कमल रावल/माघ ८, मंगलसेन । अछाम जिल्ला स्थित सरोकारवाला तथा राजनितिज्ञले सुरक्षित आप्रवासन तथा मानव बेच बिखन रोकथामका लागि आफनो तर्फबाट कुनै कसर बाकी नराख्ने प्रत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल/माघ ८, मंगलसेन । अछाम जिल्ला स्थित सरोकारवाला तथा राजनितिज्ञले सुरक्षित आप्रवासन तथा मानव बेच बिखन रोकथामका लागि आफनो तर्फबाट कुनै कसर बाकी नराख्ने प्रत"/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

साँफेबगर नगरपालीकामा ३१ जना बेपत्ता रहेको तथ्याक सार्वजनिक

८ माघ २०७३, शनिबार ०३:०८

कमल रावल/माघ ८, मंगलसेन । अछाम जिल्ला स्थित सरोकारवाला तथा राजनितिज्ञले सुरक्षित आप्रवासन तथा मानव बेच बिखन रोकथामका लागि आफनो तर्फबाट कुनै कसर बाकी नराख्ने प्रतिबद्धता जनाएका छन । 

वैदेशिक रोजगारमा जाँदा अछामिले भोग्नु परेको समस्यालाई समाधानका लागि आफनो तर्फबाट कुनै कसरी बाँकी नराख्ने प्रतिबद्धता जनाएका हुन । सुरक्षित आप्रवासन तथा मानव बेच बिखन रोकथाम सम्बन्धी साँफेबगरमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै अछामका प्रमुख जिल्ला अधिकारी कोशल राज शर्मा तिमिल्सैनाले अछाम जिल्लामा मानव बेच बिखनको बिषयमा कुनै कुरा बाहीरी रुपमा नआएकाले अगामि दिनमा बैदेशिक रोजगारमा जाँदा युवाले भोग्नु परेका समस्यालाई मध्य नजर गर्दै यसमा कमि ल्याउनका लागि आफु र आफनो कार्यालयको तर्फबाट पहल गर्ने बताएका थिए । 

साफेबगर नगरपालिकामा विगत १ बर्ष देखि निड्स नेपालले संकलन गरेको तथ्याक अनुसार ३१ जना बेपत्ता भएको तथ्याकले दुखि भएको बताउदै आगामि दिनमा खोजी कार्यका लागि पहल गरिने बताउनु भयो । कार्यक्रममा बोल्दै स्थानिय बिकास अधिकारी तोया नारायण सुवेदिले जति पनी समस्या छन सबैको समाधानका लागि सबैले हातेमालो गर्दै अघि बढनु पर्नेमा जोड दिएका थिए । अगामि दिनमा बेपत्ताको आवश्यकताका आधारमा आप्रवासिको क्षेत्रमा काम गर्ने संघ संस्थाले निश्चित उद्देश्य लिएर काम गरे उपलब्धी हासिल हुने बताएका थिए । 

आगामि दिनमा आफनो क्षेत्रबाट गर्ने काम पुरा गर्ने र नितिगत रुपमा केन्द्रिय स्तरमा पठाउनु पर्ने योजना पठाउने बताउनु भयो । सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै अछामका प्रहरी प्रमुख डिएसपि निरञ्जन दत्त भट्टले आफनो परिवारका सदस्य बाहीर जाँदा दुख पायौँ भनेर कुनै मुद्दा दर्ता नभएकाले तर बेपत्ता भएका ब्यक्तिको खोजि कार्य अघि बढाउनु आफनो कार्यालयको जिम्मेवारी भएकाले आगामि दिनमा यसलाई अघि बढाउने बताउनु भयो । 

सबैलाई देशबाहीर जाँदा सुरक्षित आप्रवासन बनाउनका लागि प्रत्येक सार्वजनिक यातायातका साधनमा चेतना जगाउने खालका भिडियो तथा अडियो प्रशारण गराउन लगाउने बताउनु भयो । सार्वजनिक यातायात समिती, ट्राफिक प्रहरी संग समन्वय गरि तत्काल प्रशारणमा ल्याउने प्रतिबबद्धता जनाएका थिए । कार्यक्रममा बोल्दै नेपाली काग्रेस अछामका सचिव भरत कुमाल र नेकपा एमाले जिल्ला कमिटी सदस्य बालगिरि कुवरले सुरक्षित आप्रवासन तथा बैदेशिक रोजगार सम्बन्धि सवालहरुमा वकालत गरि स्थानीय निकायबाट बजेट विनियोजनका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए । कामका लागि भारत जाने नेपाली कमदारहरुको सुरक्षित,मर्यादित र व्यवस्थित रोजगारीका लागि वकालत जहिले पनि गरि रहने बताएका थिए । 


कार्यक्रममा बोल्दै गैर सरकारी संस्था महासघका सुदुरपश्चिम अध्यक्ष भबराज रेग्मीले निड्स नेपालको तथ्याक अनुसार अनुमानित ५० लाख भन्दा बढी जनसंख्यामा नेपाली कामदारहरु भारतमा काम गरिरहेका र तेस्रो मुलुकमा बैदेशिक रोजगारीमा ४९ लाख तथ्यांक बैदेशिक रोजगारमा जाने गरेका तथ्याक प्रस्तुत गर्नु भएको थियो । 

निड्स अछामको तथ्याक अनुसार साफेबगर नगरपालीकामा मात्र ३१ जना बेपत्ता भएका तथ्याक सार्वजनिक गरिएको थियो । नेपाल पत्रकार महासघ अछामका अध्यक्ष राम बहादुर कुवरले समुदायलाई सुुसुचित गर्नका लागि अछाम स्थित संञ्चारकर्मिले जहिले पनी आवाज उठाई रहेकाले आगमि दिनमा जनचेतना जगाउने सुचना प्रशारण तथा प्रकाशनका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका थिए । 

कार्यक्रममा आप्रवासी संञ्जाल अछामका अध्यक्ष मिठ्ठु सिंह भाट र सचिव लाल बहादुर रावतले बिदेशमा जाँदा नेपालीले भाग्नु परेको समस्याको बारेमा जानकारी गराएका थिए । आफना समस्या राज्यले समाधानका लागि पहल गर्नु पर्ने बताएका थिए । 

कार्यक्रममा सहभागि बेपत्ता परिवारका सदस्य तथा सहभागि सबैले बेपत्ता पारिएका ब्यक्तिका घर परिवारको समस्या समाधानका लागि सामाजिक सुरक्षा भत्ताको ब्यबस्था गरिनु पर्ने, बेपत्ता भएका ब्यक्तिको तत्काल खोजी कार्यका लागि सरोकारवाला निकायले पहल गर्नु पर्ने माग गरेका थिए । 

सार्वजनिक सुनुवाई कार्यक्रम निड्स नेपालको समन्वय तथा रेडियो रामारोशनको आयोजना तथा सहजिकरणमा भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह