हरिष चन्द । माघ ५ डडेल्धुरा। स्मार्ट सिटि अन्र्तगत अमरगढी किल्ला संरक्षणका लागि सहरी विकास कार्यालय दिपायलले चालु आर्थिक वर्ष २०७३÷०७४ का लागि एक करोड ९० लाख रकम विनियोजित गरेको छ । अमरगढी स्माट सिटिलाई प्रभावकारी बनाउनका लागि सहरी बिकाश मन्त्रालयबाट यो रकम विनोयोजित"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हरिष चन्द । माघ ५ डडेल्धुरा। स्मार्ट सिटि अन्र्तगत अमरगढी किल्ला संरक्षणका लागि सहरी विकास कार्यालय दिपायलले चालु आर्थिक वर्ष २०७३÷०७४ का लागि एक करोड ९० लाख रकम विनियोजित गरेको छ । अमरगढी स्माट सिटिलाई प्रभावकारी बनाउनका लागि सहरी बिकाश मन्त्रालयबाट यो रकम विनोयोजित"/>
2026-10-30 05:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

अमरगढी किल्लाका संरक्षणलागि एक करोड ९० लाख रकम विनियोजित

हरिष चन्द । माघ ५ डडेल्धुरा। स्मार्ट सिटि अन्र्तगत अमरगढी किल्ला संरक्षणका लागि सहरी विकास कार्यालय दिपायलले चालु आर्थिक वर्ष २०७३÷०७४ का लागि एक करोड ९० लाख रकम विनियोजित गरेको छ । अमरगढी स्माट सिटिलाई प्रभावकारी बनाउनका लागि सहरी बिकाश मन्त्रालयबाट यो रकम विनोयोजित गरेको नेकपा एमाले नगरकमीटी अध्यक्ष बिपीन ओझाले जानकारी दिन भयो । यस आर्थिक वर्षका लागि पहिलो प्राथमिकतामा अमरगढी किल्ला संरक्षणरमा राखेको छ । यो रकम अन्र्तगत पर्यटकिय हिसाबले अमरगढी किल्ला लाई पाँच फिट उचाइ र तिन मिटर फराकिलो ¥यालिङ र १० ओटा स्किप लाईट जडान गर्ने स्टिमेटमा उल्लेख गरेको छ । भने दोस्रो प्राथमिकतामा डडेल्धुरा जिल्लामा बस पार्क राखेको सहरी विकास कार्यालय दिपायल डोटीका ईन्जिनियर भुपेन्द्र जङ्ग केशरी चन्दले जानकारी दिनु भयो । बुधवार अमरगढी किल्ला पर्यटन पुर्वाधार क्षेत्र विकास समितिको बैठक र डडेल्धुरामा बसेको सर्वदलिय बैठकवाट डडेल्धुरा जिल्लामा बसपार्क आवश्यकता भएकोले सबैले आ–आफ्नो क्षेत्रवाट सहयोग गरे यस आर्थिक वर्ष भित्रै डडेल्धुरामा बसपार्क निमार्ण हुने समेत बताएका थिए । यस आर्थिक वर्षमा नयाँ बसपार्कका लागि रु.६० लाख बजेटमा उल्लेख छ भने पुरानो बसपार्कका लागि ५० लाख बजेट बिनियोजित गरेको छ । यस्तै उग्रतारा मन्दिरका लागि समेत बजेट विनोजित गरेको छ । पर्यटकिय हिसावले डडेल्धुरा जिल्लामा ऐतिहासिक मठ, मन्दिर, पाटि पौवा, कोट ताल किल्ला भएकोले यस को संरक्षणका लागि आगामि दिनमा विकास निर्माणका आधारमा (डिपियार) अध्ययन गरी बहुवर्षिय प्रक्रियामा प्रत्येक वर्ष विकास निर्माणमा रकम विनोयाजी हुने ईन्जिनियर चन्दले बताउनु भयो । अमरगढी किल्ला पर्यटन पुवाधार क्षेत्र विकास समितिका अध्यक्ष प्रविण जैरुले पुरातत्तो विभाग अमरगढी संग्राहलय अन्र्तगत ४६ लाख रुपयाँको बुकमा देखाए पनि २० लाख बराबरको काम गरेकोमा दुखेसो समेत पोखेका थिए ।

    डडेल्धुरा जिल्ला पहाडी जिल्लाको सुन्दर जिल्लाको रुपमा चिनिने भएकोले सहरी विकाशले बजेट बिनीयोजीत गरेको यस वर्षको रकम कुर्नै पनि हालतमा फ्रिज जान नदिन बैठकमा सवै राजनितिक दलहरुसमक्ष आफ्ना तर्कहरु राखेका सरोवारवालाको भनाई रहेको थियो । सर्वपक्षिय वैठकले सहरी विकास तथा भवन डिभिजन कार्यालयलाई तत्काल किल्ला  भित्र घेरवार गरि किल्ला भित्रको संरक्षणका साथै सौर्य वत्ति बाल्ने र गुरुयोजना बनाएर निर्माण कार्य अगाढी वढाउने निर्णय समेत गरेको थियो । पुरातत्व विभागमा अमर सिह थापा संग्राहलयको टेण्डर प्रक्रिया गरि निर्माण सुरु गर्ने समेत निर्णय भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल