत सो रकम प्राप्त भएको एकता युवा क्लबका अध्यक्ष अच्यूत तिवारीले साझासवाललार्र्ई जानकारी दिए । 

उक्त रकम कुश्मा नगरपालिकाका कार्यकारी अधिकृत कुमानसिंङ गुरुङ र क्लबका सल्लाहकार बशन्तबहादुर सिकेले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

शर्माको परिवारका चार जना सदस्यको मृगौला फेल भएको छ। एक सन्तानको सोही कारणले ज्यान गैसकेको छ भने परिवारका अन्य सदस्यले प्रत्यारोपणका लागि मृृगौला दान गरेपछि यो परिवारका सबै सदस्यको एउटा मात्र मृगौला बाँकी छ । विगत एक दशकदेखि यस्तै समस्या भोग्दै आएका शर्माले आर्थिक सहयोग र आफन्तले दिएको ऋणले अहिले सम्म चार जनाको उपचार र बाँकी सदस्यको औषधी खर्च चलाउँदै आएको बताए ।


‘चार चार जनाको मृगौला प्रत्यारोपण र नियमित औषधी खर्च जुटाउन मुस्किल छ’ उनले भने ‘सहयोगी मन र आफन्त नभए परिवारका सबै सदस्यले जीवनको कल्पना पनि गर्न सक्दैनन’ मृगौला फेल भएर समयमा उपचार हुन नसक्दा जेठो छोरा प्रकाश पौडेलको ज्यान गैसकेको छ भने छोरी र छोराको मृगौला प्रत्यारोपण गरिएको छ । अहिले श्रीमतीका दुईवटै मृगौला फेल भएपछि प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेलामा केटी साथी भेट्न नदिएको निहुँमा विवाद, आफ्नै पाँच साथीले गरे कृष्णकुमारको हत्या पार्टीको परीक्षण सामाजिक सञ्जालले होइन, निर्वाचनले गर्छ: शंकर पोखरेल १२ गाउँ’ को सिक्वेल बन्दै, ‘बलिदान’पछि निर्माण सुरु गरिने आज पनि ६ सय रुपैयाँले महँगियो सुन, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम ! नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप नेदरल्यान्ड्सका बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स आज खेल्दै अमेरिकाविरुद्ध ओपनर आशिफ शेखले बनाए अर्धशतक दुई संसदीय समितिको बैठक आज बस्दै न्युजिल्यान्डले पहिलो पटक उचाल्यो टी–२० महिला विश्वकपको उपाधि आजको मौसम: केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य केन्द्रीय मूख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? रवि लामिछाने पक्राउ पर्नु सहकारी छानबिन प्रतिवेदनको सुरुवात मात्र हाे : सरकार यी हुन् शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू रवि लामिछानेको बयान सकियो, ६ दिनको म्याद थप्न माग रविविरुद्धको बहस सकियो, म्याद थपबारे निर्णय केहीबेरमा रास्वपाको प्रदर्शनले प‍ाेखरा तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीकाे फोहोरा प्रहार