महेन्द्र केसी, पर्वत । सहासिक खेल ¥याफ्टिङ (जलयात्रा) का लागि उत्कृष्ठ ६ हजार खोला अझै पनि प्रयो"/>
महेन्द्र केसी, पर्वत । सहासिक खेल ¥याफ्टिङ (जलयात्रा) का लागि उत्कृष्ठ ६ हजार खोला अझै पनि प्रयो"/>
महेन्द्र केसी, पर्वत । सहासिक खेल ¥याफ्टिङ (जलयात्रा) का लागि उत्कृष्ठ ६ हजार खोला अझै पनि प्रयोगविहिन छन् । नेपालमा ¥याफटिङ शुरु भएको ६ दशक वितिसक्दा पनि उपयुक्त खोलाहरु प्रयोगविहिन हुदाँ लाखौं रुपैयाँ बराबरको आम्दानी गुमाउनु परेको छ । १० बर्षदेखि जलयात्रा पेशमा सक्रिय रहेका साजन गुरुङ खोला र नदीको सदुपयोग गर्न सकेमा लाखौं आम्दानी गर्न सकिने बताउँछन् ।
नेपालमा रहेका ६ हजार खोलानाला मध्ये १६ वटा खोला मात्रै प्रयोगमा रहेकोले यीनै खोलालाई पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्ने उनी बताउँछन् । कालीगण्डकीमा जलयात्राको राम्रो सम्भावना भएता पनि प्रचारप्रसारको कमिका कारण पर्यटकहरु भोटेकोसी, त्रिशुलीतर्फ बढि आकर्षित भएका छन् ।
पाँचौ पर्वत महोत्सवको प्रचारप्रसार र बृहत कालीगण्डकी सरसफाइ अभियानका लागि शनिबार मालढुंगादेखि नयाँपुलसम्म कालीगण्डकीमा जलयात्रा गरिएको छ । नेपाली काँग्रेस क्षेत्र नं १ का सांसद अर्जुनप्रसाद जोशी, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी, बरिष्ठ प्रहरी उपरिक्षक छविलाल बन्जाडे, प्रनाउ शेखर खनाल, कुश्मा नगरपालिकाका कार्यकारी कुमानसिंङ गुरुङ लगायत राजनीतिक दल र पत्रकार सहितको ४५ जनाको टोली जलयात्रामा सहभागी भएका थिए । फोर हिमालय म्याजिक कम्पनीका चार वटा डुंगामा जलयात्रा गराइएको थियो ।
पाँचौ पर्वत महोत्सव जिल्लाको पर्यटकीय क्षेत्रको विकास र प्रर्वद्धनको लागि हुन लागेको र महोत्सव अबधि र अन्य समयमा पनि कालीगण्डीमा साहसिक जलयात्राको सम्भावना रहेको प्रचारप्रसारको लागि महोत्सवको पूर्वसध्यामा जलयात्राको आयोजना गरिएको उद्योग बाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक हरिओम शर्मा लामिछानेले बताए ।
कालीगण्डीमामा हालसम्म हुने गरेका जलयात्राबाट जिल्लाले कुनै पनि फाइदा लिन नसकेको र आगामी दिनमा जलयात्रालाई व्यवसायी बनाउनको लागि समेत सचेत गराउनको लागि उक्त कार्यक्रमको आयोजना गरिएको लामिछानेले सहारान्यूजलाई बताए ।
सांसद अर्जुनप्रसाद जोशीले आगामी दिनमा कालीगण्डकीमा हुने साहियक जलयात्रालाई आम्दानीको राम्रो स्रोत बनाउनको लागि आफूले पहल गर्ने विश्वास दिलाए । सांसद जोशीले पर्यटकीय क्षेत्रको विकास र पुर्वधारको लागि कालीगण्डकीलाई ब्लाक वाटर ¥याफ्टिङको नाममा प्रचारप्रसार गर्न सकेमा पर्यटक भित्राउन सकिने बताए ।
समृद्ध पर्वतःहाम्रो चाहना’ भन्ने मूल नाराका साथ यहि माघ १३ देखि २२ गतेसम्म पाँचौ पर्वत महोत्सव हुदैछ । पर्यटकीय क्षेत्रको विकासलाई मुख्य लक्ष्य बनाइ शुरु हुन लागेको महोत्सवमा साहसिक जलयात्राको पनि अबसर रहेको जानकारी गराउनको लागि जलयात्राको आयोजना गरिएको आयोजकले जनाएको छ ।