माघ ८, महोत्तरी । कठ्यिाङ्ग्रिदो जाडोको प्रवाह नगरी महोत्तरीको बर्दिवास नगरपालिका– २ स्थित धुर्मुस-सुन्तलीले निर्माण गरिरहेको एकीकृत नमुना मुसहर बस्तीको निर्माणक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ८, महोत्तरी । कठ्यिाङ्ग्रिदो जाडोको प्रवाह नगरी महोत्तरीको बर्दिवास नगरपालिका– २ स्थित धुर्मुस-सुन्तलीले निर्माण गरिरहेको एकीकृत नमुना मुसहर बस्तीको निर्माणक"/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धुर्मुस-सुन्तलीले थालेको मुसहर बस्तीको निर्माणकार्य तीव्रगतिमा

८ माघ २०७३, शनिबार ०९:१२

माघ ८, महोत्तरी । कठ्यिाङ्ग्रिदो जाडोको प्रवाह नगरी महोत्तरीको बर्दिवास नगरपालिका– २ स्थित धुर्मुस-सुन्तलीले निर्माण गरिरहेको एकीकृत नमुना मुसहर बस्तीको निर्माणकार्य तीव्रगतिमा अघि बढेको छ । 

 बाह्र दिनमा १५ प्रतिशत काम सम्पन्न भएको छ। पुस २५ गते मह जोडी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र गङ्गासागर पोखरी (जनकपुर)का सरसफाइ अभियन्ता रामअशिष यादवले शिलान्यास गरेको बस्तीको निर्माणकार्यमा झन्डै तीन सय कामदार दैनिक खटिएका छन्। 

 हालसम्ममा बस्तीमा निर्माण हुने ५० वटा घरमध्ये ४० वटा घरको जग खनिसकिएको छ। ३२ वटा घरको जग उठाउने कार्यसम्पन्न भइसकेको छ। पिलिन्थ लेवलसम्मको पाँचवटा घरको निर्माणकार्य सकिएको धर्मुस– सुन्तली परियोजनाका संयोजक अर्जुनप्रसाद न्यौपानेले बताए।श्रमदान र आर्थिक सहयोगको लागि उत्साहित युवा पुस्ता, सङ्घ संस्थाका पदाधिकारी आउने क्रम जारी छ। सशस्त्र प्रहरी र नेपाल प्रहरीलेसमेत श्रमदान र सुरक्षा दिने गरेका छन्।  

बर्सौंदेखि रोग, भोक, अशिक्षा, अनिद्रा र विकासबाट वहिष्करणमा परेका मुसहरको आफ्नो घर बन्न लागेपछि उत्साहित देखिएका उनीहरु दिनहुँ झन्डै एक सय मुसहर श्रमदानमा खटिएका एकिकृत नमुना मुसहर बस्तीका उपभोक्ता समितिका अध्यक्ष मञ्जय सदा मुसहरले बताए। 

 ‘दाउरा लिन जाने काम छाडेर हुलका हुल गाउँले बस्ती निर्माणमा श्रमदान गरिरहेका छन्,’ उनले भने, “कोही सिमेन्ट घोल्छ। कोही बालुवा, ढुङ्गा, गिट्टी ओसार्छन्। कोही गाउँलाई काममा खटाउँछन् यी र यस्ता कार्य गरेर हामी बस्ती निर्माण श्रमदान गरिरहेका छौंँ।” 

 ‘मुसहरहरुले आफूहरुको जीवन फेरिन्छ भनेर सपना पनि देखेका थिएनन् । तर, धर्मुस र सुन्तली जस्ता मायालु मनको सहयोग पाएर मुसहर फुरुङ्ग छन्,’ सामाजिक अभियन्ता आरके महतोले भने,‘कोही बाढीपीडित, त कोही भूकम्पपीडित, त कोही आगलागीपीडित सबै पीडितैले राहत र सहयोग पाइरहेका छन्। तर, मुसहरको जन्मिने सन्तान जन्मिने वित्तिकै पीडित भएरै जन्मिन्छ। उनीहरुको पीडा कसैले सुन्दैनन् बरु हेला गर्छ। मुसहरको लागि धुर्मुस र सुन्तली भगवान भएर मुसहर बस्तीमा पसें । 

सहयोगी हात भेटिएर बर्दिवासका मुसहरको पुस्तौँंपछि उद्धार र राहत मिल्दैछ। ओत लाग्ने घर बन्दै छ। बच्चा स्कुल जाँदैछन्।’दैनिक मालिकको जी हजुरी गरेर शोषण, दमन, अन्याय, अत्याचार सहन बाध्य मुसहर त्यो जालबाट सहयोगी हातको सहारामा क्रमशः बाहिर निस्किएर आफ्नो भविष्य खोजिरहेका सामाजिक अभियन्ता महतोले बताए। रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै