पूर्णबहादुर खड्का/माघ ७, अछाम । बयालपाटा अस्पतालले शुक्रबारबाट माटाको घरबाट आफ्ना स्वास्थ्य सेवा सुरु गरेको छ । 

अस्पताल परिसरमा नयाँ अन्तरंग विभा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पूर्णबहादुर खड्का/माघ ७, अछाम । बयालपाटा अस्पतालले शुक्रबारबाट माटाको घरबाट आफ्ना स्वास्थ्य सेवा सुरु गरेको छ । 

अस्पताल परिसरमा नयाँ अन्तरंग विभा"/>

2026-10-14 08:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा माटाका घरबाट बिरामीको उपचार सुरु

पूर्णबहादुर खड्का/माघ ७, अछाम । बयालपाटा अस्पतालले शुक्रबारबाट माटाको घरबाट आफ्ना स्वास्थ्य सेवा सुरु गरेको छ । 

अस्पताल परिसरमा नयाँ अन्तरंग विभागको निर्माण कार्य सम्पन्न भएपछि सो भवनबाट सेवा सुरु गरिएको हो । अब देखी भर्ना भएका बिरामीलाई नयाँ भवनमा राखिने अस्पतालका निमित्त मेडिकल निर्देशक डाक्टर सन्तोष कुमार ढुंगानाले बताए । आजबाट बिरामीहरुलाई नयाँ भवनमा सारिएको छ । 

३४ वटा बेड सहितको सुबिधायूक्त भवनबाट बिरामीले सेवा पाउने भएका छन । स्वास्थ्य मन्त्रालयबाट यसअघि १५ वटा बेड मात्र संचालनको स्वीकृती पाएको अस्पतालले हाल ५० बेड संचालनको स्वीकृतीको लागी काम भईरहेको बताइृएको छ । नयाँ भवन निर्माण भएसंगै अस्पतालमा अब थप ५० वटा बेड संचालनमा आउने भएका छन । नयाँ निर्माण भएको भवनमा ३४ वटा बेड राखिएका छन भने बाँकी बेडहरु पुरानो भवनमा रहेका छन । 

यस भन्दा अगाडी बेडको अभावमा कम बिरामीलाई मात्र अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था रहेको थियो, निमित्त मेडिकल निर्देशक डाक्टर ढुंगानाले भन्नुभयो अब नयाँ भवनमा बेड थपिएपछि बिरामीले निकै राहत पाउनेछन । 

अस्पतालले आफ्ना सबै किसिमका सेवाहरुलाई प्रभावकारी बनाउन नयाँ संरचनाको निर्माण कार्यलाई तिव्रता दिएको उहाँको भनाई छ । अस्पतालको प्रशासन सेवा पनि आजैबाट नयाँ भवनमा सरेको छ भने यसका साथै अन्य विभागहरु पनि निर्माण कार्य सकिएसंग बिस्तारको काम भईरहेको छ ।  

अछाम जिल्लामा निरन्तर सेवा दिईरहेको न्याय हेल्थ नेपालद्धारा संचालित बयालपाटा सामुदायिक अस्पतालले हाल विभिन्न प्रकारका गरी १२ भन्दा बढी किसिमका सेवाहरु निशुल्क रुपमा प्रदान गर्दै आईरहेको छ । 

सन् २००९ बाट न्याय हेल्थ नेपालले बयालपाटा अस्पतालमा मार्फत आधारभुत सेवाहरु प्रदान गर्न सुरु गरेको थियो ।  अस्पताललले हाल बाहिरंग सेवा, २४ सै घण्टा अन्तरग, आकस्मिक, आधुनिक प्रयोगशाला, डिजिटल एक्सर, ब्लड बैँक तथा दन्त सेवाहरु प्रदान गर्दै आईरहेको छ भने शल्यक्रिया मार्फत प्रसुती सेवा, हर्निया तथा हाईड्रोशिल र एपेन्दिसको आकस्मिक सर्जरी, हाडजोर्नीका सर्जरीहरु निशुल्क प्रदान गर्दै आएको अस्पतालका मेडिकल निर्देशक डाक्टर बिकाश गौचनले बताए । 

अस्पतालले मानसिक स्वास्थ्य सेवा पनि संचालन गर्नुका साथै स्वास्थ्य मन्त्रालयबाट संचालित कार्यक्रमहरु पनि संचालन गरिरहेको छ । सुरक्षित मातृत्व सेवा, सुरक्षित गर्भपतन सेवा, टि.बी. एचआईभी एड्स, कुपोषण, कुष्ठारोग, खोप आदी कार्यक्रम संचालन गरिहरेको छ । बिरामीहरुका लागी अस्पतालले नेपाल सरकारबाट उपलब्ध हुने ७० प्रकारका निशुल्क औषधी बाहेक २०० प्रकारका अन्य औषधी पनि उपलब्ध गराउने व्यवस्था गरेको छ । 

फोटो १- ऋन्तरंग विभागमा भर्ना भएका बिरामीहरुका लागी तयार गरिएका बेडहरु । 
फोटो २- नयाँ निर्माण भएको अन्तरंग विभाग ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश