दिनेश ठकुल्ला/माघ ९, धजगढी । जिल्ला अदालत कैलालीले चोरी मुद्धामा दोषी ठहर गरेको तर फरारको सुचिमा रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अत्तरिया नगरपालिका–१२, का जगुराम चौधरीलाई पक्राउ गरेर जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनलाईं अदालतले १३ दिन कैद तथा ३६ हजार रुपैया जरिवाना फैसला गरेको बताइएको छ ।