दलसिंह गिरी/माघ ६, कालिकोट । कुनै ब्यक्ति जो जहा जसो पनि होलान तर राज्यले सधै उपेक्षित गरिएको कर्नालीबाट आज फेरी एक जना नेताले बर्तमान सरकारको मन्त्री बन्ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/माघ ६, कालिकोट । कुनै ब्यक्ति जो जहा जसो पनि होलान तर राज्यले सधै उपेक्षित गरिएको कर्नालीबाट आज फेरी एक जना नेताले बर्तमान सरकारको मन्त्री बन्ने"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

सरसफाई मन्त्रीमा कालिकोटका सिंह, आजै पदबाहर ग्रहण

६ माघ २०७३, बिहीबार १२:४५


दलसिंह गिरी/माघ ६, कालिकोट । कुनै ब्यक्ति जो जहा जसो पनि होलान तर राज्यले सधै उपेक्षित गरिएको कर्नालीबाट आज फेरी एक जना नेताले बर्तमान सरकारको मन्त्री बन्ने अवसर प्राप्त गर्नु भएको छ । 

२०६२।०६३ को जनआन्दोलन पश्चात २ मन्त्री बन्न सफल कालिकोट जिल्लाका एक चकलेटी नेता प्रेमबहादुर सिंह आज फेरी मन्त्रि बन्ने अवसर प्राप्त गर्नु भएको हो । बामपन्थी धारबाट राजनीति सुरु गर्न भएका नेता करिब २० बर्षको अधिमा चौथोपटक मन्त्री बन्न सफल हुनु भएको छ । 

कालिकोट जिल्ला आदानकु जन्म घर हुनु भएका नेता सिंह फेरी मन्त्रिपदमा चुनिनु भएको छ । दुई पटक कानुनमन्त्री एक पटक खानेपानी तथा सरसफाइ मन्त्री समेत बन्नु भएका सिंह यतिबेला पनि फेरी खानेपानी तथा सरसफाई मन्त्रीको पद हात पार्नु भएको हो ।

नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदूर किसान पार्टीबाट वामपन्थी राजनीति शुरु गर्नुभएका सिंह पञ्चायतकालमा कर्नालीमा राम्रै वामनेताको छवि बनाउनु भएको थियो । तत्कालिन मजदुरकिसान पार्टी छाडेर माले हुदै एमालेमा सामेल हुनु भएका सिंह २०५३ सालमा एमालेका तर्फबाट कानुन मन्त्रीबनिसक्नु भएको थियो । 

एमालेमा रहदा कर्नालीमै एमालेको संगठन विस्तारको श्रेय समेत प्राप्त गर्नु भएका सिंह हाल आफ्नै समाजवादी जनता दल पार्टी खोली पार्टीको नेतृत्व गरिरहनु भएको छ । आफ्नै पार्टी खोलेर समानुपातिक निर्वाचन प्रणालीको फाइदा लिन सफल सिंह ०६४ र ०७० दुबै निर्वाचनमा आफूलाई सांसद हुन पुग्ने करीव २५ हजार मत देशभरमा जुगाड गर्न सफल भई, दुबै पटक मन्त्रीपदको सफलता मिलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह