माघ ५, काठमाडौँ | नेपालले समान काममा पनि नेपाली कामदारहरुलाई असमान ब्यबहार भएको बिषयलाई यो पटकको 'अबुधावी डाइलग' मा जोडदार रुपमा उठाउने भएको छ । 'अबुधावी डाइलग' "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ५, काठमाडौँ | नेपालले समान काममा पनि नेपाली कामदारहरुलाई असमान ब्यबहार भएको बिषयलाई यो पटकको 'अबुधावी डाइलग' मा जोडदार रुपमा उठाउने भएको छ । 'अबुधावी डाइलग' "/>
2026-07-26 01:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खाडी मुलुकमा नेपालीलाई कम तलब दिएको कुरा ‘अबुधावी डाइलग’मा

माघ ५, काठमाडौँ | नेपालले समान काममा पनि नेपाली कामदारहरुलाई असमान ब्यबहार भएको बिषयलाई यो पटकको ‘अबुधावी डाइलग’ मा जोडदार रुपमा उठाउने भएको छ । ‘अबुधावी डाइलग’ कामदार मगाउने र पठाउने एसियाली राष्ट्रहरुको एक क्षेत्रीय सम्मेलन हो ।  

सम्मेलनमा नेपाली र अन्य बिदेशीहरु बीच तलब र सेवा सुविधामा भएको अन्तरबारे बिषयलाई उठाउने तयारी नेपालले गरेको हो । श्रीलंकाको राजधानी कोलम्बोमा सोमबार र मंगलबार (जनवरी २३ र २४) अबुधावी डाइलग हुँदैछ । 

अबुधावी डाइलग एसियामा कामदारको अधिकार र सुरक्षाको बिषयमा निकै शक्तिशाली भूमिका खेल्ने सम्मेलन हो । यो सम्मेलनलाई कामदार लिने र दिने राष्ट्रहरुबीच हुने सम्मेलन भएकाले निकै महत्वपूर्ण मानिदै आईएको छ ।नेपालीको ठूलो रोजगार गन्तव्यका रुपमा रहेका खाडी मुलुकहरुमा नेपालीहरुलाई अरु देशका कामदारलाई भन्दा कम सेवा सुविधा तथा तलबकम छ । यो विषयलाई यसपटक अबुधावी डाइलगमा नेपालबाट श्रम राज्य मन्त्री दिलीप खवास सहितको टोलीले जोडदार रुपमा उठाउने तय गरेको छ । डाइलगमा एकै प्रकृतिको काममा पनि नेपालीलाई कम तलब दिने गरिएको र कामदारको सहज उद्धारमा समेत कठिनाई भएको बिषयलाई जोडदार रुपमा उठाउने बताइएको छ । 

यसको अलावा कामदारको लागत खर्च घटाउने, कामदारको सुरक्षा, कामदार लिने तथा दिने काममा हुने झंजटपूर्ण प्रक्रियालाई कसरी सहज बनाउने भन्ने बिषयलाई पनि उठाइनेछ । 

संयुक्त अरब इमिरेष्ट (युइए)को राजधानी अबुधावीबाट २००८ देखि सुरु भएको ‘आबुधाबी डाइलग’ सम्मेलनमा कामदार पठाउने ११ राष्ट्र, मगाउने ७ राष्ट्र र केही राष्ट्र पर्यवेक्षकको रुपमा सहभागी हुन्छन् । सम्मेलनमा कामदार लिने राष्ट्रहरुमा युएइ, कतार, साउदी अरब, ओमन, बहराइन, कुवेत र यमन र कामदार दिने राष्ट्रहरुमा अफगानिस्तान, बंगलादेश, चीन, भारत, इण्डोनेसिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड र भियतनाम छन् । आबुधाबीबाट सुरु भएकोले यसलाई आबुधाबी डाइलग भनिँदै आएको छ, जसको सुरुवात कामदार मगाउने राष्ट्रहरुले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ