महेन्द्र केसी, पर्वत । पाँचौ पर्वत महोत्सव उद्घाटन हुनको लागि अब एक हप्ता मात्रै बाँकी छ । महो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी, पर्वत । पाँचौ पर्वत महोत्सव उद्घाटन हुनको लागि अब एक हप्ता मात्रै बाँकी छ । महो"/>
2026-09-08 12:21 PM
पर्बत - PBT

महोत्सवको पूर्वसध्यामा ¥याफ्टिङको आयोजना गरिदै

महेन्द्र केसी, पर्वत । पाँचौ पर्वत महोत्सव उद्घाटन हुनको लागि अब एक हप्ता मात्रै बाँकी छ । महोत्सवलाई भव्यताका साथ सफल पार्नको लागि प्रचारप्रसारमा लागेको महोत्सव आयोजक समितिले महोत्सवको पुर्वसध्यामा कालिगण्डकीमा ¥याफ्टिङ गर्ने भएको छ ।


समृद्ध पर्वतःहाम्रो चाहना’ भन्ने मूल नाराका साथ आयोजना गरिएको पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला एवं पाँचौ पर्वत महोत्सव–२०७३ को प्रचारप्रसारका लागि भन्दै माघ ८ गते शनिवार ¥याफिटङको समेत आयोजना गरेको  आयोजकले साझासवाललाई बताएको छ । 


मुख्यत जिल्लाको पर्यटकीय क्षेत्रको विकास र प्रर्वद्धनको लागि आयोजना हुन लागेको पाँचौ पर्वत महोत्सव शुरु हुन अगाडिनै कालीगण्डकीमा जिल्लाका सांसद, सरकारी कार्यालयका प्रमुख, पत्रकार सहित आयोजकले जलयात्रा गर्नु कालीगण्डीको बृहत सरसफाइ तथा प्रचारात्मक जलयात्रा हुने मूल आयोजक समितिका अध्यक्ष हरिओम शर्मा लामिछानेले जानकारी दिए ।


उनका अनुसार पर्वतको खनियाघाटदेखि नयाँपुलसम्म ¥याफ्टिङ संचालन गरिनेछ । महोत्सव अवधिभर इच्छा हुनेहरुले सचिवालयमा सम्पर्क गरेमा ¥याफिटङ गर्न सकिने व्यवस्था मिलाइएको समेत उनले साझासवालसँग बताए ।


प्रचारात्मकको लागि महोत्सवको पुर्वसध्यामा हुन लागेको जलयात्रामा जिल्लाका सांसद, राजनीतिक दल, सरकारी कार्यालयका प्रमुख, पत्रकार सहितको ३२ जनाको टोली रहेन महोत्सवका आर्थिक संयोजक गोपी अधिकारीले बताए । उनले जलयात्रा तथा कालीगण्डकी सरसफाइ र प्रचारप्रसारात्मक कार्यक्रमको लागि चार वटा ढुंगाको व्यवस्था मिलाइएको साझासवालसँग बताए । 


विगतका महोत्सवका तुलनामा पाँचौ पर्वत महोत्सव आर्थिक रुपले समेत समृद्ध हुने आथिक संयोजक अधिकारीले बताए । प्रचारप्रसारको काम तिब्र रुपमा भएको र स्टल पनि पुरै बुकिङ भैसकेको र प्रायोजक समेत थपिने क्रम जारी रहेकोले पाँचौ पर्वत महोत्सव सोचेको भन्दा बढी सफल हुने उनले साझासवाललाई बताए ।


उनका अनुसार निर्माण भएका स्टलहरु मध्ये १२ वटा रेष्टुरेष्ट, ५ वटा भेइकल, २५ वटा उद्यमीका स्टलहरु रहनेछन् भने बाँकी सबै स्टल फेन्सी तथा अन्य रहनेछन् ।


महोत्सव भ्याट विलमा समेत दर्ता भैसकेको र महोत्सवको व्यवस्थापन कार्य ९० प्रतिशतले पूरा भएको उनले बताए ।


त्यसैगरी महोत्सवको मुख्य आकर्षणमा ¥याफ्टिङ, प्याराग्लाइडिङ, पश्चिमाञ्चल स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिता, ठेका बनाउने, सेखु बुन्ने, माटाका भाँडा बनाउने, घरलु तथा लघु उद्यमीका उत्पादन प्रदर्शन गर्ने लगायत रहेकोमा थप अस्ट्रिज, उट, चौंरीसमेत ल्याउने गरी तयारी थालिएको मूल आयोजक समितिका सदस्य सचिव ठाकुर वि पौडेलले बताए । साथै महोत्सवको अन्त्यतिर माघ १८ गतेबाट फाइभ ए साइड फुटवल समेत खेलाइने आयोजकले जनाएको छ । महोत्सव माघ १३ देखि २२ सम्म चल्नेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल