महेन्द्र केसी पर्वत । कलिलो उमेरमा पनि विज्ञानप्रतिको उनको माया र मोहका कारण पछिल्लो समयमा युव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी पर्वत । कलिलो उमेरमा पनि विज्ञानप्रतिको उनको माया र मोहका कारण पछिल्लो समयमा युव"/>
१२ माघ २०८२, आईतवार
पर्बत - PBT

पाँचौ पर्वत महोत्सवमा बालबैज्ञानिक अमनले ड्रोन उडाउने

७ माघ २०७३, शुक्रबार ०५:१५

महेन्द्र केसी पर्वत । कलिलो उमेरमा पनि विज्ञानप्रतिको उनको माया र मोहका कारण पछिल्लो समयमा युवा बैज्ञानिकका रुपमा चिनिएका अमन पौडेलले हालसम्म तयार गरेका विभिन्न मेशिनरी सामाग्री तथा उनका आविष्कार गरेका बस्तुहरुको पनि पाँचौ पर्वत महोत्सवमा बृहत प्रदर्शनी हुने भएको छ ।


कक्षा ४ मा पढ्दै गर्दा आफ्नो बाबुले किनेर ल्याइदिएको रिमोटवाला खेलौना कार खेलाउदा खेलाउदै विग्रेपछि अमन आफै खेलनौको मर्मत गर्न शुरु गरे । उनले उक्त खेलौना पहिले जस्तो थियो उस्तै बनाउन पनि सफल भए । आजको सहारान्यूज दैनिकका अबर छ ।


त्यसपछि उनी बाबुले ल्याइदिएको खेलौना जस्तै अन्य खेलौना पनि बनाउने कलिलो मतिष्कमा सोच बनाए । तिनै १४ वर्षका अमन पौडेलले पाँचौ पर्वत महोत्सवमा ड्रोन उडाउने तयारी गरिहेका छन् । उनले पछिल्लो समयमा चर्चाका रहेको ड्रोन पाँचौ पर्वत महोत्सवको उद्घाटन शत्रमानै उडाउने सोच बनाएका छन् । यतिबेला उनी घरमा ड्रोन बनाउनको लागि निकै व्यस्त छन् ।



ड्रोन लगभग तयार भैसकेको र परिक्षण पनि गरिसकेकोले अब सफता पूर्वक पाँचौ पर्वत महोत्सवमा ड्रोन उडाउने सोच रहेको उनले बताए । ड्रोनको अलबा उनले महोत्सवमा आफुले आविष्कार गरेका सामाग्रीहरु एक्साभेटर, रेल, रोबोट, भूकम्प संकेत मेशीन, पानीजहाज, पहाड चढ्ने गाडी, भ्याकुम क्लीनर, न्यूटनको चक्का, घन्टी, गोवर ग्याँस, पंखा, प्रोजेक्टर लगायतका सामाग्रीहरु प्रदर्शनी गर्ने सोच बनाएका छन् । 


यी आविस्कारहरुमा आवश्यकता अनुसार भिन्दाभिन्दै वैज्ञानिक नियमको प्रयोग भएको छ । बालवैज्ञानिक पौडेलले तयार पारेको भूकम्प संकेत मेशीनले सामान्य भूकम्पको धक्का आउदा घन्टी बजाई संकेत दिन्छ । यो यन्त्र निर्माणमा फोम, काठ, मोटर, व्याट्रीको प्रयोग भएको छ भने यो सोलर पावरबाट पनि चलाउन सकिने उनको दावी छ ।


आविस्कार गरेका सामाग्रीहरुमा बालवैज्ञानिक पौडेलले घरेलु सामाग्रीहरु धातुको टुक्रा, कीला, तार, प्लाष्टिक बोत्तल, रवर, जाली, काठ, बाँस लगायत प्रयोग गरेका छन् भने अन्य विद्युतीय सामाग्रीहरुको समेत प्रयोग भएको छ । उनले पहिलो पटक आविस्कार गरेको सामाग्री एक्साभेटर हो । उनले तयार  पारेको रोवोट यन्त्रमा पनि घरेलु सामान जस्तो फोम, काठ, रबर, मोटर व्याट्रीको नै प्रयोग भएको छ ।


बालवैज्ञानिकको रुपमा आफूलाई चर्चित बनाउदै आएका पौडेलले आपूmले आविस्कार गरेका सामाग्रीहरुको विभिन्न संघ, संस्था कार्यालय तथा प्रदर्शनी स्थलहरुमा प्रदर्शनी गरेका छन् भने विभिन्न संघ संस्थाहरु बाट पुरस्कृत र सम्मानित समेत भईसकेका छन् । उनले आफ्नो विद्यालयदेखि लिएर विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान खुमलटार, ललितपुर लगायतका स्थानहरुमा आविस्कार गरेका सामाग्रीहरुको प्रदर्शनी गरिसकेका छन् ।


बालवैज्ञानिक पौडेलले पनि भन्छन् ‘सवैको साथ र सहयोग भयो भने मैले मेरो सफल वैज्ञानिक बन्ने सपना पुरा गर्ने र यो देशको नाम राख्ने छु ।’ उनी शमी युवा प्रोत्साहन पुरस्कार २०७३ बाट सम्मानित भैसकेका छन् भने अन्य संघसंस्थाले पनि उनलाई सम्मान गरिसकेको छ ।


मेधावी विद्यार्थी पौडेलको कार्यलाई सवैले प्रशंसा गरेपनि राज्यस्तरबाट आवश्यक चासो दिने र सहयोग गर्ने काम भने नभएकोमा उनका बाबु आनन्द पौडेलको गुनासो छ । उनी  जिल्लाको कुश्मा नगरपालिका ४ खुर्कोट घर भई सोही स्थानको हिमालाय उमाविको कक्षा ९ मा अध्ययनरत रहेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह